EPS आन्दोलनरत पक्षलाई HRD Korea प्रमुखको स्पष्ट पत्र “ रोस्टरमा नाम हुँदा मात्र रोजगारी १००% ग्यारेन्टी हुँदैन”
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत ‘जब रोस्टर’ मा रहेका तथा हाल आन्दोलनमा सहभागी कामदारहरूलाई लक्षित गर्दै EPS सेन्टर (HRD Korea) प्रमुखले आधिकारिक पत्र सार्वजनिक गरेका छन्। पत्रमार्फत EPS सेन्टरको धारणा स्पष्ट पार्दै आन्दोलनरत पक्षका माग र फैलाइएका हल्लाहरूप्रति प्रष्टिकरण दिइएको छ।
पत्रमा उल्लेख गरिएअनुसार हाल ‘पोइन्ट सिस्टम’ परीक्षा सञ्चालन भइरहेकाले परीक्षा केन्द्र प्रमुख कार्यस्थल छोड्न नसक्ने अवस्था रहेको र त्यस कारण बैठकमा प्रत्यक्ष उपस्थित हुन नसकिएकोमा खेद व्यक्त गरिएको छ। यद्यपि लिखित रूपमा भए पनि EPS सेन्टरको आधिकारिक धारणा सार्वजनिक गरिएको बताइएको छ।
EPS सेन्टरले आन्दोलनरत पक्षले उठाएको “कोरियामा शतप्रतिशत रोजगारीको ग्यारेन्टी गरिन...
१८ माघ २०८२, शनिबार ०७:३११८ माघ २०८२, शनिबार ०७:३११८ माघ २०८२, शनिबार ०७:३१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको जेजु सिटीमा रहेको दुई तले अस्थायी गोदाम भवनमा आगलागी हुँदा दोस्रो तलामा बसोबास गर्दै आएकी २० वर्षीया महिलाको मृत्यु भएको छ।
जेजु अग्नि तथा विपद् व्यवस्थापन मुख्यालयका अनुसार जनवरी ३० दिउँसो करिब २:१२ बजे जेजु सिटीको दो–र्योनदोंग क्षेत्रमा रहेको गोडाममा आगलागी भएको सूचना प्राप्त भएको थियो। आगो लागेसँगै कालो धुवाँ तीव्र रूपमा फैलिँदा 119 आपतकालीन सेवामा २६ वटा फोन आएको जनाइएको छ।
दमकल विभागले भारी उपकरण र ‘हनल्लामे’ नामक हेलिकप्टरसहित ठूलो संख्यामा दमकलकर्मी परिचालन गरी आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। करिब साढे तीन घण्टाको कठिन प्रयासपछि साँझ ५:५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
घटनास्थलको दोस्रो तलाबाट ती महिलालाई मृत अवस्थामा फेला पारिएको थियो। स्यान्डविच प्यानलबाट निर्माण गरिएको उक्त भवनको पहिलो तला सुन्तला भण्डारण गोदामका रूपमा प्रयोग हुँदै आएक...
१७ माघ २०८२, शुक्रबार २२:४८१७ माघ २०८२, शुक्रबार २२:४८१७ माघ २०८२, शुक्रबार २२:४८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा 제헌절 (संविधान दिवस, जुलाई १७) १८ वर्षपछि पुनः सार्वजनिक बिदाका रूपमा फर्किएको छ। कोरियाली राष्ट्रिय सभाले २९ तारिख बसेको पूर्ण बैठकमा 제헌절लाई फेरि सार्वजनिक बिदा घोषणा गर्ने व्यवस्था सहितको ‘सार्वजनिक बिदा सम्बन्धी कानुन’ संशोधन विधेयक भारी बहुमतले पारित गरेको हो।
मतदानमा सहभागी २०३ सांसदमध्ये १९८ जनाले समर्थन, २ जनाले विरोध र ३ जनाले मत नदिँदा विधेयक पारित भएको हो। पारित कानुन राजपत्रमा प्रकाशित भएको तीन महिनापछि लागू हुने व्यवस्था रहेकाले यसै वर्षको 제헌절देखि नै लागू हुने भएको छ। यस वर्ष जुलाई १७ शुक्रबार परेको छ।
제헌절 सन् १९४८ मा कोरियाको संविधान सार्वजनिक गरिएको ऐतिहासिक दिनको सम्झनामा मनाइने राष्ट्रिय दिवस हो। यसअघि लामो समयसम्म सार्वजनिक बिदाका रूपमा मनाइँदै आए पनि सन् २००५ मा सार्वजनिक बिदा सम्बन्धी नियम संशोधन भएपछि २००८ सालदेखि बिदाको सूचीबाट हटाइएको थियो।
제헌절ल...
