Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘ख्यङसाङ’ शाखा स्थापना, पहिलो अधिवेशन १४ डिसेम्बरमा

कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘ख्यङसाङ’ शाखा स्थापना, पहिलो अधिवेशन १४ डिसेम्बरमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कर्णाली क्षेत्रका नेपालीहरूको बढ्दो उपस्थिति, आवश्यकता र मागलाई प्राथमिकतामा राख्दै कर्णाली प्रदेश समाज दक्षिण कोरियाले संस्थागत विस्तारको महत्वपूर्ण तथा ऐतिहासिक कदम चालेको छ। Gyeongsangbuk-do (경상북도), बुसान (부산), उल्सान (울산), थेगु (대구) तथा Gyeongsangnam-do (경상남도) क्षेत्रलाई समेट्दै समाजले ‘경상–कर्णाली प्रदेश समाज दक्षिण कोरिया (ख्यङसाङ) शाखा’ स्थापना गर्न लागेको हो। यसै उद्देश्यसहित समाजले शाखाको पहिलो अधिवेशन भव्य रूपमा गर्न तयारी पूरा गरेको जनाएको छ। समाजका अनुसार, नयाँ शाखा स्थापनाले दक्षिण कोरियाभर छरिएका कर्णालीबासीबीच आपसी एकता, सहयोग, पहिचान र संस्थागत पहुँचलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। यस ऐतिहासिक अधिवेशनमा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ। कार्यक्रम विवरण • मिति: २०२५ ...
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले डिसेम्बर १४ मा सुवनमा भेटघाट कार्यक्रम गर्दै

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले डिसेम्बर १४ मा सुवनमा भेटघाट कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले यही डिसेम्बर १४ (आइतबार) का दिन सुवन स्थित Seorak Everest – 설악 에베레스트 सभाहलमा भेटघाट कार्यक्रम गर्ने भएको छ।  “कोरियामा रहेका काभ्रेली एक हौं, प्रवासी भूमिको सुख–दुःखमा सहयात्री बनौं” भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले निरन्तर रूपमा काभ्रेली तथा कोरियामा रहेका नेपाली समुदायका लागि विभिन्न सामाजिक तथा आपतकालीन सहयोग कार्यक्रम संचालन गर्दै आएको छ। समितिले कोरियामा बसोबास गर्ने सबै काभ्रेली दाजुभाइ तथा दिदीबहिनीहरू साथै शुभचिन्तकहरूलाई भेटघाट कार्यक्रमका लागि हार्दिक निमन्त्रणा जनाएको छ। सामुदायिक एकता, आपसी परिचय, सहयोग र संस्थागत गतिविधिबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम निम्न स्थान, मिति र समयमा सम्पन्न हुनेछ। तपशील 📅 मिति: २०२...
𝐆𝐞𝐧𝐳 लिडर भन्दै अग्रपन्तिमा देखिएका पुर्णबहादुर बुढा उर्फ ‘अजय सोडारी’ को पृष्ठभूमि : विवाद, दल–परिवर्तन र अहिलेको ‘GenZ’ छवि

𝐆𝐞𝐧𝐳 लिडर भन्दै अग्रपन्तिमा देखिएका पुर्णबहादुर बुढा उर्फ ‘अजय सोडारी’ को पृष्ठभूमि : विवाद, दल–परिवर्तन र अहिलेको ‘GenZ’ छवि

Breaking News, जानकारी, भर्खरै, समाचार
हालै नेपालमा चलिरहेको GenZ आन्दोलनका विभिन्न गतिविधिमा आफूलाई अग्रपंक्तिका अभियन्ता जस्तो प्रस्तुत गरिरहेका पुर्णबहादुर बुढा, जो अजय सोडारी नामले पनि परिचित छन्, विगतमा निकै विवादमा उत्रिएका पात्र मानिन्छन्। वास्तवमा यो आन्दोलन सुरू हुँदा कोरियाकै डिटेन्सन सेन्टरमा (होल्डिंग सेन्टर) बन्द रहेका थिए सोडारी। यस कारण Gen Z आन्दोलनसँग उनको कुनै भूमिका, योगदान वा सम्बन्ध छैन भन्ने कुरा झन् स्पष्ट बन्दै गएको छ। आफु e9 भिषामा रहदा कानुन बिपरित काम गरि३ बर्षपछि भिषा थप्ने बेला नमिलेपछि उनि केहि समय G-1 (शरणार्थी) भिसामा बसोवास गर्दै आएका थिए।उनलाई केही दिनअघि मात्र G-1 (शरणार्थी) भिसामा बसेर पछि गैर कानुनि रुपमा बसोबास गर्दा इमिग्रेसनले कम्पनिमा छापा मार्दा समातिएर कोरिया सरकारले डिपोर्ट गरेको हो। 𝐆𝐞𝐧𝐳 आन्दोलनको चरम गतिविधि भइरहेको बेला उनी कोरियाको Detention Center (होल्डिंग सेन्टर) मा थुनिएका ...
कोरिया ह्वासोङ–मादोमा कार्यरत मोरङ घर भएका तामाङ युवकले गरे आत्महत्या

