Advertisement
Advertisement

समाचार

चर्चित गीत झलिको झललको कोरियावाट कभर भिडियो सार्वजनिक / भिडियो सहित

चर्चित गीत झलिको झललको कोरियावाट कभर भिडियो सार्वजनिक / भिडियो सहित

Breaking News, जानकारी, भर्खरै, समाचार
चर्चित गीत झलिको झलल को कभर भिडियो द. कोरियामा बस्ने नेपालीहरुले सार्वजनिक गरेका छन् । के छ कोरिया प्रोडक्सन युनिटले तयार पारेको भिडियोलाई द. कोरिया ह्वासंग स्थित जोगी रेष्टुरेन्टमा प्रिमियर गरेको थियो । साथै भिडियो के छ कोरिया युट्युब च्यानलमा हेर्न सकिन्छ । गायक राजु ढकाल र गायीका देबी घर्ति मगरको स्वरमा रहेको उक्त गीतको कभर भिडियोको कथा छायांकन एडिट तथा डिरेक्सन तिलक छन्त्यालले गरेका हुन भने उक्त कभर भिडियोमा विकास नेपाली, धनु तामांग, प्रेम सेर्वुजा, सुदेस्ना गुरुंग, टोपीक लिम्बु, टीका नेपाली ले अभिनय गरेका छन् । त्यसैगरी विशालआवाज र ईपिएस छिन्गु मिडिया सहयोगी भूमिकामा रहेका छन् । भिडियोलाई यहाँ हेर्नुहोला । https://www.youtube.com/watch?v=PGKf2rTOZCE...
बोतलमा चामल र १ डलर राखि बाईबलसहित उत्तर कोरिया पठाउने अमेरिकि पक्राउ 

बोतलमा चामल र १ डलर राखि बाईबलसहित उत्तर कोरिया पठाउने अमेरिकि पक्राउ 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
शुक्रबार बिहान इनछनको गाङह्वा-गुनमा ६ जना अमेरिकी नागरिकहरू चामल, एक डलरको नोट र बाइबल भरिएको १,३०० प्लास्टिक बोतल उत्तर कोरियातर्फ पठाउने प्रयास गरिरहेको अवस्थामा समातिएका छन। दक्षिण कोरियाली सेनाले निगरानी क्यामेराबाट देखेपछि प्रहरीले उनीहरूलाई समातेको हो। बोतल समुद्रमा फाल्न नपाउँदै नियन्त्रणमा लिइएको थियो। कोरियाली भाषा राम्रोसँग नबुझ्ने भएकाले अनुसन्धानका लागि अनुवादक खटाइने प्रहरीले जनाएको छ। गाङह्वा-गुनबाट सामग्री पठाउन गत वर्ष नोभेम्बर १ देखि प्रतिबन्ध लागु छ, स्थानीयको सुरक्षा र गुनासोलाई ध्यानमा राखेर यसो गरिएको हो। यसअघि पनि नोभेम्बर ३ मा एक जना व्यक्ति १२१ बोतल चामल पठाउने प्रयासमा समातिएका थिए।...
बाइस हजार भन्दा धेरै मौषमी कामदार भित्राउँदै कोरिया

बाइस हजार भन्दा धेरै मौषमी कामदार भित्राउँदै कोरिया

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाली सरकारले यो वर्षको दोस्रो छ महिनाका लागि करिब २२,७०० विदेशी मौसमी श्रमिकहरू खटाउने योजना सार्वजनिक गरेको छ। यसले बाली भित्र्याउने समयमा श्रमिक अभाव झेलिरहेका ग्रामीण कृषि तथा मत्स्य क्षेत्रलाई सहयोग गर्नेछ। न्याय मन्त्रालयले कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालय र समुद्री तथा मत्स्य मन्त्रालयसँगको छलफलपछि देशभरका १०० वटा स्थानीय सरकारलाई २२,७३१ विदेशी श्रमिक पठाउने निर्णय गरेको हो। यो निर्णयले आगामी बाली भित्र्याउने सिजनलाई ध्यानमा राख्दै कृषि र मत्स्य क्षेत्रमा बढ्दो श्रमिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य राखेको छ। योसंगै, सन् २०२५ मा कुल ९५,७०० विदेशी मौसमी श्रमिक दक्षिण कोरियाली कृषि तथा मत्स्य क्षेत्रमा खटिनेछन्। जसमध्ये ८६,६३३ जना कृषि क्षेत्रमा र ८,८७६ जना मत्स्य क्षेत्रमा खटाइनेछन्। यसअघि पहिलो छ महिनामा ७२,६८४ जना श्रमिक ल्याउने योजना सरकारले घोषणा...
कोरियाका नयाँ राष्ट्रपति झन झन लोकप्रिय बन्दै 

कोरियाका नयाँ राष्ट्रपति झन झन लोकप्रिय बन्दै 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
राष्ट्रपति 이재명 (इजे म्योंङ) को कामप्रति जनसमर्थन दुई हप्तामा ९% ले बढेर ६२% पुगेको छ, जुन २६ तारिख सार्वजनिक भएको एक सर्वेक्षणमा उल्लेख गरिएको छ। एमब्रेन पब्लिक लगायत चार संस्थाले जुन २३–२५ मा गरेको राष्ट्रिय सर्वेक्षणमा मात्र २१% ले "खराब काम गरिरहनुभएको छ" भनेका छन्। राष्ट्रपतिमा विश्वास गर्नेहरू ६३% छन् भने विश्वास नगर्नेहरू २९% मात्र छन्। डेमोक्रेटिक पार्टी समर्थकहरूमा ९६% ले राष्ट्रपति प्रति विश्वास व्यक्त गरेका छन्, जबकि पिपुल पावर पार्टीका ७१% समर्थकले अविश्वास व्यक्त गरेका छन्। पार्टी समर्थन दरमा डेमोक्रेटिक पार्टीको समर्थन ४५% र पिपुल पावर पार्टीको २०% छ। यसले नयाँ राष्ट्रपतिको लोकप्रियता बढ्दै गइरहेको देखाउँदछ। 𝗘𝗣𝗦 𝗡𝗘𝗣𝗔𝗟 𝗙𝗔𝗠𝗜𝗟𝗬...
इपिएस मार्फत कोरियामा काम गर्ने नेपालीको सँख्या पहिलो नम्बरमा

इपिएस मार्फत कोरियामा काम गर्ने नेपालीको सँख्या पहिलो नम्बरमा

जानकारी, भर्खरै, समाचार
कोरियामा हाल कार्यरत ईपीएस (EPS) श्रमिकहरूको संख्या ३,३७,१६५ जना रहेको छ। १६ वटा देशहरू मध्ये नेपाल पहिलो स्थानमा रहेको छ। ४९,५९५ जना नेपाली E-9 श्रमिकहरु अहिले कोरियामा कार्यरत छन्। कम्बोडियाका ४८,८५६ जना, भियतनामका ४२,१२३ जना, इन्डोनेसियाका ४०,७९६ जना र म्यानमारका ३१,९३६ जना श्रमिक सहित क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। 🔹 नेपालबाट आउने E-9 भिसाधारी श्रमिक • २०२५ को मे महिनामा २,०९४ जना कोरिया भित्रिए। • जनवरीदेखि मेसम्म कुल ११,४२६ जना नेपाली श्रमिक प्रवेश गरेका छन् । 🔹 कोरियामा रहेका कुल नेपाली E-9 श्रमिक • २०२५ मेको अन्त्यसम्म कुल ४९,५९५ नेपाली E-9 श्रमिक कोरियामा कार्यरत छन्। • यो संख्या गत वर्षको मे महिनाको तुलनामा २,४८७ जना ले वृद्धि भएको हो। 🔹 नेपाली कामदार वृद्धिदर • अन्य धेरै देशहरूको तुलनामा नेपालको वृद्धिदर उल्लेखनीय छ। • नेपालपछी E-9 श्...
दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध, बिक्रीका लागि राखिएका कुकुरलाई के गरिन्छ?

दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध, बिक्रीका लागि राखिएका कुकुरलाई के गरिन्छ?

Breaking News, जानकारी, भर्खरै, समाचार
रेभरेन्ड जू योङ्-बङ् धार्मिक प्रवचनहरू दिने कामबाट फुर्सद भएका बेला मासुका निम्ति कुकुर पाल्ने गर्छन्। तर अहिले त्यो व्यवसाय राम्रो चलेको छैन। अब यो व्यवसाय गैरकानुनी बन्ने सङ्घारमा पुगेको छ। "गत गर्मीयामदेखि नै हामीले हाम्रा कुकुर बेच्न चाहेका थियौँ। तर व्यापारीहरू अनकनाइरहेका छन्," ६० वर्षीय जू ले बीबीसीलाई भने, "एकजना पनि किन्न आएनन्।" कुकुरको मासु उपभोगमा प्रतिबन्ध सन् २०२४ मा दक्षिण कोरियाली सरकारले उपभोगका निम्ति कुकुरको मासुमाथि देशव्यापी प्रतिबन्ध लगाएको थियो। गत ज्यानुअरीमा पारित भएको कानुनले जू जस्ता किसानलाई सन् २०२७ को फेब्रुअरीभित्र व्यवसाय बन्द गरेर बाँकी पशु विक्री गरिसक्न समय दिएको छ। तर कतिपयका अनुसार पुस्तौँदेखिको व्यवसाय सम्मिलित उक्त उद्योगलाई चरणबद्ध ढङ्गबाट अन्त्य गर्न समय अपुग छ। साथै अधिकारीहरूले किसान र पालिएका करिब पाँच लाख कुकुरको सुरक्षित व्यवस्थापनबारे...
कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप

कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई 'हामी' नामको मोबाइल एप्लिकेसन ल्याएका छन्। कोरिया जाने श्रमिकहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न र स्वदेश फर्किएपछि उनीहरूको पुनःएकीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले एप ल्याइएको हो। 'हामी' को अर्थ ह्याप्पी माइग्रेसन रहेको उल्लेख गरिएको छ। नेपाली भाषामा यसको अर्थ 'हामी' पनि हुन्छ, जसले समुदायको भावना र आपसी माया–ममता झल्काउँछ। एप सुरूसँगै आप्रवासन सम्मेलन पनि आयोजना गरिएको थियो, जसमा नेपाल सरकार, कोरिया, स्विजरल्यान्ड र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रतिनिधिहरूले भाग लिएर आप्रवासनमा उत्कृष्ट अभ्यासहरू साझा गरे। यो कार्यक्रम कोइकाको सन् २०२२ मा सुरू गरिएको नेपाल फर्किएका श्रमिकहरूको पुनःएकीकरण कार्यक्रमको निरन्तरता रहको कोइकाले जनाएको छ। यो एपबाट रोजगार अनुम...
कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी

कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाले विकासमा मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान गरेको बताएका छन् । ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालीहरू विभिन्न देशमा गएर काम गरिरहेको र ती देशहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका हुन् । ‘छोटो समयमा नै कोरियाले फड्को मारेको छ, त्यसमा नेपाली कामदारहरूको समेत योगदान छ,’ उनले भने, ‘ती देशहरूले नेपालीको योगदानलाई कदर गर्नुपर्छ ।’ गन्तव्य मुलुकहरूले नेपाली कामदारलाई उपयुक्त सेवासुविधा दिनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । ‘हाम्रा श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेका छन् । तर त्यो कामले गर्दा उनीहरुको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यो विकासको साझेदार हामी पनि र्हौं । त्यस कारण हाम्रा श्रमिकहरु सम्मानका पात्र हुनुपर्छ ।...
अर्घाखाँची सम्पर्क मञ्चद्वारा भव्य तीज विशेष कार्यक्रमको तयारी

अर्घाखाँची सम्पर्क मञ्चद्वारा भव्य तीज विशेष कार्यक्रमको तयारी

जानकारी, भर्खरै, समाचार
केशब पोखरेल/दक्षिण कोरिया :नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया ले भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगस्ट २४, आइतबार (२०८१ भदौ ७ गते) को दिन कोरियाको दोङदेमुन (서울시 중구 퇴계로 417 )सुविधासम्पन्न स्थलमा आयोजना हुने मन्चका अध्यक्ष रुद्र पौडेल ले जानकारि दिनुभयो !! प्रवासमा रहे पनि नेपाली संस्कार, संस्कृति र चाडपर्वको गौरवलाई सजीव राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमलाई इतिहासमै स्मरणीय बनाउने तयारी मञ्चले अगाडि सारेको छ। हरितालिका तीजको मौलिक स्वाद कार्यक्रममा सहभागीहरूले नेपालकै परम्परागत तीजका दर परिकारहरू – सेलरोटी, दूध–चिउरा, अचार, तरकारी, मिठाईलगायतका स्वादिष्ट भोजनहरूको स्वाद लिन पाउनेछन्। खाना तयारीमा पनि...
एनआरएनए दक्षिण कोरियाको उपाध्यक्षमा विकास बोहराले उम्मेदवारी दिने

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्षमा विकास बोहराले उम्मेदवारी दिने

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी जुलाई २६ र २७ मा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा  दक्षिण कोरियालि नेपाली समाजमा चिरपरिचित व्यक्ति विकास बोहराले  उपाध्यक्ष ‌पदका लागि आफ्नो उम्मेदवारी दिने भएको छ ।  गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व आगामी जुलाई २६ र २७ तारिखमा सउलमा आयोजना हुने दशौ महाधिवेशनमा दक्षिण कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन  सफल  सुदूरपश्चिम समाजको निवार्तमान उपाध्यक्ष तथा हालको प्रवक्ता विकास बोहराले उपाध्यक्ष  पदमा उम्मेदवारी दिने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ।  कोरियाको नेपाली समुदायमा अत्यन्त मिलनसार, लोकप्रिय र सामाजिक काममा निरन्तर लागिरहने व्यक्तिको रूपमा परिचित बोहरा विगत देखिनै कोरियाली नेपाली समाजलाइ आफ्नो तर्फबाट सकेको गर्दै ...