१७ माघ २०८२, शुक्रबार ०१:५०१७ माघ २०८२, शुक्रबार ०१:५०१७ माघ २०८२, शुक्रबार ०१:५० by विशाल श्रेष्ठNo Comments
सुदूरपश्चिम समाज दक्षिण कोरियामा नेतृत्व चयन र कार्यसमिति गठनलाई लिएर विवाद झनै चर्किँदै गएको छ। पछिल्लो समय संस्थाभित्र राजनीतिक लविङ, एकपक्षीय निर्णय र विधान विपरीत गतिविधि भएको आरोपसहित असन्तुष्ट पक्षले दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको घोषणा गरेको छ।
असन्तुष्ट पक्षले सार्वजनिक गरेको विज्ञप्तिमा समाजसेवाको नाममा खोलिएका संस्थाहरूले कुनै राजनीतिक पार्टीको भातृ संगठन बनेर होइन, विशुद्ध समाजसेवामा केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ। विगतदेखि नै संस्थाभित्र देखिँदै आएका कुटनीति, वादविवाद र एकपक्षीय निर्णयको विरोध गर्दै सहमतिमै छलफल भइरहेको अवस्थामा समानान्तर रूपमा बाहिर निकालिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।
यसै सन्दर्भमा असन्तुष्ट पक्षले आधिकारिक सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ कार्यसमिति गठन भएको जानकारी गराउँदै, समानान्तर रूपमा अलगिएका दाजुभा...
१७ माघ २०८२, शुक्रबार ००:४०१७ माघ २०८२, शुक्रबार ००:४०१७ माघ २०८२, शुक्रबार ००:४० by विशाल श्रेष्ठNo Comments
पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरूका लागि सस्तो, भरपर्दो तथा पैसा पठाएको दुई मिनेटमै नेपालस्थित खातामा रकम पुग्ने रेमिट्यान्स सेवाको रूपमा प्रख्यात, सबैको लोकप्रिय र विश्वासिलो SentBe रेमिट्यान्सले फेब्रुअरी र मार्च महिनालाई लक्षित गर्दै आकर्षक बम्पर अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत फेब्रुअरी १ देखि मार्च ३१, २०२६ को अवधिमा SentBe मार्फत नेपालमा १ लाख रुपैयाँ (KRW 1,000,000) वा सोभन्दा बढी रकम पठाउने सेवाग्राहीहरूमध्ये २ जना भाग्यशाली विजेताले नि:शुल्क २-वे Korean एअर प्लेन टिकट जित्ने अवसर पाउनेछन्। छुट्टै आवेदन वा प्रक्रिया पूरा गर्नुपर्ने झन्झट नरहेको र तोकिएको रकम पठाउने सबै प्रयोगकर्ता स्वतः प्रमोशनमा सहभागी हुने SentBe ले जनाएको छ।
SentBe Nepal को आधिकारिक Facebook पेजमार्फत पहिलो विजेताको घोषणा मार्च ३, २०२६ साँझ ८:०० बजे र दोस्रो विजेताको घोषणा अप्रिल ३, २०२६ साँझ ८:०...
१६ माघ २०८२, बिहीबार १२:०११६ माघ २०८२, बिहीबार १२:०११६ माघ २०८२, बिहीबार १२:०१ by विशाल श्रेष्ठNo Comments
पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्थाहरू लगातार विवादमा तानिँदै आएका छन्। एनआरएनए कोरिया, पत्रकार महासंघ र भलिबल संघपछि अब सुदूरपश्चिम समाज दक्षिण कोरिया पनि गम्भीर विवादको केन्द्रमा पुगेको छ।
जनवरी १८ तारिख सियोलमा सम्पन्न अधिवेशनपछि करिब दुई हप्ता ढिलो गरी सार्वजनिक गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमितिलाई लिएर व्यापक असन्तुष्टि र आरोप–प्रत्यारोप सुरु भएका छन्। १८औँ कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति गठनका लागि अधिवेशन आह्वान गरिएको भए पनि उम्मेदवारहरूबीच सहमति नजुट्दा अधिवेशनकै दिन कुनै निर्णय हुन सकेको थिएन । अधिवेशनपछि विवाद थप चुलिँदै जाँदा समाजको आर्थिक कारोबारसम्बन्धी विषय पनि छलफलमा आएको थियो। जनसम्पर्क समितिको सभापति तथा नेपाली सम्पर्क समिति कोरियाको अध्यक्ष बन्ने तयारीमा रहेका व्यक्तिहरूको लविङका लागि चोर बाटो प्रयोग गर्दै विधानविपर...
१६ माघ २०८२, बिहीबार ०९:५११६ माघ २०८२, बिहीबार ०९:५११६ माघ २०८२, बिहीबार ०९:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा E7-4R भिसामा काम गरिरहेकाहरुका लागि परिवार बोलाउने प्रक्रियामा नयाँ व्यवस्था लागू भएको छ। अब परिवार बोलाउँदा सिधै F-3 भिसा होइन, नेपालस्थित कोरियन दूतावासबाट C-3 भिसा
मा अप्लाई गर्नुपर्नेछ।
नयाँ नियमअनुसार परिवारले ९० दिनभित्रको दोहोरो हवाई टिकट लिएर मात्र भिसा आवेदन गर्न पाउनेछन्। कोरिया प्रवेश गरेपछि भने सोही C-3 भिसालाई F-3 (Family Visa) मा परिवर्तन गर्न मिल्ने व्यवस्था गरिएको छ, जसले परिवार बसाइलाई कानुनी रूपमा सहज बनाउनेछ।
त्यसैगरी, नेपालबाट आउँदा Family Relationship Certificate र Marriage Certificate अनिवार्य रूपमा कोरियन एम्बेस्सीबाट verify (प्रमाणित) गरेर ल्याउनुपर्नेछ। कागजात अपूरो वा प्रमाणीकरण नगरिएको अवस्थामा भिसा प्रक्रिया रोकिन सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरिएको छ।
E-7-4-R भिसा भएका सबै नेपालीले यो नयाँ नियमलाई ध्यानमा राख्दै समयमै कागजात तयार...
१६ माघ २०८२, बिहीबार ०६:४३१६ माघ २०८२, बिहीबार ०६:४३१६ माघ २०८२, बिहीबार ०६:४३ by विशाल श्रेष्ठNo Comments
लगभग दुई हप्ता पहिले, जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशनपछि नयाँ कार्यसमिति अहिले मात्र चयन् भएर सार्वजनिक गरिएको छ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशन जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भए पनि त्यसको करिब दुई हप्ता पछि मात्र नयाँ कार्यसमिति चयन तथा घोषणा गरिएको हो। निर्वाचन समितिले बुझाएको प्रतिवेदन, संस्थाको विधान र संरक्षक समितिसँगको छलफलपछि ओम साउदको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ।
निर्वाचन समितिबाट प्राप्त प्रतिवेदनहरूको अध्ययन गर्दै संस्थाको आवश्यकता, निरन्तरता र योगदानलाई आधार मानेर निर्णय नं. ३ अनुसार १९औँ कार्यसमिति गठन गरिएको सस्थाका प्रमुख सरक्षक डा.अग्निराज कोइरालाको हस्ताक्षर भएको बिज्ञप्तिमा जनाइएको छ।यसअघि सम्पन्न अधिवेशनमा विभिन्न पदमा एकभन्दा बढी उम...