विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी दक्षिण कोरियाको होङ्देमा रहेको यति रेस्टुरेन्ट एण्ड बारले फ्रि इन्ट्रीका साथमा अक्टोबर ११,१२ र १३ तारिख शुक्रबार,शनिबार, आइतबार तिन दिन राति ९ बजेदेखि डिजे सहित विजयादशमी नाइट्स २०८१ डान्स पार्टी आयोजना गर्ने भएको छ।
दक्षिण कोरियाको राजधानी सौल मा रहेको पार्टी लभरहरूको लागि लोकप्रिय ठाउँ होङ्दे स्थित (서울 마포구 와우산로 18 길 20 홍대 예티 1 층) मा रहेको यति रेस्टुरेन्ट एण्ड बारमा विजयादशमी नाइट्स २०८१ आयोजना हुने भएको हो। स्पेसल गेस्टको रुपमा सुजन शाक्य उपस्थित हुने विजयादशमी नाइट्स २०८१ डान्स पार्टीमा चर्चित DJRX ले माहोल तताउने छन् भने कार्यक्रममा कोर-नेप ब्रोडकास्टर समेत रहेका यति रेस्टुरेन्ट एण्ड बारका सन्चालक गम्भीर श्रेष्ठ पनि रहनेछन्। ननस्टप डिजे लाइभ म्युजिकको साथमा नेपाली तथा इन्डियन खाना सँगै ड्रिङ्क्स र डान्सको रमाइलो लिन सक्ने क...
१५ आश्विन २०८१, मंगलवार ०८:४९१५ आश्विन २०८१, मंगलवार ०८:४९१५ आश्विन २०८१, मंगलवार ०८:४९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने निश्चित भए सँगै संगठनको अध्यक्षका आकांक्षीहरू देखा पर्न थालेका छन्।
पूर्वमन्त्री समेत रहेकी एमाले सचिव पद्मा अर्यालसँगै पूर्वी एसिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक , प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा को आतिथ्यतामा समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 386 1 충 मा संगठनको आठौं राष्ट्रिय अधिवेशन हुँदैछ ।
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन नजिकिए सगै संगठनको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संगठनको नयाँ अध्यक्षको लागि संजीव कुमार राई,अन...
१५ आश्विन २०८१, मंगलवार ०४:३२१५ आश्विन २०८१, मंगलवार ०४:३२१५ आश्विन २०८१, मंगलवार ०४:३२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया : कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न सकिने भएको छ । घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मार्फत eSewa Walletमा पैसा पठाउनु पर्ने बताइएको छ। Esewa Money Transferको ग्लोबल अफर मध्येबाट कोरियामा Fonemoney मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन्। दशैं तिहार लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ । कोरियाबाट "दशैं खर्च ईसेवामा घर काठमाण्डौमा" भनेर फोनमनी मार्फत पैसा पठाउन सकिने बताइएको छ । ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर सार्वजनिक गरिसकेका छन ।
कोरियामा करोडपति बन्ने अवसर
कोरियामा पछिल्लो समय संचालनमा रहेको Fonemoney मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा ...
१५ आश्विन २०८१, मंगलवार ०२:५५१५ आश्विन २०८१, मंगलवार ०२:५५१५ आश्विन २०८१, मंगलवार ०२:५५ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवारको प्रगतिमा मन प्रशन्न हुनेछ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिन अनुकुल छ । स्वास्थ्य लाभ प्राप्त हुने, दिउँसो आफनो दायित्व र कर्तव्य पूरा गर्नको लागि प्रशस्त समय मिल्नेछ, कुनै काममा सहभागी हुने वा थप जिम्मेवारी पाइने सम्भावना छ, आज रमाइलो खानपान वा गफगाफ सहितको सत्कारमा सहभागी हुने योजना बन्न सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रोग तथा शत्रुबाट छुट्कार...
१४ आश्विन २०८१, सोमबार १२:०२१४ आश्विन २०८१, सोमबार १२:०२१४ आश्विन २०८१, सोमबार १२:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले अक्टोबर महिनाको लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 नया स्किम सार्वजनिक गरेको छ। जस अन्तर्गत अक्टोबर महिनामा पैसा पठाउने ग्राहकहरूलाई लक्कि ड्रमा समावेश गरी बम्पर उपहारको रुपमा दुइ जनाले आइफोन १६ पाउन सकिने भएको छ।
बैंक ट्रान्सफर 0 सेवा शुक्लमा
सुरक्षित भरपर्दो र सस्तो माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले अक्टोबर १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ र ट्रान्जेक्सन पूरा गरेपछि रेमिट्यान्सको एपमा गुगल फर्म आउँछ त्यसमा आफ्नो नाम र नम्बर मात्र भरि इभेन्टमा सहभागी हुन सकिनेछ। यो अवधि मा SentBe मार्फत ...
१४ आश्विन २०८१, सोमबार ०३:१६१४ आश्विन २०८१, सोमबार ०३:१६१४ आश्विन २०८१, सोमबार ०३:१६ by एलिनाNo Comments
काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौ सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले भन्नुभयो ।
भिडियो लिंक
https://www.youtube.com/embed/td4y4An1oLU?si=CSCBb7JmA_yatAKv...
१४ आश्विन २०८१, सोमबार ०२:३३१४ आश्विन २०८१, सोमबार ०२:३३१४ आश्विन २०८१, सोमबार ०२:३३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धाम...
१३ आश्विन २०८१, आईतवार १२:३९१३ आश्विन २०८१, आईतवार १२:३९१३ आश्विन २०८१, आईतवार १२:३९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित स्याङ्जा परिवार थेगु शाखाले सेप्टेम्बर २९ मा आयोजना गरेको दशैं धमाका "चौथो भलिबल कप २०२४" मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता को उपाधी कोरियास्थित क्षेत्रीय संस्था गुल्मी सम्पर्क समितिले चुमेको छ । गुल्मी सम्पर्क समितिले फाइनलमा २-० सोझो सेटको स्थितिमा अग्रता निकाल्दै उक्त उपाधी चुमेको हो ।
"राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल" भन्ने नाराका साथ थेगु खुजी स्थितको खेलमैदान (대구광역시 달성군 구지면 예현리 764-3) मा आयोजना गरिएको सो मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा फाईनलमा सुदुरपश्चिम समाज कोरियालाई पाखा लगाउँदै शानदार विजयी निकालेको गुल्मी समाज प्रथम र द्धितीय स्थान हासिल गर्ने सुदुरपश्चिम समाजले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २५ लाख र १२ लाख प्राप्त गरे भने सान्तवना पुरस्कार स्वरुप दुई टीमहरु नेपाली परोपकार समाज खुजी र मोक्पो भलिबल क्लबले मेडल र ...
१३ आश्विन २०८१, आईतवार ११:५५१३ आश्विन २०८१, आईतवार ११:५५१३ आश्विन २०८१, आईतवार ११:५५ by एलिनाNo Comments
नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।...
१३ आश्विन २०८१, आईतवार १०:१६१३ आश्विन २०८१, आईतवार १०:१६१३ आश्विन २०८१, आईतवार १०:१६ by विशाल श्रेष्ठNo Comments
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई जग्गा दिएका छन् ।
तामाङले पूर्वमुख्यमन्त्री राईले ५ रोपनी ३ आना जग्गा दिएका हुन् । उनले एक हाल गोरु र एउटा ट्याक्टर पनि सहयोग गरेका छन् ।
परिवारको सम्पर्कमा आएका तामाङले आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेसामा संलग्न हुने रहर भएपनि जग्गा नभएको बताएका थिए ।
राईले तामाङलाई आवश्यकता अनुरुप पूर्वमुख्यमन्त्री राईकी पत्नी ज्याङ्मु शेर्पाले मालपोत कार्यालय भोजपुरमा पुगेर जमिनको लिखत पास गरिएको छ । जमिन राईकी पत्नी शेर्पाको नाममा थियो ।
पूर्वमुख्यमन्त्री राई र उनकी पत्नी शेर्पाले तामाङलाई लालपूर्जासहित १ थान हाते ट्याक्टर र १ हल गोरु हस्तान्तरण गरे ।
जमिन, ट्याक्टर र गोरु पाएका तामाङले आफूले खेतीपाती गर्ने र वृद्ध अवस्थाका बुवाआमालाई हेरचाह गर्ने बताए ...