Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको चौंथो अधिवेशन सम्पन्न;गोबिन्द अधिकारिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको चौंथो अधिवेशन सम्पन्न;गोबिन्द अधिकारिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, गोविन्द अधिकारी गैरआवासीय नेपाली संघकी अध्यक्ष श्रीमती पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा ह्वासङ नेपाली परिवार दक्षिण कोरिया को चौथो अधिवेशन आज ह्वासङ फारानमा सम्पन्न भएको छ। 경기도 화성시 향남읍 3.1 만세로 1113, 지하 1층 मा आयोजना गरिएको अधिवेशनमा ह्वासङ आसपास बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै गोविन्द अधिकारी को अध्यक्षतामा चौथो कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षमा हरि श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षहरूमा शोभा लामा, कमल जि.सी., लोकेन्द्र फौजा मगर र पदम रजान मगर चयन भएका छन्। त्यसैगरी महासचिवमा जगत संसार, सचिवहरूमा अर्जुन साम्पाङ र मन्दिप भण्डारी, कोषाध्यक्षमा हेमन्त के.सी. तथा सह–कोषाध्यक्षमा शर्मिला थापा मगर निर्वाचित भएका छन्। कार्यसमिति सदस...
राजन भट्टको नेतृत्वमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको जिन्छन क्षेत्रीय कार्यसमिति गठन,फाजुमा पनि ८ तारिख क्षेत्रीय कार्यसमिती गठन हुने

राजन भट्टको नेतृत्वमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको जिन्छन क्षेत्रीय कार्यसमिति गठन,फाजुमा पनि ८ तारिख क्षेत्रीय कार्यसमिती गठन हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको जिन्चन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाअन्तर्गत नयाँ क्षेत्रीय कार्यसमिति गठन गरिएको छ। आइतबार फेब्रुअरी १, २०२६ मा सम्पन्न कार्यक्रम बाट राजन भट्टको नेतृत्वमा जिन्छन क्षेत्रीय कार्यसमिति चयन गरिएको हो। 충청북도 진천군 진천–읍मा रहेको लालिगुराँस रेस्टुरेन्टको माथिल्लो तल्लामा सम्पन्न भएको भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष युबिन श्रेष्ठ लगायतको बाक्लो उपस्थिती थियो। कार्यक्रममा प्रवासमा रहेका नेपालीहरूको संगठनात्मक भूमिका, पार्टीको नीति–दिशा र भावी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। भेलाले सर्वसम्मत रूपमा राजन भट्टलाई प्रमुख चयन गरेको छ भने उप– प्रमुखमा नयन सिंह कार्की, सचिवमा भूपेन्द्र जोशी र कोषाध्यक्षमा सुमन कार्की चयन भएका छन्। त्यसैगरी कृष्ण कुमार श्रेष्ठ, अरुण चौधरि , श्रवण चन्द्रबङ्शी, बालकृष्ण खनाल, सन्तोष लि...
कोरियन दूतावासद्वारा कागजात प्रमाणीकरण सेवा थप व्यवस्थित, फेब्रुअरी २ देखि नयाँ व्यवस्था

कोरियन दूतावासद्वारा कागजात प्रमाणीकरण सेवा थप व्यवस्थित, फेब्रुअरी २ देखि नयाँ व्यवस्था

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपालस्थित कोरियन दूतावासले कागजात प्रमाणीकरण (Consular Verification / Notarization) सेवालाई थप व्यवस्थित र स्पष्ट बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ । दूतावासका अनुसार आगामी सोमबार, फेब्रुअरी २, २०२६ देखि सबै प्रकारका कागजात प्रमाणीकरण सेवाहरू On-Site Visit प्रणालीमार्फत मात्र प्रदान गरिनेछ । यससँगै हालसम्म सञ्चालनमा रहेको अनलाइन अपोइन्टमेन्ट प्रणाली बन्द गरिने दूतावासले जनाएको छ । अब सेवाग्राहीले दूतावासले तोकेको मिति र मापदण्ड अनुसार प्रत्यक्ष उपस्थित भएर सेवा लिनुपर्नेछ । दूतावासका अनुसार कागजात प्रमाणीकरण सेवा कार्यदिवसहरूमा बिहान ९:३० देखि ११:०० बजेसम्म उपलब्ध हुनेछ । फेब्रुअरी महिनाका लागि सेवाग्राहीहरूको अपोइन्टमेन्ट भने जन्ममिति तथा पासपोर्ट नम्बरको अन्तिम अंकका आधारमा तोकिएको छ । दूतावासले सेवाग्राहीहरूलाई तोकिएको समयमै उपस्थित हुन र सेवा अवधिमा कुनै अव्यवस्था नगर्न आ...
EPS आन्दोलनरत पक्षलाई HRD Korea प्रमुखको स्पष्ट पत्र “ रोस्टरमा नाम हुँदा मात्र रोजगारी १००% ग्यारेन्टी हुँदैन”

