दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका तीन जना नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरको विमानबाट नेपाल फर्काएको हो।
निष्कासनमा पर्नेमा नेपाली, गुरुङ र योगी थरका रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो।
यसअघि दक्षिण कोरियाले दुई जनालाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरका रहेका थिए। पछिल्लो समय गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्।...
२ बैशाख २०८२, मंगलवार ००:५५२ बैशाख २०८२, मंगलवार ००:५५२ बैशाख २०८२, मंगलवार ००:५५ by विशाल श्रेष्ठNo Comments
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले नयाँ नेपाली वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिममा प्रत्येक नयाँ वर्षको अवसरमा मनाइँदै आएको मौलिक पर्व “विशु पर्व” लाई लक्षित गर्दै समाजले देउडा खेलसहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको हो ।
आइतबार सम्पन्न उक्त कार्यक्रममा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत सुदूरपश्चिमका थुप्रै व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोकप्रिय देउडा गायिका गिता चनाराले कर्णाली र सुदूरपश्चिम क्षेत्रका लोक भाका तथा देउडा गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा समाजका अध्यक्ष महेश भट्टले गायिका चनारालाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कोरियाको राजधानी सउलमा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिम समाजका अध्यक्ष महेश भट्टको सभापतित्व रहेको थिय...
१ बैशाख २०८२, सोमबार १०:२३१ बैशाख २०८२, सोमबार १०:२३१ बैशाख २०८२, सोमबार १०:२३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा रहेका सम्पूर्ण रसुवाली दाजुभाई तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्ने उद्देश्यका साथ दक्षिण कोरियामा पनि आइतबारका दिन रसुवा समाज दक्षिण कोरियाको गठन गरिएको छ।
आइतबारका दिन दक्षिण कोरियाको राजधानी सौलको दोङ्गेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजित रसुवा समाज दक्षिण कोरियाको कार्यसमिति गठन तथा घोषणा कार्यक्रमबाट गोपीप्रसाद न्यौपाने (गौरभ न्यौपाने) को अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। बागमती प्रदेश एकता समाजको अध्यक्ष सरोज केसीको प्रमुख अतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरू लगायत पत्रकारहरूको रहोबरमा सम्पन्न समाजको कार्यसमिति गठन तथा घोषणा कार्यक्रमबाट नयाँ कार्यसमिति गठन गरिएको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा फुर्पु दोर्जे तामाङ, उपाध्यक्षमा नुर्बु थोक्रा, अन्जली तामाङ (अन्जि ता...
३० चैत्र २०८१, आईतवार ०३:३८३० चैत्र २०८१, आईतवार ०३:३८३० चैत्र २०८१, आईतवार ०३:३८ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरियामा स्थापित स्याङ्जा परिवार किम्हे बुसान शाखाद्धारा आफ्नो गृह जिल्लाभित्र विभिन्न भेगका १६ वटा सरकारी तथा सामुदायिकविद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ । गत कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसरमा किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु आमन्त्रण गरी "स्याङ्जा बुसान सांगीतिक धमाका २०२४" आयोजना गरी परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो भन्ने कार्यक्रम नारा अनुसार नै प्राप्त मुनाफा रकमबाट कार्यक्रमको उद्धेश्य अनुरुप योजना कार्यान्वयन गरिएको संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए ।
"परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा स्थानीय कलाकारहरु र नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा सभ्...
