Advertisement
Advertisement

एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी

Advertisement
Advertisement

एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा छुट्टै परिचय बनाउन सफल अजय सोडारी ले युवा संयोजकमा उम्मेदवारी दिने भएका छन्।

विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि भनेको नेपालको संवैधानिक अधिकार भएको सस्था NRNA भएको कारण केन्द्र भित्रै बसेर कार्य गर्ने र सबै युवा हरु लाइ समेटेर लाने उद्देश्यका साथ यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा युवा संयोजक को लागि उम्मेदवारी दिनु भएका अजय सोडारी संग विशाल आवाजले गरेको कुराकानी 

विशाल आवाज:अजय जि नमस्कार आरामै हुनुहुन्छ?सर्वप्रथम त विशाल आवाज द्वारा सन्चालित एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रमको पहिलो अतिथिको रुपमा हाम्रो निमन्त्रणा लाइ स्विकार गरेर कुराकानी गर्न समर्थन हुनुभएकोमा हार्दिक धन्यवाद साथै स्वागत गर्दछौ

अजय सोडारी:नमस्ते,समग्रमा म सन्चै छु ,मलाई केही कुरा राख्ने ब‍ोल्ने मौका दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु !!

विशाल आवाज:समग्रमा कुनै पनि कुरा आफैमा सकरात्मक वा नकरात्मक भने पक्कै हुदैन त्यो त सबै आ-आफ्नो मानिसहरु को विचारमा फरक पर्छ तथापि कोरियामा प्रवेश गरेको धेरै समय नभएतापनि कोरियाको नेपाली समाजको लागि अजय सोडारी नाम नौलो भने पक्कै होइन यो नाम मानिस हरुको सोचाइ अनुसार सकरात्मक वा नकरात्मक जे सुकै रुपमा भए पनि एउटा ब्राण्डको रुपमा स्थापित छ यहा सम्म आउन के गर्नु पर्यो आफ्नो छोटकरी परिचय सहित पृष्ठभूमि समग्रमा बताइदिनुहोला हाम्रो पाठक वर्गहरुको लागि

अजय सोडारी:सुरुवातमै कति राम्रो कुरा उठान गर्नुभयो,म 2019 को उत्पादनमुलक क्षेत्रक‍‍ो पासर  म नेपाल देखि रोजगारीक‍‍ो सिलसिलामा अहिले यहाँ छु,हामिले कोरिया आउन धेरै दु:ख गर्नु पर्यो अझ भनौ धेरै संघर्ष गर्नु पर्यो,EPS प्रक्रिया आफैमा दुख र संघर्ष त हो नै तर हाम्रो सन्दर्भमा कथा बेग्लै छ,का बाट कसरी सुरुवात गरौ म बढो दोधारमा छु ,किनकि धेरै कुरा संग लड्नु परो पौठेजोरी खेल्नु परो, 

हामी भाषा तथा सीप परिक्षण दिएर सबै प्रकृया पूरा गरेका नयाँ तथा प्रतिबद्ध कामदार गरेर करिव 10 हजारको संख्यामा कोरिया आउने तमतयार अवस्थामा थियौ,त्यसै बखत अचानक क‍ोभिड आय‍‍ो जसले गर्दा समग्र प्रक्रिया नै रोकियो,रोकियो मात्र होइन अस्तव्यस्त नै भयो,जसले गर्दा कोरिया आएर केही कमाउने सपना बोकेका हामी दसौं हजार मानिस अन्यौलमा पर्यौ यसै सिलसिलामा हाम्रो सपना लाई त्यतिकै मर्न नदिनका निमित्त हामी प्रक्रिया लाई पुर्ववत तरिका बाट सुचारु हुनुपर्छ भनेर अगाडि बढ्यौ अझै भन्नुपर्दा सबै साथिहरु सहकार्य र समर्थनमा मैरै नेतृवमा EPS संघर्ष समिति बनाएरै अगाडि बढ्यौ विचमा कोभिड संग लड्यौ पछि प्रक्रिया खुलाउन लड्यौ कोभिड भएतापनि प्रक्रिया लाई अनेक कारणले अल्झाइयो, अप्ठारो मा पारियो,जसको कारण हामिले धेरै संघर्ष गर्नुपर्यो कथा व्यथा धेरै छन भन्दै जाउला हामिले अन्तिममा क‍ोभिड लगायत अस्तव्यस्त EPS प्रक्रिया लाई जितेर कोरिया पुग्यौ,र आफन‍ो सपना पूरा गर्यौ,त्यो 2/3 बर्षको संघर्ष सायद म अहले वर्णन गर्न सक्दैन होला,त्यो सम्झिदा भक्कानिन मन लाग्छ !!