कोरिया ह्वासोङ–मादोमा कार्यरत मोरङ घर भएका तामाङ युवकले गरे आत्महत्या

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको ह्वासोङ–मादो क्षेत्रमा कार्यरत, स्थायी घर मोरङ भएका तामाङ थरका एक नेपाली युवकले आत्महत्या गरेको दुःखद घटना बाहिरिएको छ। घटना आज २०२५ डिसेम्बर ९ दिउँसो करिब १ बजे ह्वासोङ–सी मादो–म्योन् दुपूरि २३७ स्थित मोजिदो (모지더) नजिकको जंगल क्षेत्रमा भएको हो। साना रूखका हाँगामा स्कार्फ झुण्ड्याइएको अवस्थामा युवकलाई एक स्थानीय नागरिकले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै अपराध अनुसन्धान टोली, वैज्ञानिक प्रमाण पहिचान टोली तथा सम्बन्धित अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीले स्थल परीक्षण, फरेन्सिक जाँच र प्रारम्भिक प्रमाण संकलनका साथै युवक कार्यरत कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई बयानका लागि बोलाएर अनुसन्धान अघि बढाएको छ। मोरङ घर भई ह्वासोङ–मादोमा रोजगारीमा रहेका उक्त युवकले यस्तो कठोर निर्णय किन लिनुपर्‍यो भन्ने विषयमा अझै स्पष्टता आइसकेको छैन। प्रहरीले घटनाब...
सनातन साहित्य, संगीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाको नवौं अधिवेशन जनवरी ११ मा आयोजना हुने

सनातन साहित्य, संगीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाको नवौं अधिवेशन जनवरी ११ मा आयोजना हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
सनातन साहित्य, सङ्गीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाले आफ्नो नवौं अधिवेशन आगामी जनवरी ११ (पुस २७) का दिन आयोजना गर्ने भएको छ। अधिवेशनलाई नेपालका प्रथम राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा पृथ्वी जयन्तीको अवसरमा विशेष कार्यक्रमका रूपमा मनाइनेछ। संस्थाका अध्यक्ष श्याम अर्यालका अनुसार अधिवेशनमार्फत संस्थाको विगतका गतिविधिको समिक्षा, भावी कार्ययोजनाको निर्धारण तथा नयाँ नेतृत्व चयन गरिनेछ। अध्यक्ष अर्यालले ‘पाँच स’ ले नेपाली सनातन धर्म, साहित्य, संगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित दक्षिण कोरियामा सतत रूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो। नेपालको मौलिक धर्म–संस्कृतिलाई विदेशी भूमिमा पनि जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको अध्यक्ष अर्यालको भनाइ छ। सोही उद्देश्यअनुसार ‘पाँच स’ दक्षिण कोरियाको आन्सान...
बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा

बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा बाग्लुङ समाज दक्षिण कोरियाले आगामी जनवरी ११ तारिख, आइतबार आफ्नो वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापित यस समाजले हरेक वर्षझैँ यस वर्ष पनि भव्य कार्यक्रम गर्ने तयारी गरेको हो। कार्यक्रमको स्थान भने चाँडै अर्को सूचनामार्फत सार्वजनिक गरिने महासचिव सोभाकर शर्माले जानकारी दिनुभएको छ। सोही दिन २०२५ सिजनको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान समेत गरिने समाजले जनाएको छ। दक्षिण कोरियामा रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा रहेका बाग्लुङवासीहरूको आपसी सहयोग, सामाजिक सेवा र संकट व्यवस्थापनका उद्देश्...
धनगढी उपमहानगरका प्रमुख टोलीलाई बिपिन  कुमार गुरुङको NRNA दक्षिण कोरियाद्वारा स्वागत, द्विपक्षीय विकास–सहयोगबारे गहन छलफल

धनगढी उपमहानगरका प्रमुख टोलीलाई बिपिन कुमार गुरुङको NRNA दक्षिण कोरियाद्वारा स्वागत, द्विपक्षीय विकास–सहयोगबारे गहन छलफल

Breaking News, जानकारी, भर्खरै, समाचार
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल र उपप्रमुख कन्दकला कुमारी राना सहितको प्रतिनिधि टोलीलाई बिपिन कुमार गुरुङको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरियाले विशेष स्वागत गरेको छ। स्वागत कार्यक्रमसँगै नेपाल–दक्षिण कोरिया बीचको विकास, प्रभावकारी सहकार्य र दीर्घकालीन महत्वका परियोजनाबारे विस्तृत छलफल गरिएको जानकारी दिइएको छ। एनआरएएनए दक्षिण कोरियाले कोरियामा बसोबास गर्ने नेपाली श्रमिक, विद्यार्थी तथा विभिन्न वर्गले भोग्दै आएका समस्या, गुनासा र आवश्यकता बारे उपमहानगर प्रतिनिधि टोलीसँग खुला संवाद गरेको छ। साथै, कोरियामा रहेका नेपालीहरूले नेपालमा कसरी सुरक्षित तथा दिगो लगानी गर्न सकिन्छ, नेपालमै रोजगारी सिर्जना गर्ने रणनीति कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि सुझाव र आग्रह राखिएको अध्यक्ष बिपिन कुमार गुरुङले बताए। उक्त छलफलले नेपाल र दक्षिण कोरिया बीच...
कोरियाको गिम्हे/बुसानमा डिसेम्बर १४ मा नेपाली ब्लकबस्टर ‘परान’ प्रदर्शन हुँदै

