भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ। तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।
कार्यक्रममा बोल्दै सचिव सुवालले पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अंग भएको उल्लेख गर्दै टेलिभिजन सञ्चालनका लागि अनुभवी जनशक्ति र विषयगत ज्ञान अपरिहार्य रहेको बताउनुभयो। सञ्चारमाध्यम नाफामुखी नभई आस्थाको पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले सञ्चारमाध्यमहरूले जनताको समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।
उहाँले केही सञ्चारमाध्यमहरूले भ्रम र झुटा समाचार प्रचारप्रसार गरिरहेकोप्रति आपत्ति जनाउँदै यस्ता प्रवृत्तिले पत्रकारिताको मर्ममाथि चोट पुग्ने धारणा राख्नुभयो। साथै, सरकारले २० वर्ष पुराना गाडी सञ्चालन गर्न नदिने ...