सलनालमा हुने ओखलढुङ्गा सेवा समाजको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर सार्बजनिक
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।
पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय तथा पूर्वी नेपाल समाज अन्तर्गतका संस्था हरूको सहकार्यमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका हुने “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।
आयोजकले नेपालका चर्चित ख्याति प्राप्त राष्ट्रिय कलाकार गायिका आस्था राउतको साथमा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। सउल स्थित 성동 나이트클럽 मा नेपालबाट आमन्त्रित कलाकार आस्था राउतसँगै डिजे रमेश र स्थानीय कलाकारह...


