मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ ...
९ जेष्ठ २०८२, बिहीबार १४:०५९ जेष्ठ २०८२, बिहीबार १४:०५९ जेष्ठ २०८२, बिहीबार १४:०५ by विशाल श्रेष्ठNo Comments
पराराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघलाई आधिकारिकता दिँदै विदेशमा रहेको नेपाली दूतावासलाई बिहीबार सर्कुलर पठाएको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाविधेशनले महेश श्रेष्ठको नेतृत्वको पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको भन्दै परराष्ट्रले नेपाली दूतावासलाई सर्कुलर पठाएको हो । उच्चस्तरीय समितिले मे ३ देखि ४ तारिखसम्म काठमाडौंमा एकता महाधिवेशन गराएको थियो ।
यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेको छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएसँग सहकार्य गर्नका लागि संसारभरका कूटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेकोमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सचिव...
९ जेष्ठ २०८२, बिहीबार १३:५७९ जेष्ठ २०८२, बिहीबार १३:५७९ जेष्ठ २०८२, बिहीबार १३:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर सुवनमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउल र किम्हेमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर जिल्लाको पर्यटन प्रवर्द्धनको निम्ति पाँचथर सेवा समाज दक्षिण कोरियाले यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे सुवनको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाका प्रदर्शन अधिकार पाएको पाँचथर सेवा समाज दक्षिण कोरियाले सुवन स्थित 경기도 수원시 팔달구 행궁로 71(팔달로 3가) 16261 मेगाबक्समा प्रदर्शन गरिने ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको सुवन सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।
अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित ...
९ जेष्ठ २०८२, बिहीबार १३:२९९ जेष्ठ २०८२, बिहीबार १३:२९९ जेष्ठ २०८२, बिहीबार १३:२९ by विशाल श्रेष्ठNo Comments
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।
𝘀𝗼𝘂𝗿𝗰𝗲:𝗛𝗶𝗺𝗮𝗹 𝘁𝗶𝗺𝗲𝘀...
९ जेष्ठ २०८२, बिहीबार १३:२३९ जेष्ठ २०८२, बिहीबार १३:२३९ जेष्ठ २०८२, बिहीबार १३:२३ by विशाल श्रेष्ठNo Comments
कोरियाको गुमीमा मे २७ देखि मे ३१ तारिक सम्म पाँचदिन सम्म हुने गुमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिपमा नेपालका ५ खेलाडी सहभागि हुने भएको छ। गूमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिप मे २७ देखि मे ३१ तारिक सम्म पाँचदिन दक्षीण कोरियाको सांस्कृतिक तथा पर्यटकीय सहर गुमी (구미시) मा आयोजना हुदैछ ।
जस्मा नेपालबाट ५ खेलाडि सँगै एक पदाधीकारीले नेपाललाई प्रतिनिधित्व गर्नेछन् सहभागि हुन कोच उषाकुमारी चौधरिको नेतृत्वमा ज्याभलिन थ्रो की चन्द्रकला लामगादे, १५००m रनीङकी फुलमाया राना, लङजम्पका सलिम खान, १००मिटर रनिङमा शिवराज पार्की साथै १५०० मि र ५००० मिटर रनिङमा मुकेश पाल ले नेपाललाई प्रतिनिधित्व गर्नुहुनेछ । यो खेल एसियालि एथ्लेटिक्सकै सबैभन्दा प्रतिष्ठित साथै ठुलो खेलको रुपमा लिइन्छ ! गुमी खेलमा एसियाली ४५ देशका १२०० वढि खेलाडीले सहभागि जनाउने छन् । यो खेललाई टोक्यो ओलम्पिक २०२६ को छनौटखेलको रुपमा लिईन्छ...
९ जेष्ठ २०८२, बिहीबार ०१:५५९ जेष्ठ २०८२, बिहीबार ०१:५५९ जेष्ठ २०८२, बिहीबार ०१:५५ by विशाल श्रेष्ठNo Comments
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल बागमती प्रदेशको अध्यक्षमा भक्तपुरका नरेश रञ्जित चयन भएका छन् । भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न पहिलो प्रदेश सम्मेलनको बन्द सत्रबाट रञ्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी चयन भएका छन् । यस्तै सचिवमा प्रदीप तामाङ ङेमासङ निर्वाचित भएका छन् ।
सहसचिवका रूपमा विष्णु नेगी, अर्जुन तामाङ, सुदीप केसी, विकास श्रेष्ठ, सनम महर्जन (जनजाति) र प्रीति तामाङ (महिला) चयन भएका छन् भने रोमी घले कोषाध्यक्ष बनेका छन् ।
नवअध्यक्ष रञ्जित यसअघि वाईसीएलका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज थिए। उनी माओवादी केन्द्रको मध्यपुर थिमि नगर उपाध्यक्ष पनि हुन् ।
सम्मेलनमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ द्वारा प्रस्तुत प्यानल सर्वसम्मत रूपमा पारित भएप...
९ जेष्ठ २०८२, बिहीबार ०१:२०९ जेष्ठ २०८२, बिहीबार ०१:२०९ जेष्ठ २०८२, बिहीबार ०१:२० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ गर्नुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
भाग्य बलियो रहेको छ । धार्मिक कार्यमा मन जानेछ । अध्यात्ममा रुचि बढ्नेछ मानसिक शान्ति होला । तिर्थयात्राको योग पनि रहेको छ । गुरुजनहरुबाट अधिक लाभ लिन सकिनेछ । कार्यको आरम्भ गर्दा आमाबुबाको चरणमा दण्डवत गरेर कार्यको आरम्भ गर्नु...
८ जेष्ठ २०८२, बुधबार १४:३०८ जेष्ठ २०८२, बुधबार १४:३०८ जेष्ठ २०८२, बुधबार १४:३० by एलिनाNo Comments
काठमाडौँ, जेष्ठ ७ –
देशमा भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले यसलाई नियमन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बनेपछि तत्कालीन अवस्था सुधार गर्न समिति गठन गरिएको हो ।
“हामीले हालै देखिरहेका छौँ कि धेरै नागरिक पर्यटक भिसामा विभिन्न देशहरूमा गएर त्यहीँ अवैधानिक रूपमा रोजगारीमा लागिरहेका छन ”ढकालले भने, “यसले नेपाल सरकारको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ । ”
उनका अनुसार गठित समितिले भिजिट भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधार गर्न सिफारिस गर्नेछ । साथै, विदेशी नियोगहरूसँग समन्वय गर्दै गलत प्रयोग रोक्न कानुनी र प्रशासनिक संयन्त्र निर्माणमा ध्यान दिनेछ ।
२०८० माघ १० गते देखी लागु भएको भिजिट भिजा सम्वन्धि ६ बुद्धे कार्यविधिलाई हेरफेर गरि नयाँ का...
८ जेष्ठ २०८२, बुधबार ०८:५८८ जेष्ठ २०८२, बुधबार ०८:५८८ जेष्ठ २०८२, बुधबार ०८:५८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा भलिबल प्रतियोगिताको शुरुवात गर्ने संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको आयोजनामा कोरियामै पहिलो पटक मे १५ तारिख आयोजना गर्दै गरेको प्रौढ भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। १३ टिमको सहभागीता रहने प्रतियोगिताको गत आइतबार टाइसिट सार्वजनिक गरिएको हो।
स्वास्थ्यका लागी खेल, सद्भाव र समन्वयको मेल भन्ने मूल नाराका साथ प्रथम म्याग्दी प्रौढ भलिबल कप २०२५ आयोजना गरिएको हो। यो प्रतियोगिता कोरियामै पहिलो प्रतियोगिता हो । यहि मे २५ तारिक आइतबारका दिन बिहान ९ बजेदेखी फेन्तेक माइग्रेसन सेन्टरको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा ३५ बर्ष नाघेका खेलाडीले मात्रै सहभागिता जनाउन सक्नेछन् । खासगरी सहज भिसा प्रणालीका कारण कोरिया बसाइ लम्बिएका तर यूवा प्रतियोगितामा सहभागिता जनाउन नसक्ने र भलिबलमा रुचि भएका वा पूर्व खेलाडीहरुलाइ समेट्न यो प्रतियोगिता आयो...
८ जेष्ठ २०८२, बुधबार ०२:१८८ जेष्ठ २०८२, बुधबार ०२:१८८ जेष्ठ २०८२, बुधबार ०२:१८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम केहि वर्ष अगाडिदेखि भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुदै आएको उभौली साकेला यसपालि पनि सुवनको सोहि पार्कमा मे २५ तारिख आइतबारका दिन ११ बजेदेखि मनाइने भएको छ।
“नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा पनि यही मे महिनाको २५ तारिक आईतबारका दिन मनाईने भएको हो।
किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाई...