विशाल आवाज: शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको सहकारी ठगीको कथामा बनेको फिल्म ‘महाभोज’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।
सहकारीको पैसा कसरी अपचलन हुन्छ र त्यसले बचतकर्ताहरूमा कुन हदसम्म प्रभाव पार्छ भन्ने कथामा आधारित रहेर बनेको फिल्म ‘महाभोज’ दक्षिण कोरियाका लागि हिमालयन के भाइब्स इन्टरटेन्मेन्टले प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि प्रदर्शन हुने पक्का भएको हो। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने जस्ता दर्शकमाझ चिनिएका कलाकार भएकाले नेपाली बक्स अफिसमा सुखद् व्यापार गरिरहेको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै के भाइब्स इन्टरटेन्मेन्टले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेको छ।

यतिबेला देशलाई नै टाउको दुखाई बनेको विषय हो, सहकारी ठगी । सहकारीको पैसा त्यसका सञ्चालक वा अन्य व्यक्तिले व्यक्तिगत स्वार्थमा प्रयोग गर्दा हजारौं बचतकर्ताको उठिबास लागेको छ । तर, राज्य यो समस्या समाधान गर्न गम्भीर देखिएको छैन । यसैले सहकारी ठगीको विषयमाथि नै बनेको फिल्म ‘महाभोज’ दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन का लागि 01076002013,01026646728,01057040789,01023154615,01095368458 मा सम्पर्क गर्न सक्नुहुने HIMALAYAN K-VIBES ENTERTAINMENT ले विशाल आवाजलाई बताएको छ।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतको अभिनय छ । सहकारी पीडितको कथा समावेश गरिएको यो फिल्मका निर्माता हिमाल कडरिया हुन् ।










