राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) को अवसर पारेर आगामी फेब्रुअरी १५, २०२६ का दिन सोल, दक्षिण कोरिया मा भव्य “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ।
समाजको शीर्ष तहमा भएको छलफलबाट उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन कार्यक्रम अवधिभर कार्यकारी हुने गरी दुई वटा विभाग गठन गरिएको राप्ती समाजले जनाएको छ।
आर्थिक विभाग अन्तर्गत
१) चन्द्रप्रकाश घर्ती
२) नरेश घर्ती
३) श्रीधर ढकाल
४) गिरबहादुर बुढा
५) गोपाल बुढा
त्यसैगरी प्रचारप्रसार विभाग मा
१) डिबी मगर
२) वर्षा भण्डारी
३) ओमप्रकाश पुन
४) युवराज घर्ती
५) सरद पाण्डे
६) प्रदिप बुढा मगर
लाई जिम्मेवारी तोकिएको छ।
समाजले कार्यक्रममा सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्दै प्रचारप्रसार तथा सहयोग गर्न समेत आग्रह गरेको छ। राप्ती क्षेत्रको कला, संस्कृति र आपसी सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त कार्यक्रम भव्य र स्मरणीय बनाउने तयारीमा समाज जुटिसकेको छ।