विशाल आवाज:उ बेला इपिएस पिडितको लिडर बनेर हिड्यो अहिले आफु मात्र सुटुक्क कोरिया भागेछ भन्ने आरोप छ नि

अजय सोडारी:मान्छेहरुका म प्रतिका सोचाई विभिन्न खालका छन तर सत्य यहि हो कि म अरु भन्दा फरक छु,केही गर्न चाहन्छु त्यो कुरामा सत्यता छैन त्यतिखेर धेरै नराम्रा प्रवृत्ति संग लडेर जितेर प्रक्रिया लाई सहज र सरल बनाएर करिब 4/5 हजार साथिहरु क‍ोरिया प्रवेश गरेपछि म आफ्नो प्रक्रिया र पालो अनुसार क‍ोरिया आए र अरु साथिहरु पनि निरन्तर आइरहनु भएको छ

विशाल आवाज:हामि विशेषतः दक्षिण कोरियाको एनआरएनए नवौ अधिवेशन को बारेमा आज कुराकानी गर्दै छौ वास्तवमा तपाइलाई एनआरएनए दक्षिण कोरिया भन्ने शब्द सुन्नासाथ के-कस्तो महसुस हुन्छ?

अजय सोडारी:जब म नेपालमा एकजना नागरिक थिए त्यतिब‍ेला NRN शब्द आफैमा महान अनि ठूलो लाग्थो,जब म विदेश आउने तयारीमा लागे NRNA लाई नजिक बाट बुझे NRNA विदेशमा हुने सबै नागरिकको साझा अनि अभिभावक संस्था हो जस्तो लाग्थो,हाम्रो विदेशमा सु:ख दुखको घर ह‍ो जस्तो लाग्थ्यो त्यतिमात्र नभएर पर्यटन तथा लगानी भित्राउने माध्यम हो जस्तो लाग्थो,जब हाम्रो विदेश आउने प्रक्रियामा समस्या देखियो ,यो त्यतिबेला यो संस्था लाइ केही सहजिकरण गर्न अनुरोध गरेका थियौ तर हामिलाई सहयोग पायौनौ त्यतिखेर बाट नै NRNA दक्षिण कोरिया प्रति हामी दुखित थियौ विशाल जि,

विशाल आवाज:यसमा यतिका बिकृति बिसंगति छ सहयोग नै गर्दैन भन्ने थाहा हुँदा हुँदै पनि त्यहि भड्खालोमा युवा संयोजकको दावेदारी सहित हाम फाल्न खोज्नुको कारण के होला

अजय सोडारी:आहालमा फोहर छ भन्ने कुरा थाहा पाउँदा पाउदै हाम फाल्नु नराम्रो जस्तो देखिएता पनि त्यहा हाम नफाले सम्म त्य‍ो आहाल सफा पनि त हुदैन नि,मैले अघि भने जस्तै विशाल जि NRNA शब्द अनि यसको परिभाषा तथा काम आफैमा वृहत् र तपाईंको नाम जस्तै विशाल छ,त्यसैले हामी जस्ता केही गर्न चाहने नयाँ युवाहरु त्य‍ो ठाउमा गएर त्यसको गरिमा तथा विश्वास लाई कायम राख्नु पर्छ र त्यस भित्र भएका नराम्रा तथा गलत प्रवृत्ति लाई चिरेर त‍ोडेर NRNA लाई साच्चिकै NRNA बनाउन,सबैको NRNA लाइ दुख सुखको NRNA बनाउन केही नयाँ एजेन्डा र विचार सहित मेरो उम्मेदवारी युवा संयोजकमा हो

विशाल आवाज:मैले तपाइको प्रतिवद्धता प्रत्यक्ष तपाइको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित भएर सुन्न पनि पाए र पढे पनि तर अध्यक्षका उम्मेदवार ले भन्दा बढी कडा प्रतिवद्दता पत्र सार्वजनिक गर्नुभएको छ ताकि युवा संयोजक मात्रको पद हो किन यति धेरै मनोकांक्षि भएको पछि पुरा गर्न सक्नुभएन भने के गर्नुहुन्छ?

