Advertisement
Advertisement

भर्खरै

राप्ती समाज दक्षिण कोरियाद्वारा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज २०२६’ आयोजना हुने

राप्ती समाज दक्षिण कोरियाद्वारा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज २०२६’ आयोजना हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियन नयाँ वर्ष तथा महाशिवरात्रिको पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती समाज दक्षिण कोरिया ले फेब्रुअरी १५ तारिक सौलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले आगामी फेब्रुअरी १५, २०२६ (आइतबार) का दिन ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रम साँझ ६ः३० बजे देखि सउल सिटी, जोङनो-गु, जोङनो ६३–८ (२ तला, पानोरोमा हल) मा हुने छ। कार्यक्रममा बागलुङे नौमती पञ्चेबाजा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखा को लाइभ म्युजिक प्रस्तुति, विविध नृत्य कार्यक्रम, मादल, बाँसुरी लगायतका वाद्ययन्त्रको साथमा राप्ती क्षेत्रको स्थानीय झ्याउरे नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै सहभा...
फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने

फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन आगामी २०२६ फेब्रुअरी ८ तारिख (आइतबार) का दिन सम्पन्न हुने भएको छ। फोनिज दक्षिण कोरियाको कार्यसमितिको हालै सम्पन्न बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो। कार्यवाहक अध्यक्ष उत्तम खजुम को अध्यक्षतामा बसेको बैठकले सउलस्थित दोङदेमुनको ‘नेपाली थाइ रेस्टुरेन्ट’ को सभाहल मा अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाएको छ। अधिवेशनको मिति सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष खजुमले सोही दिन अन्य संघ–संस्थाहरूलाई आफ्ना कार्यक्रमहरू नजुधाइदिन आग्रह गरेका छन्। उनले भने, “संस्थाको साङ्गठनिक सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका लागि चौथो अधिवेशनको मिति घोषणा गरिएको हो। यस ऐतिहासिक अवसरलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछौँ।” अधिवेशन सफल बनाउन कार्यसमिति तथा सल्लाहकारहरू तयारीमा सक्रिय रूपमा जुटिसकेको जनाइएको छ। अध...
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन सम्पन्न, डम्बर केदेमको नेतृत्वमा नया कार्यसमिती चयन

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन सम्पन्न, डम्बर केदेमको नेतृत्वमा नया कार्यसमिती चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन सम्पन्न, डम्बर केदेमको नेतृत्वमा नया कार्यसमिती चयन दक्षिण कोरियामा सक्रिय ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन आज २०२६ जनवरी ११ तारिखका दिन दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। साथै कार्यक्रममा पूर्वी नेपालको १४ जिल्ला तथा २ जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, कोरियामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवीको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छः अध्यक्ष: डम्बर केदेम वरिष्ठ उपाध्यक्ष: नविन ताम्लिङ उपाध्यक्षहरू: – राजन सौदेन – रुपेश पालुङगा – मनिता राई महासचिव: ...
फिटनेस नेपालले यो वर्ष पनि 3rd Mr Fitness Nepal competition अगष्ट २ मा आयोजना गर्दै

फिटनेस नेपालले यो वर्ष पनि 3rd Mr Fitness Nepal competition अगष्ट २ मा आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
“स्वास्थ्य नै धन हो” भन्ने मूल नाराका साथ फिटनेस नेपालको आयोजनामा यस वर्ष पनि 3rd Mr. Fitness Nepal Competition (Men’s Physique) आयोजना हुने भएको छ। कोरियामा रहेका फिटनेसप्रेमी नेपाली युवाहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०२६ अगस्ट २ तारिखका दिन दक्षिण कोरियामा सम्पन्न हुने आयोजकले जनाएको छ। जिममा निरन्तर अभ्यास गर्दै आएका तथा स्टेजमा आफ्नो शारीरिक क्षमता, आत्मविश्वास र अनुशासन प्रस्तुत गर्न चाहने सहभागीहरूका लागि यो प्रतियोगिता उत्कृष्ट अवसरका रूपमा लिइएको छ। प्रतियोगितामार्फत सहभागीहरूलाई फिटनेसप्रति थप प्रेरणा मिल्ने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण हुने र आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य कोरियामा रहँदै पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सकिने सही जीवनशैलीबारे सकारात्मक सन...
याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन सम्पन्न, गोकुल लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन सम्पन्न, गोकुल लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको याङ्सान क्षेत्रमा क्रियाशील याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन सन् २०२६ जनवरी ४ (आइतबार) का दिन भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। “प्रवासी भूमिमा नेपाली एकता, आपसी मेलमिलाप तथा सहयोग हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सम्पन्न महाअधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ। महाअधिवेशनले विगतदेखि संस्थालाई कुशल नेतृत्व प्रदान गर्दै सफलतापूर्वक सञ्चालन गर्नु भएका निवर्तमान अध्यक्ष श्री दिनेश हरिजनज्यू तथा सम्पूर्ण निवर्तमान पदाधिकारीहरूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ। उक्त महाअधिवेशनबाट सर्वसम्मत रूपमा श्री गोकुल लिम्बु (मोरङ) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमिति संरक्षक दिनेश हरिजन जिना गुरुङ प्रमुख सल्लाहकारहरू मुकेश बज्राचार्य (काठमाडौं) मिराज...
विदेशी भूमिमा नेपालीको दबदबा कोरियाली कम्पनीको म्यानेजर, घर–साधनसहित पाए कोरियन नागरिक सरह सुविधा

