राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा दक्षिण कोरियाको चौथो कार्यसमितिले आफ्नो पहिलो पुर्ण बैठक सम्पन्न गरेको छ। उक्त बैठकले आफ्नो कार्यसमितिको पद पुर्तिमा संरक्षक , सल्लाहकार , अन्य विभागीय संयोजक साथै मनोनीत सदस्य चयनको सथै विभिन्न निर्णयहरु पारित गरेको छ ।
जसमा संरक्षक मा जितन भाइ श्रीस , सुरज केसि र निवर्तमान अध्यक्ष खिम छन्त्याल लाई चयन गरिएको छ । त्यस्तै प्रमुख सल्लाहकार बिजय गुरुङ सहित १६ सदस्यको सल्लाहकार पनि चयन गरिएको छ। जसमा दिलिप गुरुङ ,शान्ती गुरुङ, रेबिका लामिछाने, बिदुर शर्मा,कमल बिरही थापा, मिता गुरुङ ,विष्णु पाण्डे , मेघनाथ पौडेल, कोपिला गुरुङ,हर्क बिष्ट ,नारायण पौडेल, अप्त पुन मगर, मिना थापा मगर, तुल बहादुर घर्ती मगर , रेगन तामाङ र लक्ष्मण बोगटी रहेका छन।
संस्थाको प्रबक्ता मा बिकाश नेपालीलाई चयन गरिएको छ भने कार्यक्रम संयोक अमृत चापागाईंलाई चयन गरिएको छ।...
६ पुष २०८२, आईतवार १०:५९६ पुष २०८२, आईतवार १०:५९६ पुष २०८२, आईतवार १०:५९ by एलिनाNo Comments
मानवता कुनै भाषामा सीमित हुँदैन, कुनै देशमा रोकिन्न। त्यही मानवताको एउटा जीवित उदाहरण हुन् -केदार अधिकारी। दक्षिण कोरियाको व्यस्त जीवन, कामको चाप र आफ्नै संघर्षबीच पनि मानवता नछोड्ने नछोड्ने एउटा नाम हो केदार अधिकारी। मकवानपुर हेटौँडामा जन्मिएर हाल काठमाडौँ हुँदै सन् २०१० देखि ख्यङ्नामनाम्दो छाङ्वन दक्षिण कोरियालाई कर्मथलो बनाएका अधिकारीले आज कोरियामा १००औँ पटक रक्तदान गर्दै एउटा प्रेरणादायी इतिहास रचेका छन्।
पहिलो पटक कोरियामा २०१३ नोभेम्बर २० मा सुरु भएको उहाँको रक्तदान यात्रा आज केवल संख्या होइन, सयौँ जीवन बचाउने साहस र समर्पणको कथा बनेको छ। नेपालमा १७ पटक र कोरियामा १०० पटक गरी हालसम्म कुल ११७ पटक रक्तदान यो कुनै सामान्य उपलब्धि होइन, यो निस्वार्थ सेवाको उच्चतम उदाहरण हो। यो केवल अंक होइन, सयौँ जीवन बचाउने साहस, धैर्य र समर्पणको कहानी हो।
कामको व्यस्तता, पारिवारिक जिम्मेवारी ...
२ पुष २०८२, बुधबार ०३:३५२ पुष २०८२, बुधबार ०३:३५२ पुष २०८२, बुधबार ०३:३५ by एलिनाNo Comments
ताप्लेजुङ सम्पर्क समिति, दक्षिण कोरियाले आगामी २०२६ जनवरी ११ (आइतबार) का दिन आफ्नो ५औँ अधिवेशन आयोजना गर्ने भएको छ। सउलस्थित दोङदेमुन (동대문) मा रहेको नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा हुने अधिवेशनमा वार्षिक समीक्षा, समाजले सञ्चालन गर्दै आएका सामाजिक गतिविधिहरूको मूल्याङ्कन तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिने समितिले जनाएको छ।
समितिका अनुसार अधिवेशन संस्थाको सुदृढीकरण, आपसी एकता मजबुत बनाउने तथा समुदायको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। समाजले दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण ताप्लेजुङबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गरेको छ।
ताप्लेजुङ सम्पर्क समिति, दक्षिण कोरियाको स्थापना करिब २०१५ तिर ताप्लेजुङका ८–१० जना अग्रज दाजुभाइ तथा दिदीबहिनीहरूको पहलमा भएको थियो। सुरुमा प्रदेश तथा कोरियामा रहेक...
१ पुष २०८२, मंगलवार १०:५०१ पुष २०८२, मंगलवार १०:५०१ पुष २०८२, मंगलवार १०:५० by एलिनाNo Comments
कोरियामा बसोबास गर्दै आएका तमू समुदायको साझा संस्था तमू धीं दक्षिण कोरिया ले तमूहरूको महान चाड तथा नेपाली राष्ट्रिय पर्व तमू ल्होसार २०२६ जनवरी ४ तारिक सौलमा भव्य रूपमा मनाउने भएको छ। सन् १९९९ मा स्थापना भएको संस्थाले कोरियामा रहेका तमू समुदायलाई आइपर्ने विविध समस्या समाधान, तमू भाषा, लिपी, भेष–भूषा, धर्म–संस्कार र संस्कृतिको संरक्षण तथा आपसी एकता र सद्भाव अभिवृद्धि गर्दै आएको छ।
यस वर्षको ल्होसार कार्यक्रममा सप्री ल्हो (सर्प वर्ग) को विदाई र त ल्हो (घोडा वर्ग) को स्वागत गर्दै तमू समुदायको मौलिक परिकारसहित स्योंकै (दिवा भोज), रिपा लगाएर स्याई–स्याई, शुभकामना आदान–प्रदान तथा स्थानीय कलाकारहरूको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। केन्द्रमा आयोजना हुने यस कार्यक्रमलाई अझ भव्य र सांस्कृतिक रूपमा सम्पन्न बनाइने तयारी गरिएको छ।
“तमू (सप्री) ल्होसार २०२६”...