अजय सोडारी: हामिले यो प्रतिबद्धता पत्र धेरै मेहनत , छलफल तथा लामो अध्ययन पछि निर्माण गरेका हौ,कतै पछि गर्न सकिदैन भनेर पनि सोचे,सबै बाट सल्लाह मागे विमर्श गरे तर आफुमा डृढ ईच्छाशक्ति क्षमता तथा निरन्तरता भयो भने यो असम्भव छैन,झट्ट हेर्दा महत्वाकांक्षी एजेन्डा देखिएता पनि यो सम्भव छ,हामी गर्न सक्छौ भनेर नै अगाडि ल्याएका हौ र हामी सक्छौ पनि गर्छौ पनि र रह्यो युवा संयोजक पदमा बसेर यो सम्भव छ र भन्ने कुरा अवश्य सम्भव छ म आफनो कार्यसमिति तथा अध्यक्ष लाई यी बिषय तत्काल अगाडि बढाउन दौडाउने छु र आफै पनि दौडिने छु , राम्रा कुरालाई जसले जहा पनि सपोर्ट गर्छ,यसमा कहि कसैलाई दुविधामा नरहन अनुरोध गर्छु हामिले सक्ने एजेन्डा मात्र ल्याएका छौ र सक्छौ पनि

विशाल आवाज:मानिस हरुले यो केटो अलि हतार गर्यो आएको भर्खरै १०/११ महिना हुदैछ अजय लामो रेसको घोडा हो जस्ले जुनसुकै काममा पनि बिजय मनाउन सफल हुन्छ, चाहिने मान्छे त हो तर एकै गासमा निल्न खोज्यो अलि समय हेरेर कुरेर अर्को पालि लाइ तयारी गर्न यसपाली सदस्यमा मात्र आए हुने जस्तो जनगुनासो छ नि यस्मा तपाइको धारणा के छ

अजय सोडारी:कति राम्रो अनि समय सान्दर्भिक प्रश्न उठाउनु भयो,कताकता यस्ता कुराहरू पनि सुनिए तर वास्तविकता त्यस्तो होइन,म कोरिया प्रस्थान गरेको झण्डै एक बर्ष भयो,यो विचमा धेरै कुरा बुझ्ने जान्ने मौका पाए,धेरै साथिहरु तथा हाम्रा थुप्रै शुभचिन्तकले तपाईं यसरी चुप बस्नु हुदैन यहाँ भएका हरेक नराम्रा प्रवृत्ति टुलुटुलु हेरेर बस्नु हुदैन अगाडि बढ्नु पर्छ भन्ने आवाज पनि आए अनि म आफैलाई यो प्रवृत्ति मन परेन जुन यहाँ छ NRNA मा,कि मैले मौन भएर जे भैरहेको छ त्यसमा मौन समर्थन गर्नु पर्यो कि त नयाँ र फरक गर्नु पर्थियो मैले दोश्रो बिकल्प रोजे केही नयाँ गरेर देखाउने धेरै नयाँ साहस अनि हजारौ साथिहरुको सल्लाह अनि समर्थनमा अगाडि बढे,अनि रह्यो हतार गर्यो, भर्खरै आएको केही बुझेको छैन,लगायत कुराहरु समय बद्लिसकेको छ,कति मात्र पर्खिने क्षमता योग्यता अनि जोस जागरलाई समयले रोक्न सक्दैन,नयाँको जोस पुरानाको अनुभव मेरो सिद्धान्त ह‍‍ो,यो हतार छिटो भन्दा पनि समयक‍‍ो माग अनि अहिलेक‍ो आवश्यकता हो जस्तो लाग्छ,यदि यो राम्रो अनि सबैको बृहत हितमा हामी किन आउनु पर्थो र विशाल जि,

