विशाल आवाज: कोरियामा अप्रत्यासित भैपरी आउने समस्या समाधानका निमित्त सहयोगार्थ” जुन २२ तारिखका दिन ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा ह्वासङ फारानमा “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” आयोजना हुने भएको छ।
“प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो” भन्ने मुल राइटका साथ स्थापित दक्षिण कोरियाको ह्वासङमा सक्रिय संस्था ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले यही आउँदो जुन २२ तारिख आइतबारका दिन ह्वासङको फारम स्थित नेवारी खाजाघरमा “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” आयोजना गर्ने भएको हो।

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजना हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी,मेडल, प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने दुइ टीमले प्रतिटीम २ लाख कोरियन वन को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
पहिलो सिजन आयोजना गरिसकेको अनुभव बटुलेको आधारमा र पछिल्लो समय कोरियामा युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने आयोजकले विशाल आवाजलाई बताएको छ।

प्रतियोगितामा सहभागी हुन प्रतियोगीले दर्ता शुल्क ७० हजार कोरियन वन जुन २१ तारिख सम्म IBK BANK मा रहेको PADAM THAPA MAGAR को खाता नम्बर 221-308212-02-017 मा जम्मा गर्नु पर्ने र टाढाबाट आउने खेलाडीहरूको लागि बास बस्ने समेत व्यवस्था गरिएको छ। “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै आयोजकले उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।









