दक्षिण कोरियामा कर्णाली क्षेत्रका नेपालीहरूको बढ्दो उपस्थिति, आवश्यकता र मागलाई प्राथमिकतामा राख्दै कर्णाली प्रदेश समाज दक्षिण कोरियाले संस्थागत विस्तारको महत्वपूर्ण तथा ऐतिहासिक कदम चालेको छ।
Gyeongsangbuk-do (경상북도), बुसान (부산), उल्सान (울산), थेगु (대구) तथा Gyeongsangnam-do (경상남도) क्षेत्रलाई समेट्दै समाजले ‘경상–कर्णाली प्रदेश समाज दक्षिण कोरिया (ख्यङसाङ) शाखा’ स्थापना गर्न लागेको हो। यसै उद्देश्यसहित समाजले शाखाको पहिलो अधिवेशन भव्य रूपमा गर्न तयारी पूरा गरेको जनाएको छ।
समाजका अनुसार, नयाँ शाखा स्थापनाले दक्षिण कोरियाभर छरिएका कर्णालीबासीबीच आपसी एकता, सहयोग, पहिचान र संस्थागत पहुँचलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।
यस ऐतिहासिक अधिवेशनमा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रम विवरण
• मिति: २०२५ डिसेम्बर १४, आइतबार
• समय: बिहान ११:०० बजे
• स्थान: न्यू लिटिल इन्डिया रेष्टुरेन्ट सभाहल, किम्हे
(경상남도 김해시 가락로 95, 2층 – 성상동)











