Advertisement
Advertisement

Author: एलिना

रेल दुर्घटनापछि KORAIL का सीईओ हानको तत्काल राजीनामा 

रेल दुर्घटनापछि KORAIL का सीईओ हानको तत्काल राजीनामा 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तस्थित छोङ्दोमा भएको रेल दुर्घटनाले देश हल्लिएको छ। मंगलबार बिहान करिब १०:५० बजे ट्र्याक मर्मतमा खटिएका सात कामदारमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए। यस भयानक घटनापछि कोरिया रेलरोड (KORAIL) का प्रमुख कार्यकारी अधिकृत हानले नैतिक जिम्मेवारी लिँदै तुरुन्तै राजीनामा दिएका छन्। भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, दुर्घटनाको दिनमै उनले आफ्नो पदत्याग पत्र बुझाएका थिए। हान जुलाई २०२३ मा सीईओ बनेका थिए र उनको कार्यकाल जुलाई २०२६ सम्म रहने तय थियो। तर, दुर्घटनाप्रति जिम्मेवारी स्वीकार गर्दै उनले पद छाड्ने निर्णय गरेका हुन्। ट्र्याकमा मर्मत कार्य भइरहेका बेला अचानक आएको मुङुङ्वा रेलले कामदारहरुलाई ठक्कर दिँदा दुर्घटना भएको पुष्टि भएको छ। यो घटना केवल रेल सुरक्षा प्रणालीमाथि प्रश्न उठाउने मात्र होइन, सार्वजनिक ...
आजको राशिफल: २०८२ भदौ ५ गते बिहीबार

आजको राशिफल: २०८२ भदौ ५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आर्थिक पक्षमा सुधार आउने संकेत छन्। घर–परिवारसँगको सम्बन्धमा न्यानोपन बढ्नेछ। पुरानो प्रयासको राम्रो नतिजा पाउने सम्भावना छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) काममा सहजता आउनेछ र आत्मविश्वास बढ्नेछ। नजिकका व्यक्तिसँगको संवादमा आत्मीयता देखापर्नेछ। आर्थिक मामिलामा स्थिरता रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ विचारहरू कार्यान्वयन गर्ने अवसर मिल्नेछ। सम्बन्धमा आपसी विश्वास बढ्नेछ। दिनको अन्त्यमा मन प्रसन्न हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मविश्वास र जोश उच्च हुनेछ। पारिवारिक वातावरण खुसीमय बन्नेछ। नयाँ अवसर भेट्टाएर लाभ लिन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा पारिवारिक कार्यक्रमहरूमा सहभागिता बढ्नेछ। सम्मान प्राप्त हुने समय हो। आफ्नो क्षमताले काममा प्रगति गर्न...
दक्षिण कोरियाबाट प्रत्यक्ष: गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम, टिभी र फेसबुक बाट LIVE मार्फत प्रसारण

दक्षिण कोरियाबाट प्रत्यक्ष: गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम, टिभी र फेसबुक बाट LIVE मार्फत प्रसारण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गण्डकी प्रदेश समाजले स्वास्थ्य परामर्श कार्यक्रम ल्याउन लागेको छ। कार्यक्रम आगामी शनिबार, अगस्ट २३ का दिन, नेपाली समय साँझ ५ बजे र कोरियाली समय साँझ ८:१५ बजेबाट प्रत्यक्ष प्रशारण हुने भएको छ। कार्यक्रम गण्डकी प्रदेश समाजको फेसबुक पेज र पोखरा टेलिभिजनमार्फत LIVE प्रसारण हुनेछ। यस अवसरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, डा. रेखा पौडेलले महिलामैत्री स्वास्थ्य परामर्श दिनुहुनेछ भने प्रस्तोताको रुपमा गोबिन्द बानिया रहनेछ ।   स्वास्थ्य समस्याका कारण उपचारमा कठिनाइ भोगिरहेका तथा भाषा अवरोधकै कारण अस्पतालमा समस्या राख्न नसकेका प्रवासी नेपालीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम ल्याइएको आयोजकहरूले बताएका छन्। कोरियामा बस्ने महिला दिदीबहिनीहरूले आफ्नो समस्या प्रत्यक्ष कार्यक्रममार्फत राख्न सक्नेछन्। साथै, कार्यक्रम अघि वा ...
आत्महत्या गर्न वाध्य बनाइएका तुल्सि पुन मगरको मुद्दामा न्याय : बङ्गुर फर्म मालिक र टोली प्रमुख जेल सजाय

आत्महत्या गर्न वाध्य बनाइएका तुल्सि पुन मगरको मुद्दामा न्याय : बङ्गुर फर्म मालिक र टोली प्रमुख जेल सजाय

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका नेपाली श्रमिक तुल्सि पुन मगरलाई निरन्तर कुटपिट र अपमानका कारण गत फेब्रुअरी महिनामा आत्महत्या गर्न बनाइएको पीडादायी घटना अझै पनि प्रवासी समुदायको मनमा ताजा छ। यो घटनापछि श्रमिक अधिकारका लागि लामो समयदेखि संघर्षरत migrant Workers’ Union (एमटियु)ले पीडितका पक्षमा मुद्दा दायर गरेको थियो, जसको परिणाम स्वरूप अन्ततः न्यायालयले दोषीहरूलाई सजाय सुनाएको छ। अगस्ट २० मा मोक्पो अदालतले निर्णय गर्दै बङ्गुर फर्म मालिकलाई दुई वर्षको जेल सजाय र दश लाख वोन जरिवाना तोकेको छ भने, तुल्सिलाई प्रत्यक्ष सताउने टोली प्रमुखलाई आठ महिनाको कैद सजाय सुनाएको छ। यो फैसला सहजै आएको होइन, लामो समयसम्म प्रवासी श्रमिक र अधिकारकर्मीहरूले देखाएको दबाब र निरन्तर आन्दोलनकै कारण आज कानुनले आवाजविहीन श्रमिकको पक्षमा निर्णय लिएको हो।  तर प्रवासी श्रमिकको वास्तविकता अझै प...
आजको राशिफल: २०८२ भदौ ४ गते बुधबार

आजको राशिफल: २०८२ भदौ ४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आत्मविश्वास बढ्नेछ र नयाँ काम सुरु गर्ने जोश आउनेछ। अधुरा कार्यहरू पूरा गर्ने अवसर मिल्नेछ। पारिवारिक र सामाजिक सम्बन्धमा न्यानोपन अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्ष स्थिर रहनेछ र मनमा सन्तोष आउनेछ। आफ्नो विचारलाई अरूले सम्मानपूर्वक सुन्नेछन्। प्रेम वा आत्मीय सम्बन्धमा नजिकिने मौका मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उत्साहपूर्वक दिन बित्नेछ। नयाँ अवसर भेटिन सक्छ र काममा प्रगति हुनेछ। आफ्ना योजनालाई सफलतापूर्वक अघि बढाउन सकिनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर–परिवारमा खुसीको वातावरण रहनेछ। प्रयासको उचित मूल्यांकन हुनेछ। नयाँ मित्र वा सम्बन्धबाट फाइदा पाउने संकेत छन्। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता देखाउने अवसर आउनेछ। समाजमा सम्मान र प्रतिष्...
छुसकमा “प्रथम लुम्बिनी साँगीतिक महोत्सव – २०२५” हुँदै

छुसकमा “प्रथम लुम्बिनी साँगीतिक महोत्सव – २०२५” हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: कोरियाली महान पर्व छुसकको अवसरमा दक्षिण कोरियामा पहिलोपटक “लुम्बिनी साँगीतिक महोत्सव – २०२५” आयोजना हुने भएको छ। लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा हुने सो महोत्सव आगामी अक्टोबर ६ तारिख सोमबार सउलस्थित 건국대학교 새천년관 대공연장에서 हुनेछ। कोरियाली महान पर्व छुसकको अवसरमा आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत आपतकालीन राहत कोष स्थापना गर्ने पवित्र उद्देश्य अघि सारिएको आयोजकहरूले बताएका छन्। महोत्सवलाई सफल बनाउन राप्ती समाजको सहयोग र लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लागत र क्षेत्रगत संघसंस्थाहरू सह–आयोजक तथा सहयोगीका रूपमा संलग्न हुनेछन् भने नेपाली सम्पर्क समिति दक्षिण कोरिया सहजीकरणमा रहनेछ। “पवित्र लुम्बिनी, बुद्धको जन्मस्थान, शान्ति, सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नारासहितको स्थापित सस्थाले गर्ने यो कार्यक्रम सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रममार्फ...
योङइन कोरियामा अगस्ट २४ का दिन रमाइलो तिज मेला–२०२५ आयोजना हुँदै

योङइन कोरियामा अगस्ट २४ का दिन रमाइलो तिज मेला–२०२५ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज, योङइन विदेशी कल्याण केन्द्र तथा बुद्धभूमि ग्रुपद्वारा यही आउदो अगस्ट २४ तारिकका दिन योङइन बिदेशी कल्याण केन्द्रमा संयुक्त रूपमा रमाइलो तिज मेला–२०२५ गरिने भएको छ ।   अगस्ट २४ तारिक आइतवारका दिन दिउँसो ठिक १ बजेबाट सुरु हुने यस मेला योङइन विदेशी कल्याण केन्द्र (용인시외국인복지센터) 경기도 용인시 처인구 금령로 36, 거성빌딩 3층 301호 मा हुनेछ।आयोजक संस्थाहरूले परदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइलाई एकै ठाउँमा भेला गराई नेपाली संस्कृति, परम्परा र मौलिकताको सम्मान गर्दै एकतामा बाँध्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्। कोरियाको ख्यङ्गी ख्वाङ्जु, सङ्नाम, योङइन, इछन र यजुमा बसोबास गर्ने नेपाली समुदायका साथै सम्पूर्ण कोरियामा रहेका सबै नेपालीलाई कार्यक्रममा सहभागी भई रमाइलो गर्न हार्दिक निमन्त्रणा गरेको छ। ...
नेपालमै म्यानपावरमार्फत E-7 भिसामा कामदार कोरिया पठाउने प्रक्रिया सुरु, मासिक ५ लाखसम्म तलब

नेपालमै म्यानपावरमार्फत E-7 भिसामा कामदार कोरिया पठाउने प्रक्रिया सुरु, मासिक ५ लाखसम्म तलब

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
अब दक्ष नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने बाटो अझ सहज बनेको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत E-7 भिसा प्रणाली अन्तर्गत कामदार पठाउने कार्यविधि स्वीकृत गरेको छ। मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार विशेष योग्यता पूरा गरेका म्यानपावर कम्पनीलाई मात्र दक्ष कामदार पठाउने अनुमति दिइनेछ। यसका लागि कम्पनीहरूले आफ्नै प्रशिक्षण केन्द्र वा विद्यमान प्रशिक्षण केन्द्र भाडामा लिएर सञ्चालन गर्नुपर्ने र त्यहाँ कम्तीमा दुई जना प्रमाणित कोरियन भाषा प्रशिक्षक राख्नुपर्नेछ। त्यस्तै, कम्पनीहरूले सम्बन्धित कोरियन संस्था वा संघसंस्थासँग सम्झौता गरी मागपत्र ल्याउन सक्ने व्यवस्था गरिएको छ। तर, यस क्रममा कामदार वा कम्पनीसँग अतिरिक्त शुल्क लिन नपाइने मन्त्रालयले स्पष्ट पारेको छ। दक्ष कामदारले कोरिया जानुअघि भाषा परीक्षा र सीप (Occupational Skill) परी...
आजको राशिफल: २०८२ भदौ ३ गते मंगलबार

आजको राशिफल: २०८२ भदौ ३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह बढ्नेछ र नयाँ योजना सुरु गर्न मन लाग्नेछ। पुरानो अधुरो काम पूरा गर्ने मौका मिल्नेछ। परिवार र मित्रको साथ पाउँदा मन हल्का हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। आफ्नो विचारलाई अरूले महत्व दिनेछन्। सम्बन्धमा आत्मीयता र विश्वास बढ्नेछ, जसले दिनलाई सुखद बनाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उमङ्गले दिन विशेष बन्नेछ। नयाँ अवसर हात लाग्नेछ र काममा प्रगति हुनेछ। आफ्नो क्षमता देखाउने मौका मिल्नेछ र त्यसको मूल्यांकन हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा खुसीको समाचार सुन्न सकिनेछ। आफ्नो मेहनतको उचित मूल्यांकन हुनेछ। नयाँ सम्पर्क वा सम्बन्धबाट फाइदा पाउने सम्भावना छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व गर्ने अवसर आउनेछ। समाजमा सम्मान ...
नेपाली विद्यार्थी समाज (SONSIK) को २२औं अधिवेशन सम्पन्न, किरण सुवाल सभापतिमा चयन

नेपाली विद्यार्थी समाज (SONSIK) को २२औं अधिवेशन सम्पन्न, किरण सुवाल सभापतिमा चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) को २२औं वार्षिक साधारण सभा तथा अधिवेशन २०२५ मा युग्नाम विश्वविद्यालय, देगुमा सम्पन्न भएको छ। अधिवेशनमार्फत सभापति किरण सुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। सन् २००४ मा स्थापना भई २०१५ मा दक्षिण कोरियाको स्थानीय प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता भएको SONSIK, कोरियामा रहेका नेपाली विद्यार्थीहरूको एक मात्र आधिकारिक र गैर–नाफामूलक विद्यार्थी संगठन हो। यस संस्थाले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच विचार, अनुभव र ज्ञानको आदान–प्रदानलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ। साधारण सभामा विगतका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्दै, नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने संकल्प व्यक्त गर्‍यो। निर्वाचित पदाधिकारीहरूले नेपाल र कोरियामा रहेका विद्या...