Advertisement
Advertisement

भर्खरै

आजको राशिफलः २०८१ फागुन ४ गते आईतबार

आजको राशिफलः २०८१ फागुन ४ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो ...
आजको राशिफलः २०८१ फागुन ३ गते शनिबार

आजको राशिफलः २०८१ फागुन ३ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित...
“भ्यालेन्टाइन डे’, कोरियामा कसरी मनाइन्छ? कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्

“भ्यालेन्टाइन डे’, कोरियामा कसरी मनाइन्छ? कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियामा भ्यालेन्टाइन मनाउने चलन जापानबाट अनुसरण गरेको भन्ने मान्यता छ। उनीहरू पनि जापानमा जस्तै चकलेट, उपहार आदानप्रदान गर्छन्। कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्। दक्षिण कोरियामा उपहार नपाउनेले कालो नुडल्स: खासगरी कतैबाट उपहार नपाउने व्यक्तिले कालो रङको नुडल्स खाने रोचक चलन रहेको छ। कसैले प्रेम प्रस्ताव नगरे, उपहार नपाए उनीहरू रेस्टुरेन्टमा कालो नुडल्स खाएर पश्चाताप गर्दै बस्छन् तापनि कोरियाली भ्यालेन्टाइन्स सप्ताहलाई उनीहरूको क्यालेन्डरको सबैभन्दा रोमान्टिक समय मान्छन्। जापानमा मन पर्नेलाई चकलेट दिन्छन् संसारमा जापानी महिलालाई सबैभन्दा लजालु मानिन्छ। जापानमा सन् १९३६ देखि भ्यालेन्टाइन मनाउन सुरु गरेको मानिन्छ। जापानिजले सुरुमा पर्यटकलाई लक्षित गरी यो परम्परा सुरु गरेको हो तर बिस्तारै मायाको पर्व स्वरूप अधिकांश जापानिजहरूले भ्यालेन्टाइन मनाउन थाले। ...
कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था Society of Nepalese Students in Korea (SONSIK) ले फेब्रुअरी १५, २०२५ मा Zoom मार्फत २०२५ Global Korea Scholarship (GKS) सम्बन्धी प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।  उक्त कार्यक्रम विशेष रूपमा कोरियाली छात्रवृत्तिबारे विस्तृत जानकारी दिने तथा इच्छुक आवेदकहरूको जिज्ञासाहरू समाधान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजन SONSIK का सचिव तथा Keimyung University का मास्टर विद्यार्थी किरण सुवालले गर्नुहुने छ ।   कार्यक्रमका मुख्य विशेषताहरू निम्नानुशार रहेको छ: ✅ विद्यार्थीहरूको अनुभव तथा सुझाव साझा ✅ छात्रवृत्ति आवेदन प्रक्रिया, आवश्यक कागजात र तयारीसम्बन्धी विस्तृत जानकारी ✅ Embassy, University, तथा R&D Track सम्बन्धी मार्गदर्शन ✅ प्रत्यक्ष प्रश्नोत्तर (Q&A) सेसन   विशेष...
आजको राशिफलः २०८१ फागुन २ गते शुक्रवार

