Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौथो अधिवेशन तथा राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा

पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौथो अधिवेशन तथा राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाज दक्षिण कोरियाको फेब्रुअरी २३ तारिख आइतबार दोङ्देमुनमा हुने चौथो अधिवेशन तथा महामहिम राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मुल नारा लिएर स्थापित पूर्वी नेपाल समाज दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् फेब्रुअरी २३ तारिखका दिन दोङ्देमुन स्थित आफ्नै समाजको सभाहलमा आयोजना गर्ने चौथो अधिवेशन तथा दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेको स्वागत तथा सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिव केदार निरौलाले जानकारी दिएका छन्। समाजका तत्कालीन अध्यक्ष गजेन्द्र शेर्मा विशेष कारणवश तत्काल कोरिया आउने परिस्थिति नभएपछि अधिवेशनका लागि बाटो खुला रहेको जनाउँदै आउँदो आइतबार चौथो अधिवेशन गर्न लागेको कार्यवाहक...
हाइड्रोपावर ब्यबसायी जगत पोखरेल सँग फेब्रुअरी २२ मा आनसानमा छलफल तथा अन्तरकृया कार्यक्रम हुँदै

हाइड्रोपावर ब्यबसायी जगत पोखरेल सँग फेब्रुअरी २२ मा आनसानमा छलफल तथा अन्तरकृया कार्यक्रम हुँदै

जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: हाइड्रोपावर ब्यबसायी जगत पोखरेल व्यवसायीक छलफल तथा प्रविधि अध्ययन अवलोकनका क्रममा दक्षिण कोरिया आउनुभएको अवसरमा फेब्रुअरी २२ मा आनसानको फल्चा नेपाली रेस्टुरेन्टमा छलफल तथा अन्तरकृया कार्यक्रम हुने भएको छ। भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक, बज्रमादी जलविद्युत आयोजना ३१ मेगावाटका अध्यक्ष, भिजन नेपाल लिमिटेड लगायतका दर्जनौं व्यवसायीक कम्पनीका नेतृत्वकर्ता तथा नेपाल जेसीसका पुर्व अध्यक्ष JCI SeN जगत पोखरेल दक्षिण कोरिया भिजिट यात्राको क्रममा दक्षिण कोरिया आउनुभएको अवसरमा यही आउदो शनिबार अर्थात फेब्रुअरी २२ आनसान स्थित फल्चा रेस्टुरेन्टमा छलफल तथा अन्तरकृया कार्यक्रम हुने भएको हो। आनसान 경기도 안산시 단원구 원곡동 797-3 펄짜 3충 स्थित फल्चा रेस्टुरेन्टमा साझ ६ बजेदेखि हुने अन्तरक्रिया कार्यक्रममा नेपालको हाइड्रोपावर लगायत सेयर मार्केटबारे जानकारी लिन तथा लगानी गर्न इच...
फेब्रुअरी २३ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै चलचित्र “दुखी आत्मा”

फेब्रुअरी २३ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै चलचित्र “दुखी आत्मा”

Breaking News, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज: फागुन २ गतेबाट विश्वभर एकैसाथ प्रदर्शनमा आएको अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो फेब्रुअरी २३ तारिखका दिन एके प्लाजामा रहेको मेगाबक्समा प्रदर्शन हुने भएको छ। आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही फेब्रुअरी २३ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। सुवन प्रदर्शन पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको आयोजकले जनाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्र्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अन...
प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश डाँगी

प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश डाँगी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिबेशन सम्पन्न भएको छ। दक्षिण कोरियाको छनानस्थित माइतीघर रेष्टुरेन्टको हलमा सम्पन्न पाँचौं अधिबेशन अधिवेशनबाट गणेश डाँगीको अध्यक्षमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ। प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अन्जन कुलुङ राईको प्रमुख अतिथ्यतामा सम्पन्न पाँचौं अधिवेशनबाट गणेश डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। देवेन खम्बु संयोजक तथा सन्दिप चाङवाङ र सलिन लामिछाने सदस्य रहेको निर्वाचन मण्डलले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा तुलजित राई,सचिवमा केशव अधिकारी, उपसचिवमा विपिन कन्दङवा र सदस्यहरूमा गंगाराम तामाङ, सुवास लिम्बू, तोयानाथ ओझा, घनश्याम सेन ठकुरी, बाबुराम शाह, जगतराम चौधरी, डिल्लीराम गौतम, गुरु गौतम, काशीराम बुढाथोकी रहेको...
“भ्यालेन्टाइन डे’, कोरियामा कसरी मनाइन्छ? कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्