२६ चैत्र २०८१, बुधबार ०३:०४२६ चैत्र २०८१, बुधबार ०३:०४२६ चैत्र २०८१, बुधबार ०३:०४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले एक सार्वजनिक कार्यक्रममा आफूमाथि गरिएका अमर्यादित अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
नेपाल सरकारका माननीय राज्यमन्त्री अरुण कुमार चौधरी, एनआरएनएका पूर्व अध्यक्ष शेष घले लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा, महामहिम नेपाली राजदूत र गुरुङलाई लक्षित गर्दै प्रयोग गरिएको तुच्छ र आपत्तिजनक भाषाप्रति सामाजिक संजाल फेसबुक मार्फत गुरुङले गम्भीर असन्तोष व्यक्त गरेका हुन्।
गुरुङले जारी गरेको वक्तव्यमा यस्तो व्यवहारले न केवल व्यक्तिगत गरिमा, तर संस्थागत मर्यादा र सम्पूर्ण प्रवासी नेपाली समाजको सम्मानमाथि पनि आघात पु¥याएको उल्लेख छ। उनले यस्ता गैर-जिम्मेवार अभिव्यक्तिहरूको घोर भर्त्सना गर्दै सम्बन्धित पक्षहरूलाई भविष्यमा यस्ता गतिविधिबाट परहेज गर्न अनुरोध गरेका छन्।
...
२६ चैत्र २०८१, बुधबार ०२:३२२६ चैत्र २०८१, बुधबार ०२:३२२६ चैत्र २०८१, बुधबार ०२:३२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: जय नेपाल दक्षिण कोरिया ले नेपाली नया बर्ष २०८२ को अवसर पारि अप्रिल १२ तारिख शनिबार किम्हे बुसानमा “NEPALI NEW YEAR DANCE PARTY” आयोजना गर्नेभएको छ।
नेपाली नयाँ वर्षको अवसर पारेर कोरियाको देश्रो ठुलो शहर बुसानको 유라이부 김해시 가야로 202 (태평포 시즌건물 1 층 101 호) मा हुने कार्यक्रम स्थलसम्म जानका लागि बसको समेत व्यवस्था गरिएको छ । यही शनिबार अर्थात् अप्रिल १२ तारिख शनिबार साझ ८ बजेदेखी भोली बिहान ४ बजेसम्म स्थानीय कलाकारहरूको साथमा हुने ननस्टप डिजे डान्स पार्टीको प्रवेश शुल्क २० हजार ओन तोकिएको छ।
कार्यक्रममा कोरियामा रहेका नेपाली डिजे RX को साथमा र्यापर GEN-Z र र्यापर तथा डान्सर दिया खड्काको धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
साथै यसपालिको नेपाली नयाँ वर्षमा किम्हे बुसानमा हुने नाइट डान्स पार्टी सफल बनाउन दक्षिण कोरिया बुसानमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूला...
२५ चैत्र २०८१, मंगलवार ०३:४९२५ चैत्र २०८१, मंगलवार ०३:४९२५ चैत्र २०८१, मंगलवार ०३:४९ by विशाल श्रेष्ठNo Comments
कोरियन सरकारले औपचारिक रूपमा पूर्व राष्ट्रपति युन सुक येओललाई पदच्युत गरेपछि अर्को राष्ट्रपति चुनावको मिति जुन ३ लाई तोकेको छ।
संविधान अन्तर्गत, राष्ट्रपति पदमा रिक्तता उत्पन्न भएको ६० दिन भित्र देशले नयाँ चुनाव गर्नु आवश्यक छ।
सरकारले जुन ३ लाई अस्थायी सार्वजनिक बिदाको रूपमा पनि तोकेको छ।
गत शुक्रबार संवैधानिक अदालतले युनलाई खारेज गरेपछि राष्ट्रिय निर्वाचन आयोगले उम्मेदवार दर्ता प्रारम्भिक रूपमा सुरु गरेको थियो।
उम्मेदवारहरूले मे ११ सम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ र आधिकारिक अभियान अवधि मे १२ मा सुरु गर्न पाउनेछ।
कानूनले राष्ट्रपतिको लागि उम्मेदवारी दिने सार्वजनिक कर्मचारीले चुनावको कम्तिमा ३० दिन अगाडि राजीनामा दिनुपर्ने, मे ४ लाई अन्तिम मिति बनाउनुपर्ने व्यवस्था पनि गरेको छ।
मार्च १०, २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई पदबाट हटाउदा , ठीक ६० दिन पछि, मे ९ मा च...