जस्तै राजमार्ग बनाउन बर्षौ लाग्छ,अथवा त्य‍‍ो यात्रा लामो हुन्छ फास्ट ट्राक बनाउन समय पनि कम लाग्छ यात्रा पनि छ‍ोटो हुन्छ ,त्यसैले हामिले केही फास्ट ट्र्याक समाएको पक्कै हो,तर यति भनिरहदा हतार गरेको भन्ने होइन यहाँका आवश्यकता र माग ह‍‍ो

विशाल आवाज:अध्यक्षका प्रत्यासी बुद्धि गुरुङ, बिपिन गुरुङ, सन्जिभ राइ ३/३ जना हुनुहुन्छ तिनै जनाले आ-आफ्नो प्यानलमा युवा संयोजक घोषणा गरिसकेको खण्डमा तपाइ र तपाइको टिम चाहि अध्यक्षमा कुन टिम लाइ समर्थन गर्न आह्वान गर्नु हुन्छ?

अजय सोडारी:म कुनै व्यक्तिका बारेमा टिप्पणी गर्न चाहन्न म प्रवृत्ति संग लड्ने मान्छे हो समग्र अवस्था र स्थिति क‍‍ो बारेमा ब‍‍ोल्ने मान्छे हो 3 जनानै अध्यक्ष लाई मेरो शुभकामना छ,तर अरु उम्मेदवार भन्दा सन्जिभ राई उपयुक्त उम्मेदवार जस्तो लाग्छ,नयाँ जोस केही गर्छु भन्ने हुटहुटि छ जुन म संग मिल्ने खालक‍ो छ त्यसैले उहाँ जस्तो व्यक्ति NRNA मा आउनु भयो भन्ने अझ राम्रो हुन्छ उहाँ संग काम गर्न सजिलो हुन्छ जस्तो लाग्छ,

विशाल आवाज:NRNA को विधान अनुसार NRNA कुनै राजनीतिक सस्था नभएर बिदेशमा रहने नेपालीको संस्था भएकोले निर्वाचनमा पनि पार्टी विशेष वा प्यानल खडा गर्न मिल्ने छैन भनेर स्पष्ट लेखेको छ तर विभिन्न आमुख दल हरुले नै आधिकारिक रुपमा आफ्नो दलको उम्मेदवार घोषणा गरिरहदा तपाइ नेकपा एमाले दक्षिण कोरियाको प्रवास कमिटीको केन्द्रीय सदस्य जस्तो मान्छे तपाइको दलको प्यानलमा पर्नु भएन कि वस्नुभएन

अजय सोडारी:तपाईंले बढो सान्दर्भिक प्रश्न उठाउनु भयो मलाई तपाईले यस्तै प्रश्न सोधिएको भए हुन्थ्यो जस्तो लाग्थ्यो सोध्नु भयो खुसि लाग्यो !!

    NRNA संस्था तपाइले भनेजस्तै स्वतन्त्र संस्था ह‍ो,यसको विधान पनि त्यहि यसको परिकल्पना तथा उदेश्य अर्कै भएपनि राजनिती बाट केही फाइदा र स्वार्थ लिने मान्छेहरुले यसमा राजनिती घुसाए अझ भनौ पाटि घूसाए जुन राम्रो होइन,असान्दर्भिक हो,हामी यस्ता कुरा सुधार्न प्रयास गर्नेछौ,

   तर विडम्बना अहिले यो पाटि त्यो पाटिको प्यानल भनेर अगाडि बढिरहेका छन त्यो नजिर ठिक छैन,हामी जितेर NRNA मा गएको अवस्थामा यसलाई सुधार्ने छौ,

अब रह्यो मेरो कुरा म कुनै प्यानलमा परेन बसेन भन्दा पनि अरु भन्दा फरक र नयाँ एजेन्डासहित अगाडि बढ्नु पर्छ भनेर यसरी लागेको हु,म केही समय अगाडि प्रवासि मञ्चको‍ जिम्मेवारी पाएतापनि सपत खाएर अगाडि बढेको भने छैन,आवश्यक परो भने म त्यहा बाट टाढा रहेक‍‍ो घोषण पनि गर्न सक्छु तर अहिले त्य‍‍‍ो सोचाई बनाएको छैन, आफ्नो आस्था हो,यसलाई अन्यथा लिन हुदैन

ADVERTISEMENT/SIMRIK TRAVEL 

विशाल आवाज:दुइ मान वन तिरेर सदस्य बनाएर चुनाव जित्ने कुसंस्कारको विरुद्धमा तपाइ कसरी लाग्नु हुन्छ? अनि तपाइले कति जना को फर्म भरिदिनु भयो त अहिले सम्म?

