राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा रु ४५ हजार सहयोग हस्तान्तरण
विशाल श्रेष्ठ/दक्षिण कोरिया:वरिष्ठ नृत्य निर्देशक, अग्रज कलाकार, तामाङ चलचित्रको जन्मदाता, अभिभावक, गायक, लोकगीत संकलक, अभिनेता तथा वरिष्ठ कला साधक सिन्धुपाल्चोकको मात्र नभई राष्ट्रकै गहना आदरणिय व्यक्तित्व जयनन्द लामा ज्यु को प्रतिमा स्थापनार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले रु ४५ हजार रकम सहयोग हस्तान्तरण गरेको छ।
स्व. जयनन्द लामाको वार्षिक पुण्यतिथिको अबसर पारेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पामा बहुआयामिक कलाका धनी स्व.लामाको प्रतिमा निर्माण गर्नको लागि सहयोग स्वरुप सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको संस्थागत तर्फबाट रु.२५००० र सल्लाहकार फुर्वा शेर्पाको अभियानबाट प्राप्त रु.२००६२ (1. Phurba sherpa 50000 won 2. Sanjiv bhandari.50000won ...
१८ फाल्गुन २०७९, बिहीबार ०७:५७१८ फाल्गुन २०७९, बिहीबार ०७:५७१८ फाल्गुन २०७९, बिहीबार ०७:५७ by विशाल श्रेष्ठNo Comments
एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा जज गर्ने भएका छन् । मार्च ३ देखि ५ सम्म अमेरिकाको लास भेगासमा हुने विश्व वरीयताको छनोटमा पर्ने यो प्रतियोगिता जी २ अन्तर्गत छ ।
४० अन्तर्राष्ट्रिय रेफ्रीमा ४८ वर्षे क्षेत्री नेपालबाट रहेका छन् । सन् २००६ र २००८ मा यो प्रतियोगिता खेलेका उनले पहिलो पटक रेफ्री गर्न लागेका हुन् । दक्षिण कोरिया र अमेरिकामा प्रान्तीय च्याम्पियनसिपमा रेफ्री गर्दै आएका उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक जज गर्न मौका पाएका हुन् ।
वेस्टगेट रिसोर्ट एवं क्यासिनोमा हुने इभेन्टमा विभिन्न देशका झन्डै ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जुनियर र सिनियरमा पुम्से, स्पाइरिङको सबै क्याटगोरीमा प्रतिस्पर्धा हुनेछ । क्षेत्रीले यस अवसरलाई आफ्नो खेलजीवनको कोसेढुंगा भएको जनाए । प्रतियोगिताको उद्घाटनमा रक एन्ड रोल गायक एल्भिस प्रेस्ल...
१८ फाल्गुन २०७९, बिहीबार ०५:५८१८ फाल्गुन २०७९, बिहीबार ०५:५८१८ फाल्गुन २०७९, बिहीबार ०५:५८ by विशाल श्रेष्ठNo Comments
पछिल्लो समय चर्चामा आएकी सामाजिक अभियन्ता शर्मिला वाइबाले एक्कसी विष सेवन गरिन, अहिले अस्पतालको आइसियुमा पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।
उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्। वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन्। धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्।
यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन्। त्यतिबेला पनि यही विषयमा गायक...