विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले गत हप्ता आइतबार आनसान सिहुङसिमा प्रदर्शन गरेको चलचित्र ऊनको स्वीटरको केहि मुनाफाबाट हरियाली विराटनगर अभियानलाई आर्थिक सहयोग गरेको छ।
पूर्वको राजधानी विराटनगरमा अभियन्ता पारुल क्षेत्री लगायतले सञ्चालन गरेको हरित विराटनगर अभियान (सहरको बीच बाटोमा रुख रोप्ने हुर्काउने र हेरविचार गर्ने) जस्तो पवित्र अभियानमा डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले गत हप्ता आइतबारको दिन ख्यङ्गि सिहुङ्सिको मेगा बक्समा प्रदर्शन गरेको चलचित्र ऊनको स्विटरको मुनाफाबाट रु. ५१ हजार आर्थिक सहयोग गरेको हो।

मङ्गलबारका दिन डाइनामिक मोरङ कमिटीमा लामो समयसम्म आबद्ध भएका अग्रज संस्थापक साथै वर्तमान सल्लाहकार काजी नेपाल, काजीबाबु पोखरेल, प्रदिप बस्नेत, राज भट्टराई, नबिन ढकाल लगायतको उपस्थितिमा अभियन्ता पारुल क्षेत्रीको टिम लाइ आर्थिक सहयोग हस्तान्तरण गरेको हो। संस्थालाई यस्तो पवित्र कार्यमा जोडिने अवसर दिएकोमा हरियाली विराटनगर अभियानलाई धन्यवाद दिँदै यो अभियान सफल होस् विराटनगर सधैँ स्वच्छ र हरियाली होस् भन्दै डाइनामिक मोरङ कमिटीका अध्यक्ष सन्तोष सिग्देलले शुभकामना समेत व्यक्त गरेका छन्।










