Advertisement
Advertisement

समाचार

कोरियाको दोंगदेमुन फोनमनीमा शेयर सम्बन्धि गोष्ठी सम्पन्न

कोरियाको दोंगदेमुन फोनमनीमा शेयर सम्बन्धि गोष्ठी सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, समाचार
दक्षिण कोरियाको राजधानी सउलस्थित दोंगदेमुनमा शेयर सम्बन्धि गोष्ठि सम्पन्न भएको छ Fonemoney रेमिटयान्स र Laxmi sunrise Bank अनि LS Capital को सहकार्यमा जनवरी १९ तारिख आईतबार सो शेयर सम्बन्धि जानकारीमुलक कार्यक्रम भएको हो ।  कार्यक्रममा लक्ष्मी सनराईज बैंकको प्रतिनिधिले बैंकिग प्रकृया र शेयर सम्बन्धी आधारभुत जानकारी प्रष्ट पार्नुभएको छ ।  सो अवसरमा विदेशमा बस्ने नेपालीका लागि आरक्षित तथा प्राथमिक शेयर ,SIP, Mutual Fund तथा Secondary Market लगायतको विषयमा जानकारी गराईएको हो ।कार्यलयमा प्रत्यक्ष तथा अनलाईन मार्फत सहभागिता रहेको सो कार्यक्रममा सहभागिहरुले आफूहरुले शेयर सम्बन्धि जानकारी पाएकोमा खुसी व्यक्त गरेका छन ।...
जनवरी २६ तारिख किम्हे बुसानको CGV मा प्रदर्शन हुँदै ‘ह्रस्व दीर्घ’

जनवरी २६ तारिख किम्हे बुसानको CGV मा प्रदर्शन हुँदै ‘ह्रस्व दीर्घ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको किम्हे बुसानकोCGVमा पनि जनवरी २६ तारिख प्रदर्शन हुने भएको छ। नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ उल्सान नेपाली समाजले आपतकालीन सहयोग कोष अभिवृद्धि गर्ने उदेश्यले किम्हे बुसान स्थित सुबिधा सम्पन्न CGV हलमा जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन गर्ने भएको हो। यसअघि पनि धेरै कार्यक्रमहरु आयोजना गरि अनुभव बटुली सकेको यस उल्सान नेपाली समाजले पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र किम्हे बुसानमा प्रदर्शन गर्न लागेको हो। किम्हे बुसानको सुविधा सम्पन्न हल CGV मा प्रदर्शन हुने फिल्म हेर्न दर्शकले प्रवेश शुल्क २५००० कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह...
ख्यङ्गी दो ख्वाङ्जुमा कोरियाव्यापी कविता प्रतियोगिता सम्पन्न 

ख्यङ्गी दो ख्वाङ्जुमा कोरियाव्यापी कविता प्रतियोगिता सम्पन्न 

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
 कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले अंग्रेजी नयाँवर्षको अवसर पारेर गत आइतबार १९ जनवरी २०२५ मा कोरियाव्यापी खुला नेपाली कविता प्रतियोगिता सम्पन्न गरेको छ ।  परदेशी भूमिमा नेपाली भाषा तथा साहित्यको उत्थान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा कोरियामा रहनुहुने ३० नेपाली कविहरुले सहभागिता जनाउनु भएको थियो । कवि विजयता भण्डारीको कविता पर्खाईको समयले प्रथम स्थान हासिल गर्दा कवि सरोज भण्डारीको कविता माटो हुने हौँ सब द्वितीय भएको थियो भने कवि डिइबी सिकारुको खुलासा कविताले तृतीय स्थान हात पारेको उक्त प्रतियोगितामा कवि मुक्ति न्यौपानेको थकित योद्धा कविता र कवि राजेन्द्र संयोगीको खबरदार कविता सान्त्वना भएका थिए । विजेता कविहरुलाई क्रमश: ३ लाख वन, २ लाख व...
अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाले “सलनाल विशेष पार्टी तथा बनभोज कार्यक्रम” आयोजना गर्दै

अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाले “सलनाल विशेष पार्टी तथा बनभोज कार्यक्रम” आयोजना गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ :कोरियामा स्थापित अन्याङ नेपाली समाज उल्सानले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर "विशेष पार्टी तथा बनभोज कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ ।  समाजले 울산 울주군 상북면 배내로 1064-1 (배내골 에델바이스펜션) मा यही जनवरी २९ तारिक बेलुकी ६ बजेदेखि भोलिपल्ट दिनको १२ बजेसम्म सो कार्यक्रमको आयोजना गरिने समाजका अध्यक्ष भुवन राक्क्ष्यले बिशाल आवाजलाइ जानकारी दिएका छन ।   "प्रवासमा विविध समस्याहरु समाधानको निम्ति हाम्रो प्रतिबद्धता, आपसी मेलमिलाप, सद्भाव नेपालीहरुको एकता आजको आवश्यकता" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सामजले दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेका नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बताउँदै गत वर्षमा जस्तै यस वर्षमा पनि नियमित कार्यक्रमलाई निरन्तरता दिदै आएको सन्दर्भ उल्लेख गर्दै सो दिनमा सदस्यता वितरण समेत गरिने समाजका ...
कोरियामा नवलपरासी समाज दक्षिण कोरियाको उदय हुने, प्रथम अधिवेशन यही जनवरी २९ मा 

