भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यो पीडाका बीच लुटपाटका घटनाले थप चिन्ता बढाएको छ ।
समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग-अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।
यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।
भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गरेका छन् ।...
२८ माघ २०७९, शनिबार ०७:२२२८ माघ २०७९, शनिबार ०७:२२२८ माघ २०७९, शनिबार ०७:२२ by एलिनाNo Comments
एक जना भाइ जसको दुबै खुटा छैन एउटा सानो र एउटा छैन । तेह्र चौध बर्ष का भाइको अब्स्था एक दमै नाजुक रहेको छ । उनी को यो अबस्था देखेर जो कोहिको पनि आँखा मा आँसु आउन सक्छ। जस्को दुबै खुट्टा छैन जस्ले उन्को दैनिक कृयाकलाप मा अशर देखि जीवन जिउन नै निकै गार्हो पर्ने रहेको छ।
उनी को हालै बुबा आमा दुबै को देहान्त भयको जस्ले गर्दा आजभोली त उन लाई निकै नै गार्हो पर्ने गरेको उनिले बताएका छ्न । बुबा धेरै माधक पधार्थ पिउने गरेको र जस्को कारण ले गर्दा उनी जन्डिस भएर बितेको उनले बताए र आमा को पनि छ बर्ष को अन्तराल मा देहान्त भएको बताए।
उनि आजभोकी दुवै आमा बुबा बिते पछि उ आज भोलि आफ्नी सानी आमा सग बस्ने गरेको बताए र उनी चौथो कछा मा पढ्ने गरेको उनिले बताए पहिले आमा ले उनी लाई माग्न पनि पठाउने गरेको बताए । उनी भन्छ्न आमा बुबा को कहिले काहीँ मात्र याद आउने र अब सानीमा सगै बसेर उन्कै ...
२८ माघ २०७९, शनिबार ०७:१४२८ माघ २०७९, शनिबार ०७:१४२८ माघ २०७९, शनिबार ०७:१४ by एलिनाNo Comments
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी यब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको उनले बताए ।...
२८ माघ २०७९, शनिबार ०७:०९२८ माघ २०७९, शनिबार ०७:०९२८ माघ २०७९, शनिबार ०७:०९ by एलिनाNo Comments
सर्जरी सकेर घर हिँडेका डाक्टरमाथि प्रहरीको लाठीचार्ज
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको छ ।
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह सर्जरी सकेर घर जाने तयारीमा थिए ।
साइकलमा आउजाउ गर्ने उनी अस्पतालबाट बाहिर निस्किए र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगे । प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन भने । नमानेपछि उनीमाथि लाठी बर्साएको छ । टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीला...
२७ माघ २०७९, शुक्रबार ०९:१०२७ माघ २०७९, शुक्रबार ०९:१०२७ माघ २०७९, शुक्रबार ०९:१० by एलिनाNo Comments
२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झपड भएको बताएकी छन् ।
शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टक्टक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताइन् ।
विवेकशील साझाले स्थानीय चुनावमा नराम्रो हार व्यहारेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका थिए । झण्डै तीन महिना नेतृत्वबिहीन भएको विवेकशील साझामा बास्कोटा अध्यक्ष बनिन् ।
त्यही बेला आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको उनले सुनाइन् । ‘पार्टी नै सकाएर राप्रपा करण गर्न खोजिएको थियो’, उनले भनिन्, ‘२ लाख १२ हजार मतलाई झरेर तल भयौं होला, तर पार्टी जोगायौं ।’
...
२७ माघ २०७९, शुक्रबार ०७:५९२७ माघ २०७९, शुक्रबार ०७:५९२७ माघ २०७९, शुक्रबार ०७:५९ by एलिनाNo Comments
२७ माघ, जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् ।
उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।
बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।
मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।
निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोल...
२७ माघ २०७९, शुक्रबार ०७:०२२७ माघ २०७९, शुक्रबार ०७:०२२७ माघ २०७९, शुक्रबार ०७:०२ by एलिनाNo Comments
काठमाडौं । ७ वटा श्रीमती भएको कारणले सामाजिक सञ्जालमा एक पुरुषले निकै चर्चा पाइरहेका छन् । उनका धेरै सन्तान पनि छन् । ३४ वर्षीय नट्टापोङ छब्लेमले यसको पछाडिको कारण बताएका छन् ।
उनी भन्छन् कि उनीसँग प्रेमसँग सम्बन्धित ती विशेष गुणहरू छन्, जसका कारण महिलाहरू उनको प्रेममा पागल हुन्छन्। उनले आफ्ना सबै श्रीमतीलाई विभिन्न तरिकाले भेटेका थिए, कोही साथीहरु मार्फत, कोही विवाह समारोहमा, कोही फेसबुक र कोही इन्स्टाग्राममा। उनी पेशाले सेल्सम्यान हुन् ।
द सनको रिपोर्ट अनुसार नट्टापोङका जम्मा ९ जना छोराछोरी छन् । उनी आफ्नो परिवारसँग थाइल्याण्डको नाखोम पथम प्रान्तमा बस्छन्। आफू वरपरका सुन्दरी महिलाहरूसँग सपनाको जीवन बिताइरहेको उनको विश्वास छ ।
उनी भन्छन्, ‘म फ्लर्ट गर्छु र मलाई लुकाउन मन लाग्दैन । मसँग केहि गुणहरू छन्, जसले महिलाहरूलाई एक-अर्कासँग झगडा नगरी मसँग प्रे...
२२ माघ २०७९, आईतवार १२:०४२२ माघ २०७९, आईतवार १२:०४२२ माघ २०७९, आईतवार १२:०४ by एलिनाNo Comments
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे।
उनले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरेर देखिएको समस्या तत्काल हल गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहा...
२२ माघ २०७९, आईतवार ११:५७२२ माघ २०७९, आईतवार ११:५७२२ माघ २०७९, आईतवार ११:५७ by एलिनाNo Comments
राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी
माघ २० गतेबाट ’ नम्बरी सुन यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ ।
निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको जानकारी दिए । यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन् । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।
लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।...
२२ माघ २०७९, आईतवार १०:३७२२ माघ २०७९, आईतवार १०:३७२२ माघ २०७९, आईतवार १०:३७ by एलिनाNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया' ले श्रीस्वस्थानी साङ्गेता (व्रत समापन ) कार्यक्रम र NRNA ख्यङ्गि इन्छन प्रान्त सग समन्वय गरेर सयुंक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
'पाँच-स' दक्षिण कोरिया' को अध्यक्ष नरेश मेहताको अध्यक्षतामा तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका प्रमुख सल्लाहकार आनन्द सिलवालको प्रमुख अतिथत्वमा "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा आयोजित 'पाँच-स' दक्षिण कोरिया'को पूर्व अध्यक्ष तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका सल्लाहकार प्रेमराज अधिकारी ज्युको सयुंक्त बिदाइ तथा सम्मान कार...