कोरियाको गिम्हे/बुसानमा डिसेम्बर १४ मा नेपाली ब्लकबस्टर ‘परान’ प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सर्वाधिक कमाइ गर्दै २०८२ सालको मेगा–हिट नेपाली फिल्म ‘परान’ कोरियामा पनि धमाकेदार रूपमा प्रदर्शन हुने भएको छ। स्याङ्जा समाज दक्षिण कोरिया (किम्हे/बुसान शाखा) को आयोजनामा डिसेम्बर १४, आइतबार विशेष शो हुने भएको छ। फिल्म दिउँसो १:०० बजे खाया विश्वविद्यालय (가야대학교 김해 12동) मा प्रदर्शन हुने सस्थाको अध्यक्ष रमेश काफ्लेले बताएका छन। कार्यक्रम आपतकालीन राहत कोष सहयोगार्थ आयोजना गरिएको भएकाले, मनोरञ्जनसँगै सामाजिक उद्देश्य जोडिएको छ। आयोजकहरूले सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेका छन्।...
एनआरएनए र SONSIKद्वारा कानुनी, भिसा र श्रम समस्या–समाधानका लागि डिसेम्बर ७ मा ‘वृहत अन्तरक्रिया कार्यक्रम’ हुने

एनआरएनए र SONSIKद्वारा कानुनी, भिसा र श्रम समस्या–समाधानका लागि डिसेम्बर ७ मा ‘वृहत अन्तरक्रिया कार्यक्रम’ हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्–दक्षिण कोरिया तथा नेपाली विद्यार्थी समाज (SONSIK) दक्षिण कोरियाले संयुक्त रूपमा एक ‘वृहत अन्तरक्रिया कार्यक्रम’ आयोजना गर्ने भएको छ। आगामी डिसेम्बर ७, २०२५ (आइतबार) दिउँसो १२:०० बजेबाट सुरु हुने उक्त कार्यक्रम 서울특별시 종로구 창신길 51, 5층 (창신동) मा आयोजना हुनेछ।कार्यक्रममा प्राध्यापक, श्रमिक प्रतिनिधि, विद्यार्थी तथा विभिन्न पेशागत क्षेत्रका सरोकारवाला व्यक्तिहरूको सहभागिता रहनेछ। कोरियामा रहेका नेपालीहरूले कार्यस्थल भित्र–बाहिर सामना गर्दै आएका कानुनी, श्रम, भिसा, रोजगार अधिकार तथा जिम्मेवारीसम्बन्धी जटिलताहरूबारे खुलाप्रत चर्चा गरिने आयोजकले जनाएको छ। कार्यक्रममा कानुनी व्यवसायी, सम्बन्धित विशेषज्ञ र सरोकारवालाहरू उपस्थित हुने भएकाले, जो–कोही नेपालीले आफू...
टोकियो 2025 डेफलिम्पिक्समा जमानसिंह गुरुङको प्रशिक्षणमा रहेका २ कोरियाली खेलाडीले जिते दुई ब्रोन्ज

टोकियो 2025 डेफलिम्पिक्समा जमानसिंह गुरुङको प्रशिक्षणमा रहेका २ कोरियाली खेलाडीले जिते दुई ब्रोन्ज

जानकारी, भर्खरै, समाचार
टोकियो 2025 डेफलिम्पिक्स कराते प्रतिस्पर्धामा कोरियाका दुई खेलाडीले २ वटा कांस्य पदक जित्दै उत्कृष्ट सफलता हासिल गरेका छन्। यी दुवै खेलाडीलाई लामो समयदेखि प्रशिक्षण दिंदै आएका नेपाली कराते खेलाडी तथा प्रशिक्षक जमानसिंह गुरुङ ले आफ्नो शिष्यहरूले पदक हात पार्दा अत्यधिक खुशी व्यक्त गरेका छन्। गुरुङका अनुसार, खेलाडीहरूलाई प्रारम्भिक तयारीदेखि लिएर फाइनलसम्म लगिएको मेहनत, अनुशासन र निरन्तर प्रशिक्षणको प्रतिफल आज पदकका रूपमा प्राप्त भएको हो। उनले भने, “आफैले प्रशिक्षण दिएका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशलाई प्रतिनिधित्व गर्दै पदक जितिदिँदा प्रशिक्षकको रूपमा म अत्यन्तै गर्व, खुसी र भावुक भएको छु। यो मेरो मात्र नभई, मेहनत गर्ने खेलाडीहरूको उपलब्धि हो।” जमानसिंह गुरुङले प्रशिक्षित खेलाडीहरूले टोकियोको महत्त्वपूर्ण मञ्चमा देखाएको आत्मविश्वास, प्रतिबद्धता र प्रदर्शनले करातेमार्फत ...