Test of Proficiency in Korean अर्थात TOPIK परिक्षालाई डिजिटल बनाउन भन्दै निक्षि क्षेत्रलाई दिने तयारी थालिएको छ।
कोरियाको शिक्षा मन्त्रालय अन्तर्गतको नेशनल इन्सटिच्युट फर इन्टरनेशनल एजुकेसन (NIIED) ले सन्चालन गरिरहेको यो परिक्षा अब कोरियाली टेक कम्पनी NAVER लाई दिने तयारी गरिएसँगै विभिन्न क्षेत्रबाट यसको बिरोध हुन थालेको छ।
कोरियाका विश्वविद्यालयहरुमा भर्ना हुन, यहाँका कम्पनीहरुमा रोजगारी आवेदन गर्दा, भिजा परिवर्तन लगायतका महत्वपूर्ण कुरामा TOPIK परीक्षा पास गरेको प्रमाणपत्र आवश्यक हुने गर्दछ। गत बर्षमात्रै विश्वभरका ५ लाख मानिस टपिक परिक्षामा सामेल भएका थिए।...
४ असार २०८२, बुधबार ०८:५८४ असार २०८२, बुधबार ०८:५८४ असार २०८२, बुधबार ०८:५८ by एलिनाNo Comments
यो वर्षको मनसुन याम जुन १२ मा जेजु टापुबाट सुरु भएपछि, दक्षिण कोरियाको अधिकांश भागमा पनि शुक्रबारदेखि वर्षा सुरु हुने अनुमान गरिएको छ।
सउल तथा ख्यङ्गिदो क्षेत्र, गाङ्वोनदो प्रान्त, छुङछन नाम्दो तथा छुङछन बुक्दो प्रान्तहरू, साथै छल्लाबुक्दो प्रान्तमा बिहीबार दिउँसोबाट वर्षा सुरु हुने सम्भावना रहेको कोरियाली मौषम विभागले बताएको छ।
कोरिया मौषम विभाग (KMA) का अनुसार, शुक्रबार सुरु हुने वर्षालाई मध्य र दक्षिणी क्षेत्रका लागि मनसुनको सुरुवात मान्न सकिन्छ, यद्यपि यसलाई पुष्टि गर्न थप मौसम विश्लेषण आवश्यक छ।
यदि शुक्रबार देशभर वर्षा सुरु हुन्छ भने, यो मौसम पूर्वानुमानअनुसार, मध्य क्षेत्रमा सामान्यभन्दा पाँच दिन र दक्षिणमा तीन दिन अघि नै मनसुन सुरु हुने संकेत मिलेको छ।...
३ असार २०८२, मंगलवार १४:१३३ असार २०८२, मंगलवार १४:१३३ असार २०८२, मंगलवार १४:१३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले गत हप्ता आइतबार आनसान सिहुङसिमा प्रदर्शन गरेको चलचित्र ऊनको स्वीटरको केहि मुनाफाबाट हरियाली विराटनगर अभियानलाई आर्थिक सहयोग गरेको छ।
पूर्वको राजधानी विराटनगरमा अभियन्ता पारुल क्षेत्री लगायतले सञ्चालन गरेको हरित विराटनगर अभियान (सहरको बीच बाटोमा रुख रोप्ने हुर्काउने र हेरविचार गर्ने) जस्तो पवित्र अभियानमा डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले गत हप्ता आइतबारको दिन ख्यङ्गि सिहुङ्सिको मेगा बक्समा प्रदर्शन गरेको चलचित्र ऊनको स्विटरको मुनाफाबाट रु. ५१ हजार आर्थिक सहयोग गरेको हो।
मङ्गलबारका दिन डाइनामिक मोरङ कमिटीमा लामो समयसम्म आबद्ध भएका अग्रज संस्थापक साथै वर्तमान सल्लाहकार काजी नेपाल, काजीबाबु पोखरेल, प्रदिप बस्नेत, राज भट्टराई, नबिन ढकाल लगायतको उपस्थितिमा अभियन्ता पारुल क्षेत्रीको टिम लाइ आर्थिक...
