Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा, पुलिस केस गर्दा समेत भएन कुनै सुनुवाई।

सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा, पुलिस केस गर्दा समेत भएन कुनै सुनुवाई।

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ।  फेसबुक,टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विभिन्न प्लेटफर्महरूबाट दिनानुदिन व्यक्तिहरू ठगिरहेको घटना हामीले सुन्दै,देख्दै आइरहेकै छौं। सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाइ  मान्छेहरू ठग्ने काम बढ्दै आइरहेको छ। पछिल्लो समय यस्तै ठगिमा परेका छन् हाल दक्षिण कोरियामा कार्यरत एक नेपाली युवा।  रामेछाप जिल्ला सुनापति गाउपालिका घर भइ हाल रोजगारिको शिलशिलामा २ दुई वर्षदेखि छुङ्छङ बोक्दो दक्षिण कोरियामा कार्यरत राज दोङ तामाङ(नाम परिवर्तन) केहि महिना अगाडि  elizabeth_ donald1 नामक इनस्ट्राग्राम आइडिबाट क्रिप्टो करेन्सीमा जति पैसा ट्रेडिङ र इन्भेस्ट गर्न सक्यो त्यति नै नाफा कमाउन सक्ने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाई पैसा फिर्ता माग्ने...
शान्ति श्री परियार र विष्णु पाण्डेको स्वरमा “माया फाप्दैन ”

शान्ति श्री परियार र विष्णु पाण्डेको स्वरमा “माया फाप्दैन ”

Breaking News, जानकारी, भर्खरै
नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरू आउनेक्रम बढे सँगै कलाकारहरूले नयाँ नयाँ गीतहरू सार्वजनिक गरिरहेका छन्। सोही क्रममा नयाँ "माया फाप्दैन ” बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शान्ति श्री परियार र विष्णु पाण्डेको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको लय /शब्द रहेको छ र बिस्वास नेपालको एरेन्ज रहेको छ । लोकप्रिय निर्देशक विशाल घिमिरेको निर्देशन नवराज उप्रेती को छायाङ्कन नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रमेर र चर्चित मोडलको निहारिका थापा लगायतको अभिनय रहेको छ । यस गीतलाई रमेश परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://youtu.be/5apM63XOcXs  ...
एनसिसीले प्रदेशसँगको विवादलाई टुङ्गो लगाउँदै नोभेम्बर १७ मा सलनालको कार्यक्रम सहजिकरण गर्ने

एनसिसीले प्रदेशसँगको विवादलाई टुङ्गो लगाउँदै नोभेम्बर १७ मा सलनालको कार्यक्रम सहजिकरण गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले  प्रदेश संस्थाहरूबीचको विवादलाई टुङ्गो लगाउँदै  सलनालको अवसरमा  हुने कार्यक्रम हरुको सहजीकरण नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा गर्ने भएको छ। गत शनिबार का दिन दोङ्देमुनको नाना रेस्टुरेन्टमा एनसिसिका अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा एनसिसीका प्रतिनिधी सहित र सुदूरपश्चिम, पूर्वी नेपाल, कर्णाली,गण्डकी, बागमती,लुम्बिनी ६ वटै  प्रदेश समाजका अध्यक्ष सहित भौतिक बैठक(बागमती प्रदेश एकता समाजका अध्यक्ष बीपी पौडेल मेसेन्जर अनलाईन माध्यमबाट जोडिनुभएको)  बसी नया अबधारणा र सहमति पत्र सहित निर्णय गरिएको हो। यस अघिनै अप्रिल १ तारिखका दिन एनसीसी, प्रदेश र आदिवासी जनजाति महासङ्घ बीच जुम भर्चुअल माध्यम वाट बसेको बैठक द्वारा नै आदिवासी जनजाति महासंघका अध्यक्ष बिसन राईले सलनाल तथा छुसकका  ठूला दिवा सांस्कृतिक कार्यक्रममा समन्वय गरिने भनि सहम...
पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!

पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाजद्वारा दोङ्देमुनमा एक कार्यक्रम गरि २०२५ को सलनालको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रमहरू को बाँडफाँड गरेको छ। आइतबारका दिन दोङ्गेमुनस्थित पूर्वी नेपाल समाजको सभाहलमा पूर्वी नेपाल समाज दक्षिण कोरियामा आबद्ध जातीय तथा जिल्लाका संस्थाका अध्यक्ष तथा प्रतिनिधि, संस्थाका संरक्षक प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू को उपस्थितिमा आयोजित कार्यक्रम बाँडफाँड बाट यही आउँदो सलनालको अवसरमा पूर्वी नेपाल समाज अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले सांगीतिक कार्यक्रम लगायत डान्स पार्टी गर्ने अनुमति पाएको छ। पूर्वी नेपाल समाजका कार्यवाहक अध्यक्ष चित्र घलेको अध्यक्षतामा आयोजित कार्यक्रम बाँडफाँटबाट खोटाङ सेवा समाजले साङ्गीतिक कार्यक्रम गर्ने अनुमति पाउनुका साथै भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाज ले डान्स पार्टी आयोजना गर्ने अनुमति प...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ मा वार्षिक साधारण सभा गर्दै

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ मा वार्षिक साधारण सभा गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले यही आउँदो नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा वार्षिक साधारण सभा गर्ने भएको छ। "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन‌ स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेभएको हो। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसका साथसाथै संस्थाले‌ कोरियामा तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो पहिचान र अस्तित्वको लागि एक हुँदै आइरहेको छ। नोभेम्बर १७ तारिख आइतबारका दिन आय...
प्रथम MCC CUP 2024 सम्पन्न,मोक्पो क्रिकेट क्लब ट्रफी चुम्न सफल

प्रथम MCC CUP 2024 सम्पन्न,मोक्पो क्रिकेट क्लब ट्रफी चुम्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा आइतबारका दिन छल्लानाम्दोमा आयोजित प्रथम MCC CUP 2024 सम्पन्न भएको छ। “सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” भन्ने मूल नाराका साथ स्थापित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा 전라남도 영암군 삼호읍 소등공원2길 4(영암소팡서 옆쪽) मा सम्पन्न भएको प्रथम MCC CUP 2024 को ट्रफी आयोजक मोक्पो क्रिकेट क्लबले नै चुम्न सफल भएको छ। टस हारेर ब्याटिङ पाएको मोक्पो सि सि ले निर्धारित १० ओभर मा ८ विकेट गुमाउदै साम्हो सिसि लाइ ११७ रनको टार्गेट दिएको थियो। टस जितेको साम्हो सि सि ले आफ्नो निर्धारित १० ओबर मा ११७ रन लाइ पछाउदै १०८ रन लिएर आउदा ८ रनले पराजित भइ मोक्पो सि सि ले ट्रफी चुम्न सफल भएको हो। प्रतियोगितामा विजेता भएसँगै मोक्पो सि सि ले १५ लाख कोरियन वन सहित ट्रफी मेडल र प्र...
काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाबाट फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न अब ५ दिन साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफर मार्फत ग्लोबल अफर अन्तर्गत ईसेवा वालेटमा रु.५००० वा सो भन्दा माथि पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ । यो योजना कार्तिक ३० गते अर्थात नोभेम्बर १५ सम्म मात्र रहेको छ । दक्षिण कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन मात्र बाकी रहेकामा यसको चर्चा परिचर्चा कोरियामा समेत निकै बढेको छ । यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत १५ जनाको पैसा डबल समेत भईसको छ । जसमा १५ औ साताको बिजेता हरि प्रसाद भट्टराई रहेका छन । यस अघि अन्य १४ जना बिजेता समेत कम्पनीले घोषणा गरिसकेको छ ।...
E7 भिषामा कोरिया पठाउन निजि क्षेत्रलाई नभई G To G मार्फत पारदर्शी तरिकाले काम गर्न MTU को माग

