दक्षिण कोरियाको याङ्सानमा अक्टोबर २५ मा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै
Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, मनोरञ्जन
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले याङ्सान नेपाली परिवारको आयोजनामा विजयादशमी २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम आगामी अक्टोबर २५ तारिख आइतबार मध्याह्न १२ बजेदेखि दक्षिण कोरियाको याङ्सानस्थित 양주근린공원 (중부동 727) मा आयोजना हुनेछ।
कार्यक्रममा विजयादशमीको टीका ग्रहण तथा शुभकामना आदानप्रदान, नेपाली परिकारको खानपिन तथा स्थानीय कलाकारहरूको नृत्य र गायन प्रस्तुतिलगायतका गतिविधि समावेश गरिएका छन्।
विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै नेपालीहरूबीच आपसी मेलमिलाप तथा सहयोगको भावना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।
याङ्सान नेपाली परिवारले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई दसैँको खुसी ...




