दक्षिण कोरियामा रहेका बाग्लुङेलीहरूको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्तीको विशेष अवसर पारेर आयोजना गर्न लागेको “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारीलाई तीव्र बनाएको जनाएको छ।
“शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावको लागि खेल” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी मे २४ तारिख थेगुमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितिमा विभिन्न नेपाली संघसंस्था तथा खेलप्रेमी टोलीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताका लागि टोली दर्ता गर्ने अन्तिम मिति यही मे १७ सम्म मात्रै रहेको छ। समयमै टोली दर्ता गराई सहभागिता जनाउन आयोजकले सम्पूर्ण खेलप्रेमी तथा संघसंस्थालाई आग्रह गरेको छ।
प्रतियोगितामा विजेता टोलीले ३० लाख वन नगद, ट्रफी, मेडल र प्रमाण...
२८ बैशाख २०८३, सोमबार १२:४४२८ बैशाख २०८३, सोमबार १२:४४२८ बैशाख २०८३, सोमबार १२:४४ by एलिनाNo Comments
बिपिन कुमार गुरुङ नेतृत्वको गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) दक्षिण कोरियाले “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने ऐतिहासिक सत्यलाई विश्व समुदायसमक्ष अझ सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित दक्षिण कोरियाको प्रसिद्ध दोबोंसान पर्वत आरोहण कार्यक्रम आयोजना गर्ने भएको छ।
एनआरएन दक्षिण कोरियाले आगामी मे १७ तारिख आइतबार बिहान ८ बजे बाट आयोजना गर्न लागेको उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक अभियानमा मात्र सीमित नरही नेपालको हिमाल आरोहण, पर्यटन प्रवर्द्धन तथा प्राकृतिक सौन्दर्यको अन्तर्राष्ट्रिय प्रचारसँग समेत जोडिएको महत्वाकांक्षी अभियानका रूपमा अघि बढाइएको जनाएको छ।
संस्थाले विगत केही वर्षदेखि निरन्तर रूपमा “Buddha Was Born in Nepal” अभियान सञ्चालन गर्दै आएको छ। विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक गतिविधिमार्फत नेपालको गौरवशाली पहिचानलाई...
२७ बैशाख २०८३, आईतवार ०७:१८२७ बैशाख २०८३, आईतवार ०७:१८२७ बैशाख २०८३, आईतवार ०७:१८ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो साखाको आयोजनामा “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुने भएको छ। आगामी मे २४ तारिखमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न नेपाली टिमहरूको सहभागिता रहनेछ भने विजेता टोलीलाई ३५ लाख वन नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी उपविजेताले २० लाख वन, सेमिफाइनल पुग्ने टोलीहरूले ४ लाख वन प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलकिपर तथा हाई स्कोररलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीका लागि दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने दुई वटा क्लब एउटै टिमबाट दर्ता गरे ६ लाख वन म...
२५ बैशाख २०८३, शुक्रबार १०:१०२५ बैशाख २०८३, शुक्रबार १०:१०२५ बैशाख २०८३, शुक्रबार १०:१० by एलिनाNo Comments
दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना गर्ने भएको छ।
“तपाईं हाम्रो सुख–दुःखको साथी दोलखाली समाज, दोलखाली समाज दोलखालीको हितमा” भन्ने मूल नारासहित स्थापना भएको संस्थाले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
संस्थाद्वारा सार्वजनिक गरिएको जानकारीअनुसार अधिवेशन दक्षिण कोरियाको सुवनस्थित उरि हिमालयन रेष्टुरेन्टको सभाहलमा मध्यान्ह ११:३० बजेबाट सुरु हुनेछ। कार्यक्रममा दक्षिण कोरियामा रहेका दोलखा जिल्लावासी, विभिन्न पेशा–व्यवसायमा आबद्ध नेपाली, विद्यार्थी तथा शुभेच्छुकहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
दोलखाली समाज दक्षिण कोरियाले विगतदेखि नै प्रवासमा रहेका नेपालीबीच आपसी एकता, सहयोग तथा सामाजिक सद्भाव कायम राख्दै विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ...
२१ बैशाख २०८३, सोमबार ०३:१२२१ बैशाख २०८३, सोमबार ०३:१२२१ बैशाख २०८३, सोमबार ०३:१२ by एलिनाNo Comments
दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन अत्यन्त भव्य, सौहार्दपूर्ण तथा ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सुनिल बान्तवा राईको अध्यक्षतामा तथा पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले “कोरियामा भोजपुरे एकता, समृद्ध समाज हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई सार्थक बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा दशौँ कार्यसमितिको दुई वर्षे कार्यकालको प्रगति विवरण महासचिव दिलीप बान्तवा राईले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भुपाल थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा एनआरएनए तथा एनसीसी सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा जिल्ला स्तरका संघसंस्थाका प्रमुख, जातीय, धार्मिक तथा क्षेत्रीय संगठनका प्र...
