तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण
तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण
प्रदेश नं १ तेर्हथुम जिल्ला आठराइ गाउपालिका वडा नं ४ निवासी भिम गुरूङको नातिनी सहबिर गुरूङको छोरी सानै उमेरमा दुबै मृगौला पिडित १७ बर्षिय अन्जना गुरूङ लाई दक्षिण कोरियामा कार्यरत सहयोगी महानुभावहरु बाट संकलित सहयोग रकम करिब नेपाली रूपैयाँ दुई लाख एकचालिस हजार दुई सय दश (२,४१,२१० रूपैयाँ ) हस्तान्तरण गरिएको छ ।
यस सहयोग रकम संकलन गर्न समाजसेवी तथा सहयोगी मनका धनी तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखामा आवद्व कबिन गुरूङ ले सामाजिक सन्जाल Facebook मार्फत ग्रुप बनाई अभियान सन्चालन गरेका हुन, र सहयोग संकलन अभियान कर्ता कबिन गुरूङ लाई सहयोग संकलन गर्न कोरियामा कार्यरत बिक्रम लिम्बु र डम्बर गुरूङ ले बिशेष सहयोग गर्नु भएको थियो ।
दुबै मृगौला रोग पिडित अन्जना गुरूङ लाई अभियान कर्ता कबिन गुरुङको दिदिले उक्त्त सहयोग रकम बिमारी बहिनी ...



