विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले नेपाल स्थित विधार्थीको लागि सहयोग अनुदान स्वरुप मार्च महिनाको लागि नया स्किम सार्वजनिक गरेको छ।
नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा SentBe ले मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु.५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विधार्थी हरुको शैक्षिक अवस्था सुधारको लागि जम्मा गरिने सेन्ट-वी रेमिट्यान्सले जनाएको छ।सुरक्षित भरपर्दो र सस्तो माध्यमबाट पैसा पठाउनुको साथै सामाजिक कार्यमा पनि सहभागी हुनका लागि दक्षिण कोरियामा रहनुहुने हरुले मार्च १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। कोरियाबाट गर्ने प्रत्येक कारोवारको ५०० वन सिधै विधार्थीको लागि जाने हुदा जति धेरै कारोबार त्यति नै धेरै सामाजिक कार्यमा सहयोग पुग्ने सेन्ट-वीका लागि नेपाली म्यानेजर युविन श्रेष्ठले बताउनुभयो।

सेन्ट-वी रेमिट्यान्सले स्किम संगै सामाजिक सेवामा पनि SONSIK संग सहकार्य गरि विधार्थीहरुको शैक्षिक अवस्था सुधारका लागि गरेको यो प्रयासलाई नेपाली विद्यार्थी समाज दक्षिण कोरियाका अध्यक्ष मेघनाथ पौडेलज्यूले सकारात्मक रुपमा लिएको जनाउनुभएको छ। साथै दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरूले आर्थिक कारोबार सँगसँगै विपन्न विधार्थी हरुको लागि सहयोग गरिने जस्तो सामाजिक कार्यमा पनि सहभागी हुनकै लागि भएपनि मार्च महिनाको इभेन्टमा सामेल भइ सेन्ट-वी रेमिट्यान्स मार्फत पैसा पठाउन अनुरोध गर्नुभएको छ।
दक्षिण कोरियामा भरपर्दो रेमिट्यान्सको विश्वास बटुलेको सेन्ट-वी रेमिटेन्सले गतबर्षको डिसेम्बरमा पनि डिसेम्बर लक्षित स्किममा भुकम्पपिडितलाई सहयोग गरेको थियो।









