बिशाल आवाज: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा, सनातन साहित्य संगीत साधना समूह (पाँच–स) दक्षिण कोरिया ले यस वर्ष पनि विगतको सफल परम्परालाई निरन्तरता दिँदै अगस्ट २४ सुवनमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम यही २०२५ अगस्ट २४ (आइतबार) बिहान ११:०० बजेबाट Woori Himalaya Restaurant’s Hall, Suwon Station Exit No. 11 मा भव्य रूपमा आयोजना गर्ने भएको छ। यस अवसरमा दीप प्रज्वलन, शान्तिपाठ, तीज तथा ऋषि पंचमी ब्रतको महिमा श्रवण लगायतका आध्यात्मिक क्रियाकलापसँगै नेपाली मौलिक भेषभूषा, गीत–संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछ। साथै, तीजको स्वादिलो दर को पनि व्यवस्था गरिएको छ।
आयोजक संस्थाले पूर्वीय सनातन धर्म, कला, संस्कार र नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताएक...
२८ श्रावण २०८२, मंगलवार ०१:११२८ श्रावण २०८२, मंगलवार ०१:११२८ श्रावण २०८२, मंगलवार ०१:११ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको ख्यङ्जु (Gyeongju) मा कार्यरत इलामका एक नेपाली युवकको मोटरसाइकल दुर्घटनापछि उपचारकै क्रममा निधन भएको छ।
इलाम जिल्ला, सूर्योदय नगरपालिका–९ रम्फोकका ३४ वर्षीय सागर राई करिब २ वर्ष ३ महिना अघि रोजगारीको लागि ईपीएस (EPS) प्रणालीमार्फत कोरिया आएका थिए। ख्यङ्जुस्थित मोह्वामा कार्यरत राईको २०२५ अगस्ट ९ मा मोटरसाइकल दुर्घटना भएको थियो। गम्भीर घाइते भएपछि उनलाई डोङ्गुक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो।
लगातार उपचार भए पनि अवस्था सुधार नहुँदा दुर्घटनापछि तेस्रो दिन अर्थात् अगस्ट ११ मा उनको असामयिक निधन भएको हो। पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको र अस्पतालमा लामो समय शव राख्न नसकिने भएकाले, परिवार र आफन्तसँगको सहमतिमा शव नेपाल पठाउने तयारी भइरहेको छ।
कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई यातायातका नियम पालना गर्न, सुरक्षा उपकरणको प्रयोग गर्न तथा सडकमा अधिक सतर्क रह...
२७ श्रावण २०८२, सोमबार १३:४८२७ श्रावण २०८२, सोमबार १३:४८२७ श्रावण २०८२, सोमबार १३:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज–सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ आयोजना हुने भएको छ।
सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचारसिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइने भएको हो। “जहाँ नेपाली सद्भाव, एकता र भाइचारा, अनुशासन, स्वास्थ्य र खेलकुद हाम्रो अभिभारा” भन्ने उद्देश्यका साथ, हाल समाजद्वारा सञ्चालित ‘विपन्न वर्ग बालबालिका छात्रवृत्ति कोष’ अभिवृद्धि गर्ने मुख्य हेतुले यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बिहान ७ बजेबाट सुरु हुने प्रतियोगितामा टिम दर्ताको अन्तिम मिति २०२५ सेप्टेम्बर १३ र टाइसिट...
२७ श्रावण २०८२, सोमबार १३:१७२७ श्रावण २०८२, सोमबार १३:१७२७ श्रावण २०८२, सोमबार १३:१७ by विशाल श्रेष्ठNo Comments
भोजपुर परिवार दक्षिण कोरियाले आफ्नो स्थापना भएको २०औं वर्षको अवसरमा आगामी अगस्ट ३० र ३१ तारिखका दिन “बृहत् बनभोज तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। संस्थाले भोजपुरबासी मात्र नभई गैर–भोजपुरबासी नेपालीहरुलाई पनि भावनात्मक, सांस्कृतिक र आर्थिक रूपमा अझ मजबुत बनाउन कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
कार्यक्रम 경기도 화성시 서신면 해안길 344 मा हुनेछ, जसमा डोरी तान्ने प्रतियोगिता, पुस अप च्यालेन्ज, बेलुन फुटाउने प्रतियोगिता, म्युजिकल चियर, विभिन्न सांगीतिक प्रस्तुति, समुन्द्र किनारको रमणीय दृश्य अवलोकन, साथै नेपाली परिकार र BBQ सहितको भोज रहनेछ। विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागिताको शुल्क पुरुषका लागि १ लाख वोन, महिलाका लागि ८० हजार वोन, विद्यार्थीका लागि ७० हजार वोन, र दम्पतीका लागि १ लाख ५० हजार वोन निर्धारण गरिएको छ। रकम NH Bank – 302-1772-5086-81, Rai Ramcha...
