एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी
Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, शिक्षा, समाचार
एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा छुट्टै परिचय बनाउन सफल अजय सोडारी ले युवा संयोजकमा उम्मेदवारी दिने भएका छन्।
विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि...