अजय सोडारी:NRNA दक्षिण क‍ोरिया चुनावमा देखिने रैछ अझ दुइ मान वनमा भोट किन्ने बेला देखिने रैछ,,सुन्दा नि कस्तो विडम्बना म लज्जित छु यी कुरा सुन्दा देख्दा,यो प्रवृत्ति सुनेर म बढो दुखित पनि छु,मन जितेर चुनाव जित्ने हो,एजेन्डा अनि काम गरेर चुनाव जित्ने हो,भोट किनेर होइन हामी यि र यस्ता प्रवृत्ति देखेर पनि यहाँ NRNA मा आएका हौ,हामी यस्ता प्रवृत्ति लाई बदल्न चाहन्छौ ,रुपान्तरण गर्न चाहन्छौ !!

 म एउटा सामान्य श्रमिक न म भोट किन्न सक्छु न म पैसा दिन सक्छु म संग केवल सपना छ,केही गर्ने हुटहुटि छ,ऐजेण्डा छ म तिनै कुराले जित्ने छु र मलाई जिताउने छन,

म यस्ता प्रवृत्ति लाई नजिक बाट नियालिरहेको छु EPS कामदार काम गर्ने कम्पनी मै गएर जबर्जस्ती फर्म भराएर दुई मान वन दिएर चुनाव जित्ने सोच कठै NRNA को अवस्था,कुन स्थितिमा NRNA पुराएका छन् दुख लाग्छ,अघि पछि हामी चाहिदैनौ NRNA लाई तर चुनावका बेला भोट दिने बेला हामी EPS श्रमिक चाहिन्छौ उनिहरुलाई हामी केवल भोट बाकस जस्ता भएका छौ,अब यो नजिर बद्लिन आवश्यक छ,र हामी बदल्न चाहन्छौ,

   मैले कसैको‍ फर्म भरेको छैन मात्र आफना एजेन्डा सहित सबैलाई यस प्रक्रियामा सहभागी हुन आह्वान गरिरहेको छु र सबै बाट सकारात्मक प्रतिक्रिया पाएको छु अहिले दिन प्रतिदिन आपसे आफ तपाईं अगाडि बढ्नुस हामी साथमा छौ भन्ने संख्या दिनानुदिन बढ्दो छ घोषणा गर्दा सम्म त्यो संख्या चार पाच सय थिए‍ अहिले हजार पन्ध्र सय पुगेको छ य‍ो संख्या अझै निरन्तर बढ्दै छ र बढ्ने छ, NRNA सदस्य शुल्क मंहगो छ यसैले पनि धेरै आकर्षित हुन सकिरहेको छैनन्

विशाल आवाज:बजारमा युवा संयोजक मात्र किन NRN को अध्यक्ष नै बनाइदिए हुन्छ। कमिसन कसरी खाने र दलाल कसरी गर्ने भन्ने तालीम लिएर आएको दक्ष eps कामदार हो यो अजय भन्ने हल्ला छ नि कोरोना समयमा तपाइ माथि मुद्दा नै परेको होटल मालिक सग मिलेर क्वारेन्टाइन धन्दा देखि हस्पिटल सम्म पैसा खाको विभिन्न आरोप छ नि

अजय सोडारी:बढो हास्यास्पद कुरा गर्नुभयो,यी प्रश्न मैले बारम्बार सामना गरिरहेको जुन सधै आरोप बाहेक अरु केही भएनन,म नेपाल हुदा देखि कोरिया पुगुन्जेल सम्म अथवा अहिले यी र यस्तै कुरा कताकता सुनिरहन्छु !!