३ असार २०८२, मंगलवार १२:५७३ असार २०८२, मंगलवार १२:५७३ असार २०८२, मंगलवार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको सहकारी ठगीको कथामा बनेको फिल्म ‘महाभोज’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।
सहकारीको पैसा कसरी अपचलन हुन्छ र त्यसले बचतकर्ताहरूमा कुन हदसम्म प्रभाव पार्छ भन्ने कथामा आधारित रहेर बनेको फिल्म ‘महाभोज’ दक्षिण कोरियाका लागि हिमालयन के भाइब्स इन्टरटेन्मेन्टले प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि प्रदर्शन हुने पक्का भएको हो। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने जस्ता दर्शकमाझ चिनिएका कलाकार भएकाले नेपाली बक्स अफिसमा सुखद् व्यापार गरिरहेको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै के भाइब्स इन्टरटेन्मेन्टले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेको छ।
यतिबेला देशलाई नै टाउको दुखाई बनेको विषय हो, सहकार...
२ असार २०८२, सोमबार १३:४३२ असार २०८२, सोमबार १३:४३२ असार २०८२, सोमबार १३:४३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियामा अप्रत्यासित भैपरी आउने समस्या समाधानका निमित्त सहयोगार्थ” जुन २२ तारिखका दिन ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा ह्वासङ फारानमा “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” आयोजना हुने भएको छ।
“प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो” भन्ने मुल राइटका साथ स्थापित दक्षिण कोरियाको ह्वासङमा सक्रिय संस्था ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले यही आउँदो जुन २२ तारिख आइतबारका दिन ह्वासङको फारम स्थित नेवारी खाजाघरमा “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” आयोजना गर्ने भएको हो।
ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजना हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी,मेडल, प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने दुइ टीमले प्रतिटीम २ लाख कोरियन वन को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने ...
२ असार २०८२, सोमबार १०:३७२ असार २०८२, सोमबार १०:३७२ असार २०८२, सोमबार १०:३७ by विशाल श्रेष्ठNo Comments
रेमिट्यान्स सेवा प्रदायक Fonemoney द्वारा सञ्चालन गरिएको “फोनमनी साथमा १ करोड हातमा” योजना अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता मिलन बिश्वकर्मा घोषित भएका छन्। यो विजेता छनोट कार्यक्रम जुन १५, २०२५ गते आइतबार, दोंगदेमुनस्थित Fonemoney को मुख्य कार्यालयमा लक्की ड्र मार्फत सम्पन्न गरिएको थियो।
उक्त योजनाअन्तर्गत, हरेक साताका ३६ जना सहभागीहरूले “पैसा डबल” अफर अन्तर्गत आफ्नो रकम दोब्बर पार्ने अवसर प्राप्त गरेका थिए। छोटो समयमै नेपाली समुदायको विश्वास जित्न सफल Fonemoney ले भरपर्दो, छरितो र सुरक्षित सेवा प्रदान गर्दै आएको छ।
ग्राहकहरूलाई सम्भावित स्क्याम वा ह्याकिङबाट जोगाउन Fonemoney ले ‘डिभाइस डिटेक्सन सिस्टम’ को प्रयोग गर्दै आएको छ, जसले प्रयोगकर्ताहरूको डिजिटल सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दछ।
हाल सञ्चालनमा रहेको “Refer and Win” योजनाअन्तर्गत, जुनसुकै प्रयोगकर्ताले त...
१ असार २०८२, आईतवार ११:०७१ असार २०८२, आईतवार ११:०७१ असार २०८२, आईतवार ११:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: बागलुङ समाज दक्षिण कोरियाको आयोजनामा जुलाइ १३ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ आयोजना हुने भएको छ।
“शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलकुद प्रवर्धन र आपसी सद्भावका लागि खेलकुद” भन्ने नाराका साथ दक्षिण कोरियामा सक्रिय संस्था बागलुङ समाज दक्षिण कोरियाले यहि जुलाइ १३ तारिक आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ खेलाइने भएको हो।
"विकास! अनुशासन! गतिशीलता” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा सहभागी हुनका लागि जुलाइ ७ तारिखका दिन बिहान ११ बजेसम्म SHARMA NARAYAN को WOORI BANK मा रहेको खाता नम्बर 1002257561936 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आक...
