Advertisement
Advertisement

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

Advertisement
Advertisement

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ। तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।

कार्यक्रममा बोल्दै सचिव सुवालले पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अंग भएको उल्लेख गर्दै टेलिभिजन सञ्चालनका लागि अनुभवी जनशक्ति र विषयगत ज्ञान अपरिहार्य रहेको बताउनुभयो। सञ्चारमाध्यम नाफामुखी नभई आस्थाको पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले सञ्चारमाध्यमहरूले जनताको समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।

उहाँले केही सञ्चारमाध्यमहरूले भ्रम र झुटा समाचार प्रचारप्रसार गरिरहेकोप्रति आपत्ति जनाउँदै यस्ता प्रवृत्तिले पत्रकारिताको मर्ममाथि चोट पुग्ने धारणा राख्नुभयो। साथै, सरकारले २० वर्ष पुराना गाडी सञ्चालन गर्न नदिने निर्णयको खण्डन गर्दै पुराना गाडी मर्मत गरी पुनः सञ्चालन गर्न सकिने र नगरपालिकाले गाडी मर्मतसम्बन्धी तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले आफ्ना गतिविधिहरू सञ्चारमाध्यममार्फत व्यापक रूपमा प्रचारप्रसार गर्दै आएको बताउँदै समाज परिवर्तनका लागि सञ्चारमाध्यम सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले भक्तपुर नगरपालिकाले आफ्नै स्वामित्वमा टेलिभिजन सञ्चालन गर्ने लक्ष्यअनुसार आवश्यक जनशक्ति व्यवस्थापनका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। ख्वप टिभी दर्ता तथा सञ्चालन प्रक्रियामा विभिन्न समस्याहरू पार गर्दै हाल परीक्षण प्रसारण सुरु भइसकेको पनि उहाँले बताउनुभयो।

प्रमुख प्रजापतिले सञ्चारकर्मीहरूले अन्तर्राष्ट्रिय स्तरका पत्रकारहरूको जीवनी अध्ययन गरी प्रेरणा लिनुपर्ने र प्रचलित ऐन–कानुनको ज्ञान अनिवार्य रूपमा राख्नुपर्नेमा पनि जोड दिनुभयो।

तालिमका प्रशिक्षक कृष्णकाजी मानन्धरले सिक्ने–सिकाउने प्रक्रिया जीवनपर्यन्त चलिरहने बताउँदै १५ दिने तालिम अवधिमा सहभागीहरूले व्यवहारिक ज्ञान हासिल गर्ने अवसर पाएको बताउनुभयो। टेलिभिजन सञ्चालन गर्ने देशकै पहिलो स्थानीय तहको रूपमा भक्तपुर नगरपालिका रहेको उल्लेख गर्दै उहाँले सूचना तथा प्रविधिको युगमा यसको सही प्रयोगले नगरको प्रचारप्रसार अझ प्रभावकारी हुने धारणा राख्नुभयो।

ख्वप टिभीका व्यवस्थापक रविन्द्रप्रसाद कुसीले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थी रमिता बासुकला र शम्भुचरण राजभण्डारीले तालिमका अनुभव सुनाउनुभएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×