२० बैशाख २०८३, आईतवार १२:५१२० बैशाख २०८३, आईतवार १२:५१२० बैशाख २०८३, आईतवार १२:५१ by एलिनाNo Comments
दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्यन्तै भव्य, गरिमामय तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष धर्मराज तिवारीको सभापतित्व तथा नेपाली दूतावास, दक्षिण कोरियाकी श्रम काउन्सिलर मैयाँ कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कर्णालीवासीहरूको एकता, पहिचान र संगठनात्मक शक्तिलाई थप मजबुत बनाएको छ।
कार्यक्रममा एनआरएनए तथा एनसीसीका अध्यक्षहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, प्रदेश तथा जिल्लागत संस्थाका प्रतिनिधिहरू, साथै जातीय, धार्मिक तथा क्षेत्रीय संघसंस्थाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै संस्थाका संरक्षक, सल्लाहकार तथा जिल्ला संयोजकहरूको सहभागिताले कार्यक्रमलाई अझ गरिमामय बनाउनुका साथै आपसी सहकार्य, सद्भाव र एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
अध...
१४ बैशाख २०८३, सोमबार ११:२५१४ बैशाख २०८३, सोमबार ११:२५१४ बैशाख २०८३, सोमबार ११:२५ by एलिनाNo Comments
दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव्य सुवनमा आइतबारका दिन रूपमा सम्पन्न भएको छ।
अधिवेशनबाट कमान सिंह राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कमान सिंह राई चयन हुँदा वरिष्ठ उपाध्यक्षमा खिम केसी, उपाध्यक्षमा निकेस आले मगर र स्वीकार राई चयन भएका छन्। त्यसैगरी, महासचिवमा मौसम सोमारे मगर, सचिवमा सुमन रोका र भला तामाङ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ तथा सह-कोषाध्यक्षमा रबिन भट्टराई चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रोहित लामा, हरि टमाटा, माधव अर्याल, मोहन बिक्रम शाही, सुरेन्द्र ढकाल, देथ थकुरी, राजन थापा, जीवन मगर, हरि आचार्य, सिद्धार्थ केसी, बैकुण्ठ अर्याल र लोकेन्द्र फौजा मगर चयन भएका छन्।
संगठनको सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकारका रूपमा ...
१४ बैशाख २०८३, सोमबार ०१:५११४ बैशाख २०८३, सोमबार ०१:५११४ बैशाख २०८३, सोमबार ०१:५१ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो मिति २०२६ अप्रिल २६ तारिखका दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।
नयाँ कार्यसमितिको उपप्रमुखमा चन्द्रकान्त भुसाल चयन हुनुभएको छ भने सचिवको जिम्मेवारी प्रवेश पाण्डेले सम्हाल्नुहुनेछ। त्यसैगरी कोषाध्यक्ष पदमा अर्जुन खनाल चयन हुनुभएको छ।
सदस्यहरूमा दुर्गा मगर, रामकृष्ण राई, शंकर मगर, जनक पंगेनी तथा कालुराम कुश्मी चयन हुनुभएको छ।
नवगठित कार्यसमितिले फाजु क्षेत्रमा रहेका नेपाली समुदायको हकहित संरक्षण, आपसी एकता अभिवृद्धि तथा सामाजिक, सांस्कृतिक र सेवामूलक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
अधिवेशन सम्पन्न भएसँगै फाजु क्षेत्रमा रहेका नेपालीहरूबीच सहकार्य, सद्भाव र एकताको भावना अझ...
७ बैशाख २०८३, सोमबार ११:५८७ बैशाख २०८३, सोमबार ११:५८७ बैशाख २०८३, सोमबार ११:५८ by एलिनाNo Comments
दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।कोशी प्रदेशको धार्मिक आस्थाको केन्द्र पाथीभरा माई को नामबाट स्थापित पाथीभरा भलिबल क्लबले प्रतियोगिता आगामी मे ३ तारिखका दिन Ajou University मा सञ्चालन गर्ने भएको हो।
प्रतियोगितामा प्रथम हुनेले २२ लाख वन (ट्रफी, मेडल र प्रमाणपत्र ) द्वितीय हुनेले १२ लाख वन (ट्रफी, मेडल र प्रमाणपत्र) तथा तृतीय हुनेले ८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १ लाख वन (मेडल र प्रमाणपत्र) प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट लिबेरोलाई जनही ५० हजार वन सहित मेडल र प्रमाणपत्र सहित प्रदान गरिने आयोजकले जनाएको छ।
टिम दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति ...
६ बैशाख २०८३, आईतवार १३:३३६ बैशाख २०८३, आईतवार १३:३३६ बैशाख २०८३, आईतवार १३:३३ by एलिनाNo Comments
मोक्पो साम्हो साझा चौतारीको ८ औं अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ। सन् २०२६ अप्रिल १९ मा सम्पन्न अधिवेशनबाट संस्थाको नेतृत्वमा बिक्रम गिरि अध्यक्षमा निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र फागो चयन हुँदा उपाध्यक्षहरूमा विजय घिसिङ, मनसुन खड्का र नवीन गैरे निर्वाचित भएका छन्। त्यसैगरी महासचिवको जिम्मेवारी कुशल गुरागाइले पाएका छन् भने सचिवमा सन्जु तामाङ चयन भएका छन्। सह–सचिवमा राकेश कार्की, कोषाध्यक्षमा मिलन बगाले र सह–कोषाध्यक्षमा जीवन मगर निर्वाचित भएका छन्।
यसैगरी, अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ। सदस्यहरूमा प्रकाश बिष्ट, अभिसेक नागरी, मोहन सिंह भाट, शसिधर भण्डारी, अनुश तामाङ, कमान सिंह तामाङ, रबि पौडेल, ओमकार थापा, युवराज पाण्डे, शिवराज फुयाल, आशोक कुमार सिंह, सृजना महर्जन, गोपाल लिम्बु, प्रवास गौतम, नारायण शर्मा, अभिषे...