Advertisement
Advertisement

सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा, पुलिस केस गर्दा समेत भएन कुनै सुनुवाई।

Advertisement
Advertisement

विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ।  फेसबुक,टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विभिन्न प्लेटफर्महरूबाट दिनानुदिन व्यक्तिहरू ठगिरहेको घटना हामीले सुन्दै,देख्दै आइरहेकै छौं। सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाइ  मान्छेहरू ठग्ने काम बढ्दै आइरहेको छ। पछिल्लो समय यस्तै ठगिमा परेका छन् हाल दक्षिण कोरियामा कार्यरत एक नेपाली युवा। 

रामेछाप जिल्ला सुनापति गाउपालिका घर भइ हाल रोजगारिको शिलशिलामा २ दुई वर्षदेखि छुङ्छङ बोक्दो दक्षिण कोरियामा कार्यरत राज दोङ तामाङ(नाम परिवर्तन) केहि महिना अगाडि  elizabeth_ donald1 नामक इनस्ट्राग्राम आइडिबाट क्रिप्टो करेन्सीमा जति पैसा ट्रेडिङ र इन्भेस्ट गर्न सक्यो त्यति नै नाफा कमाउन सक्ने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाई पैसा फिर्ता माग्ने बेलामा सम्पर्कविहीन भई लाखौं रकम ठगिन पुगेका छन्। 

elizabeth_ donald1 नामक इनस्ट्राग्राम आइडिबाट पीडितलाई आफुले जति पैसा ट्रेडिङ र इनभेस्ट गर्न सक्यो त्यसको कयौं गुणा नाफा कमाउन सक्ने प्रलोवन देखाई कहिले पङ्कज केजारिवाल, कहिले किरण रिमाल र कहिले श्याम राईको नाममा रहेको बैक खातामा पैसा जम्मा गर्न लगाईएको पाइएको छ।  पछि अब अरु  थप पैसा जम्मा गर्न आफु  सङ्ग पैसा नभएको र आफूले  गरेको ट्रेडिङ र इन्भेस्टको पैसा र नाफा फिर्ता पायो भने मात्रै फेरि ट्रेडिङ र इन्भेस्ट गर्न सक्ने कुरा बताए पछि उक्त युवालाई  इनस्ट्राग्राममा ब्लक गरि सम्पर्क बिहिन भएपछि मात्र आफू लाखौं रकम ठगिइसकेको राजले चाल पाए। 

उक्त इन्स्टाग्राम प्रयोगकर्ता सम्पर्क बिहिन भइ आफू ठगिमा परेको कुरा थाहा पाएपछी  नेपाल प्रहरी प्रधान कार्यालय  साइबर ब्यूरो भोटाहिटिमा अनलाइन मार्फत जानकारी गराएका थिए राजले। साइबर ब्यूरोले मागेको सबै प्रमाणहरु पेस गरि साइबर प्ल्याटफर्म प्रयोग गरी ठगी गर्नेलाइ  ठगी गर्नेलाई पक्राउ गरि कारबाही गरिपाउ भनी मिति २०८० चैत्र १९ गते अनलाइन मार्फत केश दर्ता गरेका थिए। केश दर्ता गरेको ४ महिना बिति सक्दा पनि साइबर ब्यूरोबाट कुनै पनि प्रतिक्रिया नआएपछि  साइबर ब्युरोले भनेबमोजिम नै पुन विद्युतीय माध्यम सम्बद्ध ठगी  भएको विषयमा फेरि मिति २०८१ असार २५ गते सबै प्रमाणहरु आवश्यक स्क्रिनसटहरु,नागरिकताको प्रतिलिपी र राहदानीको प्रतिलिपी र पैसा जम्मा गरेको बैंक खाता र जम्मा गरेको सबै स्टेटमेन्ट हरु उल्लेख गरि साइबर ब्युरोमा  पेश गरेता पनि अहिले सम्म कुनै पनि प्रतिक्रिया र समाधान गर्न नसकेकोमा दुखित भएको राज बताउँछन्।
पक्राउ गरि कारबाही गरिपाउ भनी चैत्र र असारमा दिइएको निवेदन:

बिभिन्न ब्यक्तिको खातामा जम्मा गरिएको रकम विवरण :

पछिल्लो समय साइबर ब्यूरोमा सम्पर्क गर्ने बेलामा कहिले कस्को र कहिले कस्को मोबाइल नम्बर दिने,फोन गर्ने बेलमा ड्युटी अफिसरको नम्बरमा फोन गर्नु भन्ने फेरि ड्युटी अफिसरको नम्बरमा फोन गर्ने बेला‌ आफु आज साथिको सट्टामा ड्युटीमा आको आफुलाइ केहि थाहा छैन भन्ने जस्तो आलटाल जवाफले अब त साइबर ब्युरोबाट आफ्नो केश समाधान हुन्छ भनेर आश पनि मरिसकेको राजले विशाल आवाजलाई बताए।

सामाजिक सञ्जाल को प्रयोग बढेसँगै विभिन्न प्लेटफर्महरूबाट यस्ता ठगीका घटनाहरू पनि दिनानुदिन बढिरहेको हुनाले सामाजिक सञ्जाल प्रयोग गर्दा विभिन्न प्रलोभनमा आफू जसरी नफस्नका लागि राजले सबैलाई अनुरोध समेत गरेका छन्। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×