२४ चैत्र २०८१, सोमबार ०३:४६२४ चैत्र २०८१, सोमबार ०३:४६२४ चैत्र २०८१, सोमबार ०३:४६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेड को आयोजनामा कृषा चौलागाईको निर्देशनमा बनेको बहुप्रतिक्षित नेपाली चलचित्र “पिताम्बर” अप्रिल १३ तारिख सउल स्थित जोगेसाको हलमा प्रदर्शन हुने भएको छ।
ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले “पिताम्बर” चलचित्र यहि अप्रिल १३ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। मध्यान्न १२:३० बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५ हजार कोरियन वन तोकेको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
कोरिया प्रदर्शन अधिकारको जिम्मा पाएसँगै White duck Entertainment Pvt.Ltd पिताम्बर कोरियाका बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने वितरण टिमले वताएका छन। यसैगरी दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन गर्नका लागि विभिन्न संघसंस्था लगायत व्यक्तिहरुले बितरकलाई सम्पर्क गर्नुहुन समेत आग्रह ...
२४ चैत्र २०८१, सोमबार ०२:२३२४ चैत्र २०८१, सोमबार ०२:२३२४ चैत्र २०८१, सोमबार ०२:२३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: एनआरएनए दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा भएको एनआरएनए भलिबल टुर्नामेन्टको कप उचाल्दै बाग्लुङ समाज ४० लाख वन जित्न सफल भएको छ।
दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयमा भएको एनआरएनए कप भलिबल टुर्नामेन्टको फाइनलमा सुदूरपश्चिमलाई पाखा लगाउँदै बाग्लुङ समाजले कप उचाल्दै अहिलेसम्मकै ठूलो पुरस्कार राशि ४० लाख वोन हात पारेको छ।
प्रतियोगितामा विजेता टिम बाग्लुङ समाज र उपविजेता टिम सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४०लाख र २० लाख कोरियन वोन प्राप्त गरेका थिए । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको सर्वोत्कृष्ट खेलाडी बाग्लुङका रिजान मगरले १ लाख वन र प्रमाण पत्र ...
२३ चैत्र २०८१, आईतवार ०६:५१२३ चैत्र २०८१, आईतवार ०६:५१२३ चैत्र २०८१, आईतवार ०६:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया । दक्षिण कोरियाको रेमिटयान्स कम्पनी Fonemoney ले करोडपति र पैसा डबल योजना सफलता पूर्वक सम्पन्न गरेको छ । यो योजना अन्तर्गत ३६ जनाको पैसा डबल भईसकेको छ भने चाडै नै बम्पर उपहार १ करोड वनको बिजेता समेत चयन गरिने कम्पनीले जनाएको छ ।
प्रत्येक साता पैसा डबल बनाउन सफल ३६ जना बिजेताको नाम हरेक सप्ताहको सोमबार गरि घोषणा गरि उपहार समेत प्रदान गरिएको छ । फोनमनीमा यति धेरै बिजेताहरु चयन हुनु र विभिन्न सुविधाहरुको कारण पछिल्लो समय कोरियामा Fonemoney को लोकप्रियता हवात्तै बढेको छ ।
डिभाईस डिडेक्टर प्रविधिको कारण एउटा मोबाईलमा मात्र एप चल्ने र अरुमा चलाउन पर्दा अनुमति लिनुपर्ने भएकोले स्क्यामबाट बच्न पनि सजिलो भएको छ ।
Fonemoney ले रिफर योजना अन्तर्गत ३ जनाले रिफर मार्फत फोनमनी दर्ता गर्दा रु.१हजार ईसेवा वालेटमा जित्न सक्छन भने हरेक दर्ता गर्नेलाई पनि हात खाली नहुने गरि वालेटमा रकम...