कोरियामा नवलपरासी समाज दक्षिण कोरियाको उदय हुने, प्रथम अधिवेशन यही जनवरी २९ मा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:नेपालको लुम्बिनी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासी जिल्ला घर भई विभिन्न पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुको क्षेत्रीय संस्था नवलपरासी समाजको स्थापना हुने भएको छ ।  "आजको आवश्यकता विदेशी भूमिमा नवलपरासी एकता" भन्ने मुल नारालाई आत्मसात् गर्दै यही सलनालको अवसर पारेर जनवरी २९ तारिक बिहान ११ बजेबाट शुरु हुने गरी सउल स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहल दोड्देमुन [서울특별시 종로구 중로 315-2, 2층 (창신동)] मा प्रथम अधिवेशन हुने भएको हो । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका नारायण न्यौपानेको संयोजकत्व, जीवन भण्डारीको सहसंयोजकत्व रहने गरी बनेको तदर्थ समितिले सो अधिवेशनलाई पूर्णता दिने सो अधिवेशनका निर्वाचन मण्डल सदस्य चुडामणी भण्डारीले बिशाल आवाजलाइ जानकारी दिएका छन।  विशेष गरी नवलपरासी जिल्ला अन्तर्गत बर्दघाट सुस्ता पश्चिमलाई समेट...
‘पावर देखाएको, फोन गर’ भन्दै प्रहरीले मध्यरात युवालाई बुटै बुटले कुटे

‘पावर देखाएको, फोन गर’ भन्दै प्रहरीले मध्यरात युवालाई बुटै बुटले कुटे

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
मध्यरात सडकमा एक युवालाई प्रहरीले मरणासन्न हुनेगरी बुटै बुटले कुटेको भिडियो सार्वजनिक भएको छ। सडकमा मोटरसाइकल रोकेर केही युवाहरुसँग कुरा गर्दै गरेको अवस्थामा एक प्रहरीले सडक किनारमा उभिएका युवालाई लात्ताले हानेर पेटीमा लडाएर ' कसलाई फोन गर्ने? पावर देखाएको, कसलाई फोन गर्ने, फोन गर' भन्दै बुटै बुटले कुटिरहेका छन्। उनले ती युवालाई बुटले खुट्टामा, ढाडमा अनि टाउकोमा हानिरहेको भिडियोमा प्रस्ट देखिन्छ। भिडियो पठाउने स्रोतले सो भिडियो चितवन भरतपुरको रहेको र कुट्ने प्रहरी गणेशथान चौकीको रहेको दाबी गरेका छन्। कुट्ने नेपाल प्रहरी नै हुन् भन्ने भिडियोबाट प्रस्ट देखिन्छ। तर ती प्रहरी कहाँको हुन र उनको परिचय के हो भन्ने पुष्टि हुन सकेको छैन।...
मोक्पोमा पनि संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम हुने

मोक्पोमा पनि संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम हुने

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेपालको राष्ट्रिय चाड तथा तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसारको अवसरमा मोक्पोमा पनि जनवरी २६ तारिखका दिन कार्यक्रम आयोजना हुने भएको छ। “सात समुन्द्र पारी, आफ्नो भाषा, कला, साहित्य, धर्म र संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी” भने मूल नाराका साथ मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २६ तारिख आइतबारका दिन दिउसो १ बजेबाट संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम 전남영암군 삼호읍 용앙리 1661-5 मोक्पोको थेबुल स्थित DAEBUL CLUB 2F मा हुने आयोजकले जनाएको छ।  हामी नेपाली विश्वको जुनसुकै स्थानमा कर्म गरेता पनि आफ्नो पहिचान इतिहास र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने कुरालाई विशेष दायित्व सम्झी आयोजित कार्यक्रममा विशेषगरी मोक्पो आसपास लगायत ,दक्षिण कोरिया बासि...
दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, समाचार
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको हो।  स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्। यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन्। यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।  गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।  पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।  समर्थकहरूले उनको नाम ल...
जनवरी १९ मा सउलमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

जनवरी १९ मा सउलमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सउलमा पनि यही आउँदो  जनवरी १९ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको  ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी १९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २२००० कोरियन वन  तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा दयाहाङ राई, जितु नेपाल ,दिया मास्के,  सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ...
शनिबार सुवनमा हुने “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” को सम्पूर्ण तयारी पूरा

शनिबार सुवनमा हुने “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” को सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन सुवनमा  हुन लागेको  “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” सम्पूर्ण तयारी पूरा भएको छ। प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भोलि  पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन  “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको  कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।   १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका ...