आजको राशिफल : २०८० भाद्र १ गते (शुक्रवार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका आउला।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। तत्काल समस्या देखिए पनि पछिलाई फाइदा हुनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन। काममा गरिने सम्झौता तत्काललाई रोकिन सक्छ। व्यापारमा न्यून फाइदा हुनेछ। सहयोगीहरू अनायासै पन्छिन सक्छन्। तापनि अध...