विदेशी भूमिमा नेपालीको दबदबा कोरियाली कम्पनीको म्यानेजर, घर–साधनसहित पाए कोरियन नागरिक सरह सुविधा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विराटनगर निवासी सुदिप ढकालले दक्षिण कोरियामा आफ्नो मेहनत, दक्षता र इमानदारिताको बलमा उल्लेखनीय सफलता हासिल गर्दै नेपाली समुदायको शिर उच्च बनाएका छन्। कोरियाली उद्योग 한국메탈 & 가온메탈 ले उनलाई कम्पनीको सबैभन्दा उच्च व्यवस्थापकीय पद 공장장님 (फ्याक्ट्री म्यानेजर) मा नियुक्त गरेको हो। लामो समयदेखि निरन्तर अनुशासन, जिम्मेवारीपूर्ण कार्यशैली र परिणाममुखी नेतृत्व प्रदर्शन गर्दै आएका ढकालले कोरियाली व्यवस्थापनको पूर्ण विश्वास जित्न सफल भएका छन्। उनको कार्यक्षमताको कदरस्वरूप कम्पनीले उनलाई बसोबासको लागि घर, सवारी साधनसहित कोरियन नागरिकलाई प्रदान गरिने स्तरका सम्पूर्ण सुविधाहरू उपलब्ध गराएको छ। विदेशी भूमि, फरक भाषा र संस्कृतिका बीच पनि निरन्तर संघर्ष र धैर्यका साथ अघि बढेका ढकालका लागि यो उपलब्धि सजिलै प्राप्त भएको होइन। सुरुवाती दिनहरूका चुनौती, लामो कार्यसमय र बढ्दो जिम्मेवारीका बाबजुद उनले कहि...
नेतृत्व कब्जा, विधान उल्लङ्घन र विवादित अधिवेशनले संगठनको विश्वसनीयतामाथि प्रश्न ,जनसम्पर्क समिति दक्षिण कोरिया उप–सभापति महताको गम्भीर आरोप

नेतृत्व कब्जा, विधान उल्लङ्घन र विवादित अधिवेशनले संगठनको विश्वसनीयतामाथि प्रश्न ,जनसम्पर्क समिति दक्षिण कोरिया उप–सभापति महताको गम्भीर आरोप

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाली काङ्रेस प्रवास संगठनका रूपमा स्थापित नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया पछिल्लो समय गम्भीर नेतृत्व संकट, विधान उल्लङ्घन र आन्तरिक अलोकतान्त्रिक अभ्यासको चपेटामा परेको उप–सभापति जितेन्द्र महताको आरोप छ। संगठनभित्र देखिएको नेतृत्व शैली, निर्णय प्रक्रिया र आचरणले यसको गरिमा, विश्वसनीयता र आन्तरिक लोकतन्त्र नै संकटमा परेको महताले सामाजिक सन्जाल मार्फत जनाएका छन। वर्तमान सभापतिले विभिन्न बहाना प्रस्तुत गर्दै निरन्तर रूपमा कार्यकाल लम्ब्याउने प्रयास गर्नु, अघिल्लो अधिवेशनमा पूर्व सभापतिहरूबीच भएको आलोपालो नेतृत्व गर्ने भद्र सहमति उल्लङ्घन गर्नु, तथा विधानले तोकेको समयसीमाभन्दा ४–५ वर्ष बढी नेतृत्व सम्हालिसकेपछि पनि संगठन कब्जा गर्ने हत्कण्डा अपनाउनु लोकतान्त्रिक अभ्यासको खुला अपमान भएको भन्दै महताले गम्भीर आरोप लगाएका हुन । नेतृत्व पद जिम्मेवारी र सेवाका लागि हुने हो, व्यक्तिगत स्वा...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन २०२६ जनवरी १८ मा हुने 

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन २०२६ जनवरी १८ मा हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
" प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवश्यकता " भन्ने मूल नाराका साथ स्थापित गरिएको नेपाली फुटबल क्लबहरुको एक मात्र छाता संस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन सन २०२६ जनवरी १८ तारिख आइतबारको दिन दक्षिण कोरियाको राजधानी सौल स्थित दोंग्देमुनमा आयोजना गरिने भएको छ l  उक्त तेस्रो अधिबेशनमा कोरियामा क्रियाशिल रहेका फुटबल क्लबहरुका प्रतिनिधिहरु , फुटबलमा समर्पित अग्रज व्यक्तित्वहरु , पुरुष / महिला फुटबल खेलाडीहरु र समस्त फुटबलप्रेमी महानुभावहरुलाई हार्दिक हार्दिक निमन्त्रणा गर्दछौ l  बिशेष फुटबल क्षेत्रमा संगठनात्मक एकता , बिकास र लोकतान्त्रिक अभ्यासबाट सशक्त रुपमा सफलतापुर्बक सम्पन्न गर्नको लागि समस्त फुटबलप्रेमीहरुलाइ एकजुट हुनको निम्ति आब्वान गर्दछौ l...
राप्ती समाज दक्षिण कोरियाद्वारा “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना हुँदै

राप्ती समाज दक्षिण कोरियाद्वारा “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) को अवसर पारेर आगामी फेब्रुअरी १५, २०२६ का दिन सोल, दक्षिण कोरिया मा भव्य “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ। समाजको शीर्ष तहमा भएको छलफलबाट उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन कार्यक्रम अवधिभर कार्यकारी हुने गरी दुई वटा विभाग गठन गरिएको राप्ती समाजले जनाएको छ। आर्थिक विभाग अन्तर्गत १) चन्द्रप्रकाश घर्ती २) नरेश घर्ती ३) श्रीधर ढकाल ४) गिरबहादुर बुढा ५) गोपाल बुढा   त्यसैगरी प्रचारप्रसार विभाग मा १) डिबी मगर २) वर्षा भण्डारी ३) ओमप्रकाश पुन ४) युवराज घर्ती ५) सरद पाण्डे ६) प्रदिप बुढा मगर लाई जिम्मेवारी तोकिएको छ। समाजले कार्यक्रममा सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्दै प्रचारप्रसार तथा स...
GEN-Z United परिवर्तन दक्षिण कोरियाले कोरियाव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता गर्दै

GEN-Z United परिवर्तन दक्षिण कोरियाले कोरियाव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
GEN-Z United परिवर्तन दक्षिण कोरिया ले नयाँ वर्ष २०२६ को अवसर पारेर कोरियावासी नेपाली युवाहरू लक्षित गर्दै खुला अनलाइन कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। “Gen-Z आन्दोलनको भावना” शीर्षकमा आयोजना हुने उक्त कविता प्रतियोगिता अनलाइन माध्यमबाट सञ्चालन हुने आयोजकले जनाएको छ। संस्थाले इच्छुक कविहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै कविता भिडियोमार्फत वाचन गरेर पठाउनुपर्ने जनाएको छ। प्रतियोगितामा गद्य तथा पद्य दुवै विधाका कविता सहभागी गराउन सकिनेछ भने कविता यसअघि प्रकाशित, प्रसारित वा अन्य प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने सर्त राखिएको छ। आयोजकका अनुसार कविता २ देखि ५ मिनेट अवधिको भिडियोमा वाचन गरिएको हुनुपर्नेछ। सहभागीहरूले आफ्नो कविता सन् २०२६ जनवरी १ देखि १० सम्म तोकिएको ठेगानामा पठाउनुपर्नेछ। प्राप्त कविताहरू GEN-Z United परिवर्तन दक्षिण कोरियाको आधिकारिक पेजमा ...