“महाजात्रा” सउल सो मार्च २४ मा हुदै
विशाल आवाज: बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शन हुने भएको छ।
आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख विहान ११:३० देखि सउलको दोङ्देमुनमा रहेको 종로 구민회관 मा प्रदर्शन हुने नेपाली कथानक चलचित्र “महाजात्रा” हेर्न जानको लागि सउल मेट्रोको दोङ्देमुन स्टेशन ३ नम्बर गेटबाट पैदल हिडेर निक नेपाल ट्राभल छेउको हलमा पुग्न सकिनेछ। विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र सउल सोको अग्रिम टिकट बुकिङको लागि जि मनि ट्रान्स रेमिट्यान्सको एप बाट बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा सेन्टबी रेमिट्यान्सको सम्पूर्ण कार्य प...








