भोजपुर परिवार दक्षिण कोरियाले आफ्नो स्थापना भएको २०औं वर्षको अवसरमा आगामी अगस्ट ३० र ३१ तारिखका दिन “बृहत् बनभोज तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। संस्थाले भोजपुरबासी मात्र नभई गैर–भोजपुरबासी नेपालीहरुलाई पनि भावनात्मक, सांस्कृतिक र आर्थिक रूपमा अझ मजबुत बनाउन कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
कार्यक्रम 경기도 화성시 서신면 해안길 344 मा हुनेछ, जसमा डोरी तान्ने प्रतियोगिता, पुस अप च्यालेन्ज, बेलुन फुटाउने प्रतियोगिता, म्युजिकल चियर, विभिन्न सांगीतिक प्रस्तुति, समुन्द्र किनारको रमणीय दृश्य अवलोकन, साथै नेपाली परिकार र BBQ सहितको भोज रहनेछ। विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागिताको शुल्क पुरुषका लागि १ लाख वोन, महिलाका लागि ८० हजार वोन, विद्यार्थीका लागि ७० हजार वोन, र दम्पतीका लागि १ लाख ५० हजार वोन निर्धारण गरिएको छ। रकम NH Bank – 302-1772-5086-81, Rai Ramchandra मा जम्मा गर्न सकिनेछ।
सुवनबाट निशुल्क बस सुविधा पनि उपलब्ध हुनेछ, जसको पहिलो बस साँझ ६ बजे र दोस्रो बस साँझ ७ बजे छुट्नेछ। आयोजकले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सम्पूर्ण नेपाली समुदायको उपस्थितिको हार्दिक आह्वान गरेको छ।