३० मंसिर २०८२, सोमबार १५:१३३० मंसिर २०८२, सोमबार १५:१३३० मंसिर २०८२, सोमबार १५:१३ by एलिनाNo Comments
दक्षिणि भेग अर्थात ख्यङसाङनाम्दो, किम्हे बुसान बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै जनवरि ४ मा घुम्ती शिविर हुँदै
दक्षिण कोरियाको ख्यङसाङ किम्हेबुसान आसपास काम र बसाइका कारण सियोलस्थित नेपाली दूतावास पुग्न नसक्ने नेपालीका लागि खुसीको खबर छ। आगामी २०२६ जनवरि ४ तारिक आइतबार सासाङमा राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन हुने भएको छ। नेपाली राजदूतावास सियोलको आयोजना तथा स्याङजा समाज दक्षिण कोरिया किम्हे बुसान शाखाको पहलमा सासाङमा राहदानी नवीकरण घुम्ती सेवा संगै श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम पनि हुने भएको छ ।
दक्षिण कोरियामा रहेका नेपालीहरूको समस्यालाई ध्यानमा राख्दै यसपटक भने ख्यङसाङ बुसान–किम्हे आसपासमा बस्ने नेपालीलाई नेपाली राजदूतावासले आफ्नै क्षेत्रमा सहज सेवा उपलब्ध गराउने भएको हो।
नवीकरण शुल्क २ लाख १० हजार वोन, हराएको वा च्यातिएको अवस्थामा ४ लाख २० ...
३० मंसिर २०८२, सोमबार ०३:२९३० मंसिर २०८२, सोमबार ०३:२९३० मंसिर २०८२, सोमबार ०३:२९ by एलिनाNo Comments
दक्षिण कोरियामा रहँदै आएका नेपालीहरुबीच आपसी सद्भाव, मनोरञ्जन र खेलकुदको प्रवर्धन गर्ने उद्देश्यसहित म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी २०२५ डिसेम्बर २८, आइतबार, ह्वासङ नाम्याङ स्थित (जोगी रेष्टुरेण्ट) मा बिहान ९ बजे सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले डिसेम्बर २७, राति ९ बजेभित्र दर्ता गर्नु पर्नेछ ।
यस्तै, टाइ–सिट प्रक्रिया सोही दिन राति १० बजे प्रकाशित गरिने आयोजकले जनाएको छ ।
आकर्षक पुरस्कार राशी
यस प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने खेलाडीका लागि आकर्षक पुरस्कार घोषणा गरिएको छ—
• प्रथम पुरस्कार: २०,००,००० वोन
• द्वितीय पुरस्कार: १०,००,००० वोन
• तृतिय पुरस्कार: ३००,००० / ३००,000 वोन
प्रतियोगितामा सहभागिता जनाउन १००,००० वोन दर्ता शुल्क बुझाउनु ...
२९ मंसिर २०८२, आईतवार १४:०५२९ मंसिर २०८२, आईतवार १४:०५२९ मंसिर २०८२, आईतवार १४:०५ by एलिनाNo Comments
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ। तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।
कार्यक्रममा बोल्दै सचिव सुवालले पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अंग भएको उल्लेख गर्दै टेलिभिजन सञ्चालनका लागि अनुभवी जनशक्ति र विषयगत ज्ञान अपरिहार्य रहेको बताउनुभयो। सञ्चारमाध्यम नाफामुखी नभई आस्थाको पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले सञ्चारमाध्यमहरूले जनताको समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।
उहाँले केही सञ्चारमाध्यमहरूले भ्रम र झुटा समाचार प्रचारप्रसार गरिरहेकोप्रति आपत्ति जनाउँदै यस्ता प्रवृत्तिले पत्रकारिताको मर्ममाथि चोट पुग्ने धारणा राख्नुभयो। साथै, सरकारले २० वर्ष पुराना गाडी सञ्चालन गर्न नदिने ...
२७ मंसिर २०८२, शुक्रबार ०१:२२२७ मंसिर २०८२, शुक्रबार ०१:२२२७ मंसिर २०८२, शुक्रबार ०१:२२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।
सिहं (मा,मी,मू,मे,म...
२६ मंसिर २०८२, बिहीबार ०१:२३२६ मंसिर २०८२, बिहीबार ०१:२३२६ मंसिर २०८२, बिहीबार ०१:२३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिल...
२५ मंसिर २०८२, बुधबार १३:१२२५ मंसिर २०८२, बुधबार १३:१२२५ मंसिर २०८२, बुधबार १३:१२ by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा दक्षिण कोरियाले डिसेम्बर १३ तारिख जेजुदोमा “चासोक तङनाम” भव्य रुपमा मनाउने भएको छ।
“हामी हाम्रो पहिचान र आस्तित्वका लागी एक हौं” भन्ने मूल नाराका साथ कि.या.चु जेजुदो शाखा दक्षिण कोरियाले डिसेम्बर १३ तारिक शनिबार साँझ ५ बजे देखि राति १२ बजेसम्म जेजुदो स्थित 주 제주시 명신 1길 11 (KCTU हल) मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८५ को अवसरमा “शुभकामना आदान प्रदान तथा साँस्कृतिक” कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा, संस्कृतिक, कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच ‘यालाङ’,च्याब्रुङ ‘के लाङ’ को साथ साङ्गीतिक मनोरञ्जनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
विगतको बर्षहरु झै यो बर्ष पनि आफ्नो भाषा, संस्कृतिक, कला र प...