Advertisement
Advertisement

Day: २ असार २०८२, सोमबार १३:४३

जुन २२ मा ह्वासङमा “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” आयोजना हुदै

जुन २२ मा ह्वासङमा “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” आयोजना हुदै

जानकारी, समाचार
    विशाल आवाज: कोरियामा अप्रत्यासित भैपरी आउने समस्या समाधानका निमित्त सहयोगार्थ” जुन २२ तारिखका दिन ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा ‌ह्वासङ‌ फारानमा “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” आयोजना हुने भएको छ। “प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो” भन्ने मुल राइटका साथ स्थापित दक्षिण कोरियाको ह्वासङमा सक्रिय संस्था ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले यही आउँदो जुन २२ तारिख आइतबारका दिन ‌ह्वासङको फारम स्थित नेवारी खाजाघरमा “दोश्रो खुल्ला पुल प्रतियोगिता २०२५” आयोजना गर्ने भएको हो। ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजना हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी,मेडल, प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने दुइ टीमले प्रतिटीम २ लाख कोरियन वन को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने ...
मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता

मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता

जानकारी, भर्खरै, समाचार
रेमिट्यान्स सेवा प्रदायक Fonemoney द्वारा सञ्चालन गरिएको “फोनमनी साथमा १ करोड हातमा” योजना अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता मिलन बिश्वकर्मा घोषित भएका छन्। यो विजेता छनोट कार्यक्रम जुन १५, २०२५ गते आइतबार, दोंगदेमुनस्थित Fonemoney को मुख्य कार्यालयमा लक्की ड्र मार्फत सम्पन्न गरिएको थियो। उक्त योजनाअन्तर्गत, हरेक साताका ३६ जना सहभागीहरूले “पैसा डबल” अफर अन्तर्गत आफ्नो रकम दोब्बर पार्ने अवसर प्राप्त गरेका थिए। छोटो समयमै नेपाली समुदायको विश्वास जित्न सफल Fonemoney ले भरपर्दो, छरितो र सुरक्षित सेवा प्रदान गर्दै आएको छ। ग्राहकहरूलाई सम्भावित स्क्याम वा ह्याकिङबाट जोगाउन Fonemoney ले ‘डिभाइस डिटेक्सन सिस्टम’ को प्रयोग गर्दै आएको छ, जसले प्रयोगकर्ताहरूको डिजिटल सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दछ। हाल सञ्चालनमा रहेको “Refer and Win” योजनाअन्तर्गत, जुनसुकै प्रयोगकर्ताले त...
आजको राशिफल: २०८२ असार २ गते सोमबार

आजको राशिफल: २०८२ असार २ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन संयम र समझदारीको खाँचो पर्न सक्छ। अप्ठ्यारो संवाद वा दायित्वपूर्ण भूमिका तपाईंमाथि आउन सक्छ। तथापि, तपाईंको स्पष्ट सोच र निर्णय क्षमताले समस्यालाई समाधानतर्फ मोड्नेछ। अनुशासनको अभ्यास लाभदायक हुनेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) तपाईंभित्रको स्थायित्व आज पनि बलियो रूपमा उपस्थित हुनेछ। कुनै अधुरो काम पूरा गर्ने मौका आउन सक्छ। मन न्यानो रहनेछ, र नजिकको व्यक्तिसँग समय बिताउँदा आत्मीयता गहिरिनेछ। आर्थिक सन्तुलनमा सावधानी अपनाउनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चञ्चलता नियन्त्रणमा राख्न सके, दिन फलदायी बन्न सक्छ। आज तपाईंका विचारहरू प्रखर रहनेछन्। अध्ययन, लेखन वा सृजनात्मक क्षेत्रमा सफलता मिल्न सक्छ। पुराना चिन्तन बिर्सिएर नयाँ लक्ष्यमा केन्द्रित हुनु लाभदायक हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ...