Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८१ असोज २५ गते (शुक्रवार)

आजको राशिफल : २०८१ असोज २५ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भ...
दशैको पहिलो हप्तानै “छक्का पञ्जा ५” कोरियाको ४ शहरमा लाग्दै

दशैको पहिलो हप्तानै “छक्का पञ्जा ५” कोरियाको ४ शहरमा लाग्दै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेपालमा दशैँको फूलपातीको दिनबाट प्रदर्शन आएको यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५”  दक्षिण कोरियामा पनि दशैको पहिलो हप्तानै जिन्छन,नोन्सान,थेजन र छन्जु गरि ४ शहरमा प्रदर्शन हुने भएको छ।  दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै विभिन्न सहरका आयोजकहरूले दोलखा समाजसँग आफ्नो सहरको प्रदर्शन अधिकार लिइ विभिन्न चार शहरमा चलचित्र प्रदर्शन गर्न लागेको दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ।  “छक्का पञ्जा ५” अक्टोबर १२ तारिख शनिबारका दिन नोन्सान नेपाली समाज दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा साँझ ७ बजे 충남 논산시 중앙로 255 नोन्सान स्थित मेगाबक्समा नोन्सान सो गर्दैछ। यसैगरी १२ तारिख नै इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसर...
आजको राशिफल : २०८१ असोज २४ गते (बिहीवार)

आजको राशिफल : २०८१ असोज २४ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवादमा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मन खुसी रहनेछ । धार्मिक तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । घरमा बसेर अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउँन सकिनेछ । तरपनि यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । विलासी वस्तुको...
अक्टोबर १३ मा “ह्याप्पि दशैँ पुल टुर्नामेन्ट २०२४” हुदै

अक्टोबर १३ मा “ह्याप्पि दशैँ पुल टुर्नामेन्ट २०२४” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारेर अक्टोबर १३ तारिखका दिन नाम्यङ स्थित जोगि रेस्टुरेन्टमा “HAPPY DASHAIN POOL TOURNAMENT 2024” आयोजना हुने भएको छ। संयोजक टासि शेर्पा जोगि रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी पत्र सहित क्रमशः १६ लाख र ८ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने खेलाडीलाइ ४ लाख कोरियन वन प्रदान गरिने खेल संयोजक टासी शेर्पा (पासाङ शेर्पा) ले विशाल आवाजलाई बताउनुभएको छ। पुल तथा स्नुकर प्रतियोगिताको धेरै सिजन आयोजना गरिसकेको र लगभग प्राय खेलमा विजेता भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संयोजक शेर्पाले विशाल आवाजलाई बताउनुभयो । सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १३ तारिखका दिन बिहान ११...
आजको राशिफल : २०८१ असोज २३ गते (बुधबार)

आजको राशिफल : २०८१ असोज २३ गते (बुधबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । बुद्धि र विवेकको सही प्रयोग गर्न सकिने समय आएको छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् , तर एजेन्टको काममा भने नोक्सानी हुन सक्छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुनसक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानि...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले बडा दशैंको अवसरमा टिका ग्रहण कार्यक्रम गर्दै

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले बडा दशैंको अवसरमा टिका ग्रहण कार्यक्रम गर्दै

Breaking News, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारी गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दक्षिण कोरियाको सुवनमा रहेको कामना सभा हलमा अक्टोबर १२ तारिख शनिबार बेलुकी ७ बजे टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको पारिवारिक झल्को मेटाउने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजना र प्रदेश समाज अन्तर्गत रहेका ११ जिल्लाहरूको समन्वयमा बडा दशैंको अवसरमा भेटघाट, टिकाजमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको हो। कार्यक्रममा टिका जमरा ग्रहण गरी नेपाली परिकारका साथमा नेपाली पन्चेबाजाको प्रस्तुतिसँगै रम्न पाउने आयोजकले जनाएको छ। प्रवासमा रहेर पनि आफ्नो देशको मौलिकताको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्नुको साथै ...
“छक्का पञ्जा ५” अक्टोबर १२ तारिख जिन्छनको मेगाबक्समा प्रदर्शन हुँदै

“छक्का पञ्जा ५” अक्टोबर १२ तारिख जिन्छनको मेगाबक्समा प्रदर्शन हुँदै

अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ जिन्छनको मेगाबक्समा पनि अक्टोबर १२ तारिख प्रदर्शन हुने भएको छ। नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा आपतकालीन राहतकोष सहयोगार्थ अक्टोबर १२ तारिख शनिबारका दिन बेलुकी ७:३० बजे जिन्छनको मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। 충청북도 진천군 진천터미널 3층 영화관 को मेगाबक्समा प्रदर्शन हुने “छक्का पञ्जा ५” को प्रवेश शुल्क २५००० वन तोकिएको छ। चलचित्रको अग्रिम बुकिङको लागि भने पोस्टरमा दिइएको आयोजकको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ। इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा कोरियाको जिन्छन्मा प्रदर्शन गर्न लागेको चलचित्र “छक्का पञ्जा ५” हेर्न उपस्थित भइदिनुहुन जिन्छन क्षेत्रको ...
आजको राशिफल : २०८१ असोज २१ गते (सोमवार)

आजको राशिफल : २०८१ असोज २१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथ...
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाको सौलमा भएको नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन बाट अध्यक्षमा भोजपुरका अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन। दक्षिण कोरियाको राजधानी सउलमा आइतबारका दिन निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनको बन्द सत्रबाट राईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सुर्य पाठक अध्यक्ष र प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा अनी प्रवासी नेपाली मन्च कोरिया सल्लाहकार यज्ञराज सुबेदी सदस्यहरु रहेको निर्वाचन मण्डलको टोलिले लगभग मध्यराती अन्जन कुलुङ राई को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेका हुन। अधिवेशनबाट उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतमलाई चयन गरेको छ । यसैगरी स...
आजको राशिफल : २०८१ असोज २० गते (आइतवार)

आजको राशिफल : २०८१ असोज २० गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न अवसरले पछ्याउनेछ । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।   मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोलीव्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भेटघाटमा अलमलिनुपर्ला। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त...