आजको राशिफलः २०८१ फागुन २ गते शुक्रवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाममा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्‍ट भोजनको अवसर मिल्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुरानो समस्याले झमेला आइलाग्‍ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्‍वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्‍नेछन् भने नयाँ कामसमेत पाइनेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)दौडधुपमा समय बित्‍नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्‍न आवश्यक देखिन्छ। व्यापारमा भने कम मात्र फाइदा होला। होशियारीसाथ काम लिनुपर्ने समय छ। फाइदाको पछि लाग्दा साथीभाइ...
पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले साधारण सभा राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। महासंघको फेब्रुअरी ९ तारिखमा बसेको औपचारिक भर्चुअल बैठकले छलफल मार्फत उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो। महासंघको कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित ३ बुदे एजेन्डा पारित गरेको छ। सार्वजनिक निर्णयको पहिलो बुदामा संस्थाको साधारणसभा, दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत शिबमाया तुम्बाहाम्फेको स्वागत तथा सार्वजनिक सुनवाइ गर्ने रहेको छ। साथै महासंघले आयोजना गर्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न कार्यसमिति र पत्रकार महासंघ कोरियाका सदस्यहरुमा आर्थिक भौतिक र नैतिक तवरले सकृय रुपमा लागि पर्न र विभिन्न संघ संस्थाहरु सँग समन्वय गर्ने निर्णय गरेको छ। कार्यक्रम मार्च ९ तारिखका दिन राजधानी सौलको दोङ्देम...
कोरियामा पनि फेब्रुअरी १३ मा भर्चुअल माध्यमद्वारा ३० औ जनयुद्ध दिवस मनाइँदै

कोरियामा पनि फेब्रुअरी १३ मा भर्चुअल माध्यमद्वारा ३० औ जनयुद्ध दिवस मनाइँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले भर्चुअल माध्यमद्वारा ३०औ जनयुद्ध दिवस मनाउने भएको छ। माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन अर्थात् फागुन १ गते नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले पनि फेब्रुअरी १३ तारिख बेलुकी कोरियन समय ८:३० ( नेपाली समय ५:१५) बजे देखि भर्चुअल माध्यम जुमद्वारा ३०औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नेभएको हो। जुमद्वारा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल र विशिष्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एशिया संगठन समिति इन्चार्ज ओम शर्मा रहने आयोजकले जनाएको छ। शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि २०७९ मा पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको थियो ।२०५२ साल फाग...
प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन फेब्रुअरी १६ मा हुने

प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन फेब्रुअरी १६ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानले आफ्नो संगठनको पाँचौं अधिबेशन फेब्रुअरी १६ मा गर्ने भएको छ । थेजन-छनान समितिको बैठक ले फेब्रुअरी १६ तारिक आइतबारका दिन बिहान ११ बजे छनान स्थित माइती घर रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ । मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागिएको थेजन-छनान कमिटिका कार्यवाहक अध्यक्ष गणेश डाँगी जानकारि दिनु भयो। तत्कालीन अध्यक्ष जीवन पौडेल केन्द्रीय कार्यसमितिमा राष्ट्रिय कमिटी सदस्यको कार्यभार सम्हालेर गएपछि थेजन-छनान कमिटिमा हाल गणेश डाँगीले कार्यवाहक अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै आएका छन्। कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि ...
आजको राशिफलः २०८१ माघ ३० गते बुधबार

आजको राशिफलः २०८१ माघ ३० गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
  मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्‍न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्‍न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्‍ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्‍न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्‍नता मिल्नेछ। विभिन्‍न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर, आफन्तको विश्‍वास गर्दा समस्या उत्पन्‍न हुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तर, आफ्नै प्रयासले लाभ मिल्न सक्छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्‍ट खानपानको आनन्द पाइएला। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुरानो समस्याले केही झमेला आइलाग्‍न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ।...
नवलपुर समाज दक्षिण कोरियाले छैटौं साधारण सभा गर्दै

नवलपुर समाज दक्षिण कोरियाले छैटौं साधारण सभा गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नवलपुर समाज दक्षिण कोरियाले फेब्रुअरी २३ तारिखका दिन सुवनमा आफ्नो छैठौँ साधारण सभा गर्ने भएको छ।  “we for all,nawalpur samaj” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित नवलपुर समाज दक्षिण कोरियाले यही आउँदो फेब्रुअरी २३ तारिख आइतबारका दिन दिउसो १२ बजे सुवन स्थित कामना हल (पाँचौं तल्ला) मा छैटौ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको हो। नवलपुर समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। फेब्रुअरी २३ तारिख आइतबारका दिन आयोजना हुने समाजको छैठौँ साधारण सभा कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल आवाजमार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।...