CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उपायमा देखिएको अन्योल र अव्यवस्थाको जिम्मेवारी लिँदै आइतबार राजीनामा दिएका छन्। राष्ट्रपति ली जे-म्युङले उनको राजीनामा एक घण्टाभित्रै स्वीकृत गरेका छन्।
कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर परीक्षामा नक्कल हुन सक्ने आशंकापछि शिक्षा मन्त्रालयले परीक्षाको केही दिनअघि मात्रै नियमहरू पटक–पटक परिवर्तन गरेको थियो। सुरुमा स्मार्ट चस्मामाथि केन्द्रित सुरक्षा व्यवस्था पछि अन्य आधुनिक विद्युतीय उपकरणसम्म विस्तार गरिएको थियो। परीक्षा हुन दुई दिनअघि थप ८ हजार ४०० कर्मचारी परिचालन गर्ने निर्णय गरिएको थियो भने परीक्षा सुरु हुन एक दिनअघि आफ्नै मार्किङ पेन, इरेजर र करेक्सन टेपजस्ता सामग्री लैजानसमेत प्रतिबन्ध लगाइएको थियो।
अन्तिम समयमा भएका नियम परिवर्तनले विद्यार्थी, परीक्षा न...