EPS आन्दोलनरत पक्षलाई HRD Korea प्रमुखको स्पष्ट पत्र “ रोस्टरमा नाम हुँदा मात्र रोजगारी १००% ग्यारेन्टी हुँदैन”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  EPS आन्दोलनरत पक्षलाई HRD Korea प्रमुखको स्पष्ट पत्र “ रोस्टरमा नाम हुँदा मात्र रोजगारी १००% ग्यारेन्टी हुँदैन” दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत ‘जब रोस्टर’ मा रहेका तथा हाल आन्दोलनमा सहभागी कामदारहरूलाई लक्षित गर्दै EPS सेन्टर (HRD Korea) प्रमुखले आधिकारिक पत्र सार्वजनिक गरेका छन्। पत्रमार्फत EPS सेन्टरको धारणा स्पष्ट पार्दै आन्दोलनरत पक्षका माग र फैलाइएका हल्लाहरूप्रति प्रष्टिकरण दिइएको छ। पत्रमा उल्लेख गरिएअनुसार हाल ‘पोइन्ट सिस्टम’ परीक्षा सञ्चालन भइरहेकाले परीक्षा केन्द्र प्रमुख कार्यस्थल छोड्न नसक्ने अवस्था रहेको र त्यस कारण बैठकमा प्रत्यक्ष उपस्थित हुन नसकिएकोमा खेद व्यक्त गरिएको छ। यद्यपि लिखित रूपमा भए पनि EPS सेन्टरको आधिकारिक धारणा सार्वजनिक गरिएको बताइएको छ। EPS सेन्टरले आन्दोलनरत पक्षले उठाएको “कोरियामा शतप्रतिशत रोजगारीको ग्यारेन्टी गरिन...
जेजुदोको गोदाममा आगलागी २० वर्षीया महिलाको ज्यान गयो

जेजुदोको गोदाममा आगलागी २० वर्षीया महिलाको ज्यान गयो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाको जेजु सिटीमा रहेको दुई तले अस्थायी गोदाम भवनमा आगलागी हुँदा दोस्रो तलामा बसोबास गर्दै आएकी २० वर्षीया महिलाको मृत्यु भएको छ। जेजु अग्नि तथा विपद् व्यवस्थापन मुख्यालयका अनुसार जनवरी ३० दिउँसो करिब २:१२ बजे जेजु सिटीको दो–र्योनदोंग क्षेत्रमा रहेको गोडाममा आगलागी भएको सूचना प्राप्त भएको थियो। आगो लागेसँगै कालो धुवाँ तीव्र रूपमा फैलिँदा 119 आपतकालीन सेवामा २६ वटा फोन आएको जनाइएको छ। दमकल विभागले भारी उपकरण र ‘हनल्लामे’ नामक हेलिकप्टरसहित ठूलो संख्यामा दमकलकर्मी परिचालन गरी आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। करिब साढे तीन घण्टाको कठिन प्रयासपछि साँझ ५:५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो। घटनास्थलको दोस्रो तलाबाट ती महिलालाई मृत अवस्थामा फेला पारिएको थियो। स्यान्डविच प्यानलबाट निर्माण गरिएको उक्त भवनको पहिलो तला सुन्तला भण्डारण गोदामका रूपमा प्रयोग हुँदै आएक...
१८ वर्षपछि पुनः ‘रातो बिदा ’ बन्दै 제헌절 (संविधान दिवस) जुलाई १७ मा सार्वजनिक बिदा हुने

१८ वर्षपछि पुनः ‘रातो बिदा ’ बन्दै 제헌절 (संविधान दिवस) जुलाई १७ मा सार्वजनिक बिदा हुने

समाचार
दक्षिण कोरियामा 제헌절 (संविधान दिवस, जुलाई १७) १८ वर्षपछि पुनः सार्वजनिक बिदाका रूपमा फर्किएको छ। कोरियाली राष्ट्रिय सभाले २९ तारिख बसेको पूर्ण बैठकमा 제헌절लाई फेरि सार्वजनिक बिदा घोषणा गर्ने व्यवस्था सहितको ‘सार्वजनिक बिदा सम्बन्धी कानुन’ संशोधन विधेयक भारी बहुमतले पारित गरेको हो। मतदानमा सहभागी २०३ सांसदमध्ये १९८ जनाले समर्थन, २ जनाले विरोध र ३ जनाले मत नदिँदा विधेयक पारित भएको हो। पारित कानुन राजपत्रमा प्रकाशित भएको तीन महिनापछि लागू हुने व्यवस्था रहेकाले यसै वर्षको 제헌절देखि नै लागू हुने भएको छ। यस वर्ष जुलाई १७ शुक्रबार परेको छ। 제헌절 सन् १९४८ मा कोरियाको संविधान सार्वजनिक गरिएको ऐतिहासिक दिनको सम्झनामा मनाइने राष्ट्रिय दिवस हो। यसअघि लामो समयसम्म सार्वजनिक बिदाका रूपमा मनाइँदै आए पनि सन् २००५ मा सार्वजनिक बिदा सम्बन्धी नियम संशोधन भएपछि २००८ सालदेखि बिदाको सूचीबाट हटाइएको थियो। 제헌절ल...
सुदूरपश्चिम समाज दक्षिण कोरियामा दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन, विवाद झन् चुलिँदै

सुदूरपश्चिम समाज दक्षिण कोरियामा दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन, विवाद झन् चुलिँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज दक्षिण कोरियामा नेतृत्व चयन र कार्यसमिति गठनलाई लिएर विवाद झनै चर्किँदै गएको छ। पछिल्लो समय संस्थाभित्र राजनीतिक लविङ, एकपक्षीय निर्णय र विधान विपरीत गतिविधि भएको आरोपसहित असन्तुष्ट पक्षले दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको घोषणा गरेको छ। असन्तुष्ट पक्षले सार्वजनिक गरेको विज्ञप्तिमा समाजसेवाको नाममा खोलिएका संस्थाहरूले कुनै राजनीतिक पार्टीको भातृ संगठन बनेर होइन, विशुद्ध समाजसेवामा केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ। विगतदेखि नै संस्थाभित्र देखिँदै आएका कुटनीति, वादविवाद र एकपक्षीय निर्णयको विरोध गर्दै सहमतिमै छलफल भइरहेको अवस्थामा समानान्तर रूपमा बाहिर निकालिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ। यसै सन्दर्भमा असन्तुष्ट पक्षले आधिकारिक सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ कार्यसमिति गठन भएको जानकारी गराउँदै, समानान्तर रूपमा अलगिएका दाजुभा...