बिशाल आवाज – कोरियाको गजेदोस्थित हान्वा ओसन नेपाली एकता समाजको आईतवारका दिन गजेदोमा “नवौं अधिवेशन–२०२५” भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन बाट नारायण शाही ठकुरी को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
सो अधिवेशनमा प्रारम्भिक तयारीअनुसार अध्यक्ष पदका लागि नारायण शाही ठकुरी र निर्मला खड्का बीच प्रतिस्पर्धा हुने तय भएको थियो। तर, निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरी मतदान सुरु हुन केही मिनेटअघि उम्मेदवार निर्मला खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नारायण शाही ठकुरी निर्विरोध अध्यक्षमा चयन भएका हुन्।
नयाँ अध्यक्ष ठकुरी विगत १२ वर्षदेखि यही कम्पनीमा निरन्तर कार्यरत छन्।
अधिवेशन हान्वा ओसन दोङ्मुन सिक्ताङको प्राङ्गणमा समाजका सचिव शिव गैह्रेले सञ्चालन गरेका थिए। कार्यक्रममा तत्कालीन अध्यक्ष टेकनाथ बराल (मामा)को अध्यक्षता, हान्वा ओसन पानीजहाज कम्पनीका नेपाली संयोजक तथा समाजका संरक्षक विष्णुप्रसाद घिमिरेको प्रमुख आतिथ्य, साथै कोरियामा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
निर्वाचन मण्डल नोबिन्द्र कतुवालको संयोजकत्वमा जय राई, सन्तोष मगर, करण तामाङ र महेश्वर भण्डारी सदस्य रहेका थिए।

८०० भन्दा बढी नेपाली कार्यरत हान्वा ओसनमा अधिवेशनको दिन करिब ६–७ सयको सक्रिय उपस्थिति रहेको थियो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा अमृत भुगाई, संजोग राई, राजेन्द्र तामाङ र दिपक अधिकारी, सचिवमा यादव प्रसाद लम्साल, सहसचिवमा सितल पराजुली, कोषाध्यक्षमा दीपक किरण रावत, सहकोषाध्यक्षमा मनोज बोहोरा, साथै सदस्यमा ललित तामाङ, हरि प्रसाद आचार्य, मन बहादुर थापा, दामोदर भण्डारी, सबिन ढुङ्गाना, राजु भट्टराई, शेर बहादुर कुँवर, आयुष मगर, गणेश रावत, बिमल केसि, पुष्पराज सुवेदी, रमेश थारु, राज सेलिङ, प्रकाश कन्दङवा, पशुपति तिमिल्सिना, हर्क भुजेल, देवेन्द्र अधिकारी र नवराज बस्नेत चयन भएका छन्।
अन्य विभागीय संरचना विधानअनुसार कार्यसमितिको आगामी बैठकमार्फत पूर्ति गरिनेछ। अधिवेशन सफल बनाउन योगदान पुर्याउने प्रमुख अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभचिन्तकप्रति आयोजक संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।