२६ जेष्ठ २०८२, आईतवार ०३:५५२६ जेष्ठ २०८२, आईतवार ०३:५५२६ जेष्ठ २०८२, आईतवार ०३:५५ by विशाल श्रेष्ठNo Comments
NRNA दक्षिण कोरियाले हाल सम्म कै सर्बाधिक धनराशिको फुटबल टुर्नामेन्ट जुन २९ मा कोरियाको इक्सान सहरमा सम्पन्न गर्ने भएको छ l
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहयोग रहेको प्रतियोगिताको प्रथम पुरस्कार ४५ लाख वन , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार २२ लाख वन , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र साथै सेमिफानलिस्ट टिम लाई ६ लाख ५० हजार वन र प्रमाणपत्र दिईने छ ।
साथै अन्य ७ बिधा बेष्ट प्लेयर , बेष्ट किपर , बेष्ट डिफेन्स , बेष्ट मिडफिल्डर , बेष्ट फरवार्ड , हाई स्कोरर र बेष्ट कोच लाई समेत पुरस्कृत गरिने छ ।
नकआउट चरणमा खेलाईने उक्त टुर्नामेन्टको लागि अन्तिम टिम दर्ता जुन २२ तारिख तोकिएको छ भने टिम दर्ता शुल्क ४ लाख वन रहेको छ ।
NRNA कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली फुटबल क्लब हरुलाई सहभागिताको लागि हार्दिक आव्हान गरेको छ ।...
२५ जेष्ठ २०८२, शनिबार ०२:२४२५ जेष्ठ २०८२, शनिबार ०२:२४२५ जेष्ठ २०८२, शनिबार ०२:२४ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:२०२५ सालको कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाद्धारा आयोजना गरिएको नेपालको लोकप्रिय ब्याण्ड 1974 AD को साथमा "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" कार्यक्रमको आयव्यय सार्वजनिक हुने भएको छ । यही जून २२ तारिक दिनको १२ बजे शुरु हुने गरी सउलस्थित निक नेपाल ट्राभल्स दोङ्देमुनको सभाहलमा सो कार्यक्रम आयोजना गर्ने भएको हो ।
नेपाली सम्पर्क समिति (NCC) को सहजीकरण तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रमको मुख्य प्रायोजक Oasis इमिग्रेसन ग्रुप र SNB कन्सल्ट्यान्सी तथा सह प्रायोजकको रुपमा पोखरा रेष्टुरेन्ट एण्ड बार रहेको उक्त कार्यक्रम "आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ" नारासँगै गत जनवरी २८ तारिक दक्षिण कोरियाको राजधानी सउल स्थित हान नदी किनारमा रहेको झम्सील रंगशालामा भव्य रुपमा सम्पन्न भएको थियो ।
कास्की परिवारद्धारा आ...
२५ जेष्ठ २०८२, शनिबार ०२:१४२५ जेष्ठ २०८२, शनिबार ०२:१४२५ जेष्ठ २०८२, शनिबार ०२:१४ by विशाल श्रेष्ठNo Comments
कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले दैनिक कामको थकान र तनाव कम गर्दै रमाइलो गर्ने उद्देश्यले १९ अप्रिल २०२५ मा आयोजना गरिएको रमाइलो वनभोज कार्यक्रममा संकलित रकम मध्ये बचत भएको रकममा संस्थाका साथीहरुको स्वेच्छिक सहयोग र संस्थाको कोषबाट थप गरि नेपालमा विज्ञान, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख पचास हजार (रु १,५०,०००/-) रकम सहयोग गरेको छ ।
हाल विरगञ्ज कृषि औजार कारखानामा व्यस्त राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई भेटेर सहयोग रकम सहित संस्थाले सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
दक्षिण कोरियामा रहेका नेपालेहरु बिच आपसी सद्भाव कायम गर्दै आपसमा विविध सहयोग साथै नेपा...