E7 भिषामा कोरिया पठाउन निजि क्षेत्रलाई नभई G To G मार्फत पारदर्शी तरिकाले काम गर्न MTU को माग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
उदय राई अध्यक्ष प्रवाशी मजदुर युनियन (MTU ) अहिले नेपाल सरकार श्रम मन्त्रालयले E7 भिषा (दक्ष भिषा) मा नेपाली श्रमिक कोरियमा पठाउन पाउनकोलागि कोरियन सरकार (कानुन मन्त्रालय)लाई निजी क्षेत्रबाट (Man Power Agent) पठाउन पाउनकोलागि गर्न लागेको प्रस्ताबले नेपाली श्रमिकले एजेन्टलाई धेरै रकम बुझाउनु पर्ने ,छनोट प्रक्रिया पारदर्शी नहुने ठगिन सक्ने हुनाले (ठगीई पनि रहेको) बिरोढ गर्दै उक्त प्रस्ताब नगर्न र कोरियन सरकार कानुन मन्त्रालयको E 7 बिभिन्न देशबाट निजि क्षेत्र ( कम्पनी)लाई प्रवासी श्रमिक ल्याउनकोलागि अनुमति दिने कोरियन सरकारको कानुन मन्त्रालयको निर्णयको बिरोध गर्दै इपिएसको जस्तै छनोट प्रर्किया अपनाई (कोरियन भाषा परिक्षा)श्रमिक ल्याउन माग गर्दछौ ।     अहिले कोरियाको विभिन्न कम्पनिले E7 भिषामा दक्ष प्रवासी श्रमिक बिभिन्न देशबाट ल्याई काम लागाई रहेको छ. MTU ले कोरियाको कानुन मन्त्रालयले आफ्नो...
Fonemoney रिफर गर्ने र रजिष्टर गर्ने सबैलाई उपहार

Fonemoney रिफर गर्ने र रजिष्टर गर्ने सबैलाई उपहार

जानकारी, भर्खरै
दक्षिण कोरिया ।फोनमनीले दक्षिण कोरियामा "रिफर एण्ड वीन" अफर सहित "रजिष्टर गर्ने सबैलाई उपहार" योजना सार्वजनिक गरेको छ । । यो अफर अन्तर्गत ३ जनालाई फोनमनी रिफर गरेर रु.१००० जित्न सकिनेछ । आफूले रिफर गरेको ३ जनाले फोनमनी रजिष्टर गर्नासाथ रु १००० ईसेवा वालेटमा जित्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत रजिष्टर गर्ने सबैलाई खाली हात नहुने गरि पुरस्कार दिने बताइएको छ । यो अफर संगै फोनमनीका ग्राहकले पैसा पठाउदा मात्र नभई फोनमनी एप रजिष्टर गर्दा समेत पुरस्कार जित्न सक्ने भएको छ । रजिष्टर गर्ने सबैको हात खाली नहुने गरि रु.१०० ईसेवा वालेटमा नगद उपहार घोषणा गरेको छ । यसबाट अब फोन मनी रजिष्टर गर्ने सबैले उपहार पाउने भएका छन । यसको साथै फोन मनी रेमिटयान्स कम्पनीबाट पैसा पठाउदा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफरहरु जारी नै रहेको छ । जस अन्तर्गत "पैसा ईसेवामा,घर काठमाण्डौमा" भनेर फोनमनी मार...
कोरियाको इपिएस प्रणाली धरापमा पर्दै छ – राजु श्री

कोरियाको इपिएस प्रणाली धरापमा पर्दै छ – राजु श्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राजु श्री /कोरिया  :सबै नेपाली हरुको ध्यान दशै तिहार जस्ता ठुला चाडबाडमा केन्द्रित हुदा बर्तमान सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गरेर ई–७ भिसामा म्यानपावर मार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् । यो ब्यबस्था ल्याए सगै निष्पक्ष रुपमा हुँदै आएको इपिएस प्रणाली लगभग धरापमा पर्ने निश्चित भएको छ । मेहनत गरेर भाषा पास गरेर कोरिया जाने धेरै नेपाली युबा बर्गको सपनामा तुषारापात आउने देखिदै छ । अब केही समय भित्रै भाषा पास गर्ने भन्दा दलाल लाई २०/२५ लाख रुपैया बुझाउन सक्ने हरु छिटो कोरिया भित्रिने सम्भबना बढेर गएको छ । अब कोरियाका ठुला तथा मझौला कम्पनी हरु ले सिधै म्यानपावर मार्फत आफुलाइ आबश्यक परेका नेपाली कामदार लैजान पाउनेछन् । त्यसो हुदा नेपाली युबाहरुले दलाल र बिचौलियाल...