   बढो दुख लाग्छ,मैले गरेको देख्न र अगाडि बढेको देख्न नचाहनेहरुले बनाएको प्रपोगान्डा हो य‍ो, म एउटा सामान्य कामदार म माथि यति ठुला झुटा आरोप सुन्दा पनि कहिलेकाही हासो लाग्छ,साथै दुख पनि म त्यतिबेला रोकिएको प्रक्रिया लाई खुलाउनु पर्छ भनेर आवाज उठाउने एकजना श्रमिक हु,कामदार पठाउने EPS अफिस ल्याउने HRD कोरिया क्यारेन्टाइन तोक्ने राख्ने EPS अफिस HRD कोरिया अनि म कसरी यो खाने त्यो सेटिङ गर्ने कसरी हुन सक्छु,म कमिसन खानको लागि मन्त्रि थिएर?सचिव थिएर? विभागक‍‍ो महानिर्देशक थिएर? कि EPS को डाइरेक्टर??? एउटा सामान्य कोरिया आउने श्रमिकले यो खायो त्यो खायो भन्नू कत्तिको हास्यास्पद ह‍ो म धेरै ब्याख्या गर्न चाहन्न बरु उल्टै म लगायत हामी थुप्रै साथिहरुले निशुल्क स्वयंसेवा गरेका हौ,त्यो पनि EPS र HRD क‍ो पहलमा,तर मान्छेहरुले अर्कै सोचे जुन कुरामा एउटा पनि सत्यता छैन,बरु म उल्टै चुनौति दिन चाहन्छु त्यस्ता मान्छेहरुलाई त्यस्ता कुरा प्रमाणित गर्नुस म जस्तोसुकै कार्वाही पनि भोग्न तयार छु,अन्याथा बारम्बार यस्ता कुरा भन्न छ‍ोड्नुस,

   मलाई कोरिया आउने साथिहरुले नै अन्तिममा दुख दिए पहिला सुरुमा तिनिहरुले नै अजय जि अगाडि बढ्नुस हामि साथमा छौ,नेपालक‍ो बारम्बार फेरबदल हुने सरकार अनि ढिलासुस्ती प्रशासन

यहाँ नब‍ोलेर नघचघचाएर केही हुदैन भनेर मलाई उचाल्नेहरुले जब आफनो कोरिया उडान हुन सुरु भयो अनि मलाई विभिन्न आरोप लगाएर अनि यो कुरा त्यतिखेरका श्रम मन्त्री किसान श्रेष्ठ संग भनेर उहाँले मलाई ठाडो आदेशमा मलाई पक्राउ गर्न लगाउनु भयो र म प्रहरी चौकिको हिरासत सम्म पुगे पछि प्रहरीले सबै कुरा अनुसन्धान गर्यो सबै पक्षलाई बोलायो काहीँ केही नभेटेपछि मलाई 10 घण्टा बिना सर्त छोड्न बाध्य भयो,किनकि म सत्य थिय,मैले केही गरेकै थियन , आफ्नो सपना लगायत हजारौ साथिको सपना पूरा गर्न अगाडि बढेको थिय,सपना पनि पूरा भयो हामी कोरिया पनि आयौ !!

  त्यसैले कहिलेकाही अगाडि बढ्दा केही नयाँ गर्न खोज्दा यस्ता कुरा सामाना गर्नु पर्ने रैच्छ जुन मैले भोगे,

  मलाई थाहा छ यी समस्या यहाँ पनि सामना गर्नु पर्नेछ,म यहाँ पनि पुग्न सक्छु प्रहरी हिरासत सम्म सबै लागिरहेका छन् का के गरेर मलाई फसाउ भनेर तर म सबै कुरा सामाना गर्न तयार छु ,का के बोल्ने कसरी लड्ने मैले सबै तयारी गरिसकेको छु,त्यसैले अब बलियो तरिकाले अगाडि बढ्छु !!