२७ श्रावण २०८२, सोमबार ०८:३३२७ श्रावण २०८२, सोमबार ०८:३३२७ श्रावण २०८२, सोमबार ०८:३३ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज – कोरियाको गजेदोस्थित हान्वा ओसन नेपाली एकता समाजको आईतवारका दिन गजेदोमा “नवौं अधिवेशन–२०२५” भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन बाट नारायण शाही ठकुरी को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
सो अधिवेशनमा प्रारम्भिक तयारीअनुसार अध्यक्ष पदका लागि नारायण शाही ठकुरी र निर्मला खड्का बीच प्रतिस्पर्धा हुने तय भएको थियो। तर, निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरी मतदान सुरु हुन केही मिनेटअघि उम्मेदवार निर्मला खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नारायण शाही ठकुरी निर्विरोध अध्यक्षमा चयन भएका हुन्।
नयाँ अध्यक्ष ठकुरी विगत १२ वर्षदेखि यही कम्पनीमा निरन्तर कार्यरत छन्।
अधिवेशन हान्वा ओसन दोङ्मुन सिक्ताङको प्राङ्गणमा समाजका सचिव शिव गैह्रेले सञ्चालन गरेका थिए। कार्यक्रममा तत्कालीन अध्यक्ष टेकनाथ बराल (मामा)को अध्यक्षता, हान्वा ओसन पानीजहाज कम्पनीका नेपाली संयोजक तथा समाजका स...
२७ श्रावण २०८२, सोमबार ०८:१७२७ श्रावण २०८२, सोमबार ०८:१७२७ श्रावण २०८२, सोमबार ०८:१७ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज– दक्षिण कोरियामा कार्यरत E–9 भिसा धारक श्रमिकहरूका लागि ठूलो परिवर्तन ल्याउने प्रस्तावबारे छलफल तीव्र भइरहेको छ। कोरियाको योजना तथा वित्त मन्त्रालयका अनुसार, पुनःप्रवेश (Re-entry) बिना नै लगातार १० वर्षभन्दा बढी बस्न दिने कानुन यस वर्षभित्रै पारित हुने सम्भावना रहेको बताइएको छ।
यो प्रस्ताव अघिल्लो सरकारले अघि सारेको हो, जसअन्तर्गत हालको ४ वर्ष १० महिनाको सीमालाई हटाएर निश्चित मापदण्ड पूरा गर्ने श्रमिकलाई ३ वर्षको अन्तरालमा कोरियामै कार्य अवधि नवीकरण गर्ने सुविधा दिन सकिनेछ।
प्रस्तावित प्रारम्भिक मापदण्ड:
1. लगातार २ वर्ष एउटै कम्पनीमा काम गरेको हुनुपर्ने।
2. कोरियाली भाषा दक्षता (TOPIK) मा न्यूनतम स्तर ३ हासिल गर्नुपर्ने।
हालको E–9 प्रणालीमा, श्रमिकले अधिकतम ४ वर्ष १० महिना मात्रै काम गर्न पाउँछन्। त्यसपछि उनीहरूले नेपाल वा आफ्नो मुलुक फर्केर पुनः आवेदन गर्नुपर्छ। यद्...
२४ श्रावण २०८२, शुक्रबार ०४:२२२४ श्रावण २०८२, शुक्रबार ०४:२२२४ श्रावण २०८२, शुक्रबार ०४:२२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको राजधानी सिओलस्थित शिल्ला होटलमा, कोरियाली श्रम मन्त्रालय (Ministry of Employment and Labor) र HRD Korea को आयोजनामा EPS Conference 2025 भव्य रूपमा सम्पन्न भएको छ।
२०२५ अगस्ट ६ तारिख सम्पन्न कार्यक्रममा कोरियाका श्रम तथा रोजगार मन्त्री माननीय किम यंग–हूनको प्रमुख आतिथ्यता रहेको थियो।
सम्मेलनमा नेपालकी राजदूत डा. शिवमाया तुम्बाहाङ्फे, श्रम काउन्सेलर मैया कडेल, साथै १७ श्रमिक आपूर्ति गर्ने देशका राजदूत, HRD अध्यक्ष, नीति निर्माता र सरोकारवाला अधिकारीहरूको उपस्थिति थियो।
सम्मेलनको मुख्य विषयवस्तु श्रमिकहरूको सीप अभिवृद्धि, कार्यस्थलको सुरक्षा, EPS प्रणालीको दिगोपन, र नीतिगत पहुँचको विस्तार थियो। सहभागी मुलुकका प्रतिनिधिहरूले EPS प्रणालीका व्यवहारिक अनुभव र सुधार आवश्यकतामाथि धारणा राखेका थिए।
नेपाली पक्षबाट महामहिम डा. तुम्बाहाङ्फेले EPS परीक्षा पास गर्नेको संख्या...
२३ श्रावण २०८२, बिहीबार १३:३७२३ श्रावण २०८२, बिहीबार १३:३७२३ श्रावण २०८२, बिहीबार १३:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज : प्रवासी भूमिमा रहेका नेपालीहरूको सांस्कृतिक पहिचानलाई बचाइराख्ने उद्देश्यसहित, बागलुङ समाज दक्षिण कोरिया (थेगु शाखा)ले यही अगस्ट २४, २०२५ आइतबारको दिन विशेष तीज कार्यक्रम आयोजना गर्न लागेको छ। “हरितालिका तीज विशेष – २०२५” शीर्षकमा आयोजना हुने “नाच्छ कोरिया” कार्यक्रम कोरियाको थेगुस्थित 동구 동촌로 28 (구, 르네상스) मा दिउँसो ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।
कार्यक्रममा तीजका पारम्परिक भाकाहरू, लोकनृत्य तथा स्वदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ। गीत संगीतको बहारमा रमाउँदै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न बागलुङ समाजले प्रवासमा बसोबास गरिरहेका नेपालीहरूलाई सुसंस्कृत तवरले एक ठाउँमा जोड्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा लोकप्रिय गायिका रितु थापा मगर, उमा श्रेष्ठ, जितनभाई श्रीस मगर, मिना छन्त्याल, गायक टिका पौडेल, सोम प्रका...
२३ श्रावण २०८२, बिहीबार १२:०२२३ श्रावण २०८२, बिहीबार १२:०२२३ श्रावण २०८२, बिहीबार १२:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पोछनको सिनबुक युनाइटेड फुटबल क्लबको आयोजनामा सम्पन्न “समरकप नकआउट टुर्नामेन्ट २०२५” मा मासक नेपाली फुटबल क्लब विजयी भएको छ। आइतबार पोछनस्थित फुटबल मैदानमा आयोजित प्रतियोगितामा मासकले याङ्जु नेपाली फुटबल क्लबलाई हराउँदै उपाधिसहित नगद २० लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो।
१५ टिम सहभागी प्रतियोगितालाई “परदेशमा भाइचारा, खेलकुदको सहारा” र “अनुशासन र स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन गरिएको थियो। प्रतियोगिता दिनभरि रोचक र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको थियो। फाइनलमा याङ्जु एफसीले पनि कडा चुनौती दिएको थियो, तर मासक एफसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पार्यो। याङ्जु एफसीले उपविजेताको रूपमा १० लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र र मेडल पुरस्कार प्राप्त गर्यो।
व्यक्तिगत प्रदर्शनतर्फ, मासक एफसीका मार्सल लामा उत्कृष्ट...
२१ श्रावण २०८२, मंगलवार १२:५०२१ श्रावण २०८२, मंगलवार १२:५०२१ श्रावण २०८२, मंगलवार १२:५० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज:उदयपुर चौदण्डिगढी नगरपालिका सुन्दरपुर बेलहा घर भइ कोरियाको बुसान एरियामा कार्यरत कमल चौधरी काम छोडेर सेल्टरमा बस्ने क्रममा ब्रेनह्यामरेज भइ बिगत तीन हप्ता देखी Chosun University Hospital को ICU मा उपचाररत छन। कोरिया प्रवेश गरेको केही महिनामै स्वास्थ्य समस्यामा परेका पेशाले कृषिक्षेत्रमा कार्यरत कमल चौधरी, हाल कोमामा छन् र अस्पतालमा आईसीयू (ICU) मा राखेर उपचार भइरहेको छ।
उनलाई स्वास्थ्य समस्या देखा परेलगत्तै अस्पतालमा भर्ना गरिएको हो। हालसम्म करोड वोन भन्दा पनि धेरै उपचारमा खर्च भैसकेको र आर्थिक अवस्था कमजोर रहेकाले उनका आफन्तजन र नेपाली समाजले आर्थिक सहयोगको अपिल गरेका छन्। यती मात्रै नभएर उपचारको लागि ठुलो अस्पतालमा लानको लागि पहिले हालको अस्पतालमा उठेको सबै बिल चुक्ता गर्नुपर्ने भएकोले झनै समस्या पैदा बहेको बताइएको छ । एम्बेस्सीले सुरुमा केही पहल गरेतापनी पछील्लो ...