दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले यही डिसेम्बर १४ (आइतबार) का दिन सुवन स्थित Seorak Everest – 설악 에베레스트 सभाहलमा भेटघाट कार्यक्रम गर्ने भएको छ।
“कोरियामा रहेका काभ्रेली एक हौं, प्रवासी भूमिको सुख–दुःखमा सहयात्री बनौं” भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले निरन्तर रूपमा काभ्रेली तथा कोरियामा रहेका नेपाली समुदायका लागि विभिन्न सामाजिक तथा आपतकालीन सहयोग कार्यक्रम संचालन गर्दै आएको छ।
समितिले कोरियामा बसोबास गर्ने सबै काभ्रेली दाजुभाइ तथा दिदीबहिनीहरू साथै शुभचिन्तकहरूलाई भेटघाट कार्यक्रमका लागि हार्दिक निमन्त्रणा जनाएको छ। सामुदायिक एकता, आपसी परिचय, सहयोग र संस्थागत गतिविधिबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम निम्न स्थान, मिति र समयमा सम्पन्न हुनेछ।
तपशील
📅 मिति: २०२५ डिसेम्बर १४ (आइतबार)
⏰ समय: बिहान ११:३० बजे
📍 स्थान: Seorak Everest – 설악 에베레스트 सभाहल
(सुवन मेट्रो स्टेशन, गेट नम्बर १३)
경기도 수원시 팔달구 덕영대로 899, 세진브론즈빌
सम्पर्क व्यक्ति:
– सुष्मा थापा (अध्यक्ष): 010-3008-0766
– सुमन चौलागाईं (नि. अध्यक्ष): 010-7342-9458
– हिमाल स्याङ्ताङ (वरिष्ठ उपाध्यक्ष): 010-8224-1764
समितिले कार्यक्रमलाई सफल र अर्थपूर्ण बनाउन सबैलाई समय मिलाएर अनिवार्य उपस्थितिका लागि अपील गरेको छ।