अनि म मन्त्री को ठाडो निर्देशनमा पक्राउ परेपछि केही मिडियाले एकलौटि समाचार बनाए कैयौ राष्ट्रिय मिडिया अनि टेलिभिजनले प्रशारण गरे तर एक शब्द कसैले के भएको हो भनेर म लगायत मेरा टिमका साथिहरु लाई सोधेनन,एकलौटी लेखे अनि ब‍ोले सार्है दुख लाग्यो,अनि त्यतिबेला देखि नै मिडिया प्रतिको विश्वास मैले गुमाएको ह‍‍ो,

विशाल आवाज:अब केहि रमाइलो कुरा गरौ तपाइ संग कुराकानी गर्ने भनेर राखेको पोस्टको कमेन्टमा धेरै जनाले यो प्रश्न राख्दिनुस भन्नुभएको थियो तपाइ जहिल्यै नयाँ गरौ नयाँ गरौ भन्नु हुन्छ तर तस्बिर चाहि त्यहि एउटा रातो कोट लगाएको कहिले सादा कहिले रङ्गिन कहिले दार्हि जुगा भको एडिट गर्दै हाल्नु हुन्छ नि केहि विशेष कारण??

अजय सोडारी:हसाउनु भयो,त्यस्तो विषेश कारण त केही छैन मलाई रातो क‍ोट दाह्री मन पर्छ,मलाई नयाँ नयाँ कपडा लगाएर फोटो खिच्न खासै रुचि हुदैन बरु नयाँ नयाँ किताब किनेर पढ्न र देखाउन मन लाग्छ, नयाँ पुस्तक किन:-पुरानो कोट लगाउ,थोरो

विशाल आवाज:र अन्त्यमा दक्षिण कोरियामा रहनुभएका नेपाली जनसमुदाय लाइ तपाइको केहि कुरा अथवा यो चाहि भन्न मन थियो सोधेन भन्ने जस्तो लागेको कुरा

अजय सोडारी:अन्त्यमा यति भन्न चाहन्छु सबैले झटारो ,लाठि अनि ढुङ्गा हान्ने भनेको फलेको वृक्षमा हो यानिकि सुख्खा रुखमा होइन यो भनिरहदा मैले आफ्नो प्रसंसा आफै गरेको भने होइन त्यसैले यस्ता अनावश्यक ,कपोकल्पि र भ्रमात्मक कुराका पछाडि नलागेर,सत्यका पछाडि लाग्नु पर्छ र लाग्नको लागि पनि अनुरोध गर्दछु,नेपाली समुदाय तथा देशको लागि य‍ो विरानो अनि पराइको धर्तिमा रहेर पनि केही नयाँ गर्न सक्छु भनेर नयाँ सहास र जोस जाँगरका साथ अगाडि आएको छु अझ भनौ NRNA दक्षिण कोरिया को नवौ महाधिवेशनमा युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेको छु,त्यसैले यो जोस जाँगर र सपना अनि एजेन्डा लाई त्यतिकै मर्न नदिनका निमित्त यहाँहरुले मलाई अत्याधिक मत दिएर बिजय गराउनु हुनेछ भन्ने अपेक्षा राखेका छौ,जितेरै छ‍‍ोड्ने हो NRNA रुपान्तरण गरेरै छोड्ने हो,

साथै धेरै मान्छे मलाई मतदान गर्न चाहनु हुन्छ,तर कसरी गर्ने थाहा छैन भने कृपया smart NRNA APP download गरेर सदस्य दर्ता गरेर सदस्य शुल्क तिरेर सदस्यता लिएर मतदान प्रक्रियामा भाग लिनुहुनेछ

विशाल आवाज:हजुर धन्यवाद छ अजय जि तपाइँको समयको लागि।आउदो जुलाइ ८/९ तारिख मा हुन लागेको एनआरएनए दक्षिण कोरियाको नवौ अधिवेशनको युवा संयोजकमा उम्मेदवारी दिनु हुने भएको छ यहा लाइ अग्रिम जितको शुभकामना।

अजय सोडारी:धन्यवाद विशाल जि,मेरा कुरा राख्न र अझ स्पष्ट गर्ने मौका दिनुभएकोमा

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den Shop

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den ShopMein Name ist Lukas Müller, und ich möchte Ihnen heute das ICE Ca...

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?Jsem Jan Novák, odborník na online hazardní hry a hrá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×