“भ्यालेन्टाइन डे’, कोरियामा कसरी मनाइन्छ? कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियामा भ्यालेन्टाइन मनाउने चलन जापानबाट अनुसरण गरेको भन्ने मान्यता छ। उनीहरू पनि जापानमा जस्तै चकलेट, उपहार आदानप्रदान गर्छन्। कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्। दक्षिण कोरियामा उपहार नपाउनेले कालो नुडल्स: खासगरी कतैबाट उपहार नपाउने व्यक्तिले कालो रङको नुडल्स खाने रोचक चलन रहेको छ। कसैले प्रेम प्रस्ताव नगरे, उपहार नपाए उनीहरू रेस्टुरेन्टमा कालो नुडल्स खाएर पश्चाताप गर्दै बस्छन् तापनि कोरियाली भ्यालेन्टाइन्स सप्ताहलाई उनीहरूको क्यालेन्डरको सबैभन्दा रोमान्टिक समय मान्छन्। जापानमा मन पर्नेलाई चकलेट दिन्छन् संसारमा जापानी महिलालाई सबैभन्दा लजालु मानिन्छ। जापानमा सन् १९३६ देखि भ्यालेन्टाइन मनाउन सुरु गरेको मानिन्छ। जापानिजले सुरुमा पर्यटकलाई लक्षित गरी यो परम्परा सुरु गरेको हो तर बिस्तारै मायाको पर्व स्वरूप अधिकांश जापानिजहरूले भ्यालेन्टाइन मनाउन थाले। ...
पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले साधारण सभा राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। महासंघको फेब्रुअरी ९ तारिखमा बसेको औपचारिक भर्चुअल बैठकले छलफल मार्फत उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो। महासंघको कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित ३ बुदे एजेन्डा पारित गरेको छ। सार्वजनिक निर्णयको पहिलो बुदामा संस्थाको साधारणसभा, दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत शिबमाया तुम्बाहाम्फेको स्वागत तथा सार्वजनिक सुनवाइ गर्ने रहेको छ। साथै महासंघले आयोजना गर्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न कार्यसमिति र पत्रकार महासंघ कोरियाका सदस्यहरुमा आर्थिक भौतिक र नैतिक तवरले सकृय रुपमा लागि पर्न र विभिन्न संघ संस्थाहरु सँग समन्वय गर्ने निर्णय गरेको छ। कार्यक्रम मार्च ९ तारिखका दिन राजधानी सौलको दोङ्देम...
कोरियामा पनि फेब्रुअरी १३ मा भर्चुअल माध्यमद्वारा ३० औ जनयुद्ध दिवस मनाइँदै

कोरियामा पनि फेब्रुअरी १३ मा भर्चुअल माध्यमद्वारा ३० औ जनयुद्ध दिवस मनाइँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले भर्चुअल माध्यमद्वारा ३०औ जनयुद्ध दिवस मनाउने भएको छ। माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन अर्थात् फागुन १ गते नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले पनि फेब्रुअरी १३ तारिख बेलुकी कोरियन समय ८:३० ( नेपाली समय ५:१५) बजे देखि भर्चुअल माध्यम जुमद्वारा ३०औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नेभएको हो। जुमद्वारा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल र विशिष्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एशिया संगठन समिति इन्चार्ज ओम शर्मा रहने आयोजकले जनाएको छ। शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि २०७९ मा पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको थियो ।२०५२ साल फाग...
प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन फेब्रुअरी १६ मा हुने

प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन फेब्रुअरी १६ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानले आफ्नो संगठनको पाँचौं अधिबेशन फेब्रुअरी १६ मा गर्ने भएको छ । थेजन-छनान समितिको बैठक ले फेब्रुअरी १६ तारिक आइतबारका दिन बिहान ११ बजे छनान स्थित माइती घर रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ । मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागिएको थेजन-छनान कमिटिका कार्यवाहक अध्यक्ष गणेश डाँगी जानकारि दिनु भयो। तत्कालीन अध्यक्ष जीवन पौडेल केन्द्रीय कार्यसमितिमा राष्ट्रिय कमिटी सदस्यको कार्यभार सम्हालेर गएपछि थेजन-छनान कमिटिमा हाल गणेश डाँगीले कार्यवाहक अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै आएका छन्। कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि ...
नवलपुर समाज दक्षिण कोरियाले छैटौं साधारण सभा गर्दै

नवलपुर समाज दक्षिण कोरियाले छैटौं साधारण सभा गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नवलपुर समाज दक्षिण कोरियाले फेब्रुअरी २३ तारिखका दिन सुवनमा आफ्नो छैठौँ साधारण सभा गर्ने भएको छ।  “we for all,nawalpur samaj” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित नवलपुर समाज दक्षिण कोरियाले यही आउँदो फेब्रुअरी २३ तारिख आइतबारका दिन दिउसो १२ बजे सुवन स्थित कामना हल (पाँचौं तल्ला) मा छैटौ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको हो। नवलपुर समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। फेब्रुअरी २३ तारिख आइतबारका दिन आयोजना हुने समाजको छैठौँ साधारण सभा कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल आवाजमार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।...
ख्याङसाङनाम्दोमा हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा, टाइसिट सहित

ख्याङसाङनाम्दोमा हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा, टाइसिट सहित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सम्राट एफसी दक्षिण कोरियाद्वारा  ख्याङसाङनाम्दोमा यहि आउदो फेब्रुअरी १६ तारिख हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा  भई टाइसिट पनि सार्वजनिक गरिएको छ। स्वास्थ्य र मनोरञ्जनको लागि खेलकुद भन्ने मूल नाराका साथ फेब्रुअरी १६ तारिख आइतबारका दिन 경상남도 함안군 가야읍 중걸길 73-3 मा बिहान ८ बजे बाट शुरु हुने   “प्रथम खसी कप २०२५” को आइतबार एक कार्यक्रम गरी गोलाप्रथाबाट टाइसिट निकालिएको हो। १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिमले ३५-४० किलोको खसी प्राप्त गर्नेछन् भने र द्वितीय र तृतीय हुने टिमले क्रमश ३ लाख वन र १लाख ५० हजार वोन प्राप्त गर्नेछन् भने हाइ गोल् स्कोररले ५० हजार कोरियन वन प्राप्त गर्ने कार्यक्रम संयोजक विक्रम जबेगू ले विशाल आवाजलाई जानकारी दिनुभएको  छ।  ख्याङसाङनाम्दोको हामानमा मा आयोजना हुने प्रतियोगितामा न्यु लिटल नेपाली इन्डियन रेष्टुरे...