" प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवश्यकता " भन्ने मूल नाराका साथ स्थापित गरिएको नेपाली फुटबल क्लबहरुको एक मात्र छाता संस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन सन २०२६ जनवरी १८ तारिख आइतबारको दिन दक्षिण कोरियाको राजधानी सौल स्थित दोंग्देमुनमा आयोजना गरिने भएको छ l
उक्त तेस्रो अधिबेशनमा कोरियामा क्रियाशिल रहेका फुटबल क्लबहरुका प्रतिनिधिहरु , फुटबलमा समर्पित अग्रज व्यक्तित्वहरु , पुरुष / महिला फुटबल खेलाडीहरु र समस्त फुटबलप्रेमी महानुभावहरुलाई हार्दिक हार्दिक निमन्त्रणा गर्दछौ l
बिशेष फुटबल क्षेत्रमा संगठनात्मक एकता , बिकास र लोकतान्त्रिक अभ्यासबाट सशक्त रुपमा सफलतापुर्बक सम्पन्न गर्नको लागि समस्त फुटबलप्रेमीहरुलाइ एकजुट हुनको निम्ति आब्वान गर्दछौ l...
१५ पुष २०८२, मंगलवार ०९:०५१५ पुष २०८२, मंगलवार ०९:०५१५ पुष २०८२, मंगलवार ०९:०५ by एलिनाNo Comments
राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) को अवसर पारेर आगामी फेब्रुअरी १५, २०२६ का दिन सोल, दक्षिण कोरिया मा भव्य “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ।
समाजको शीर्ष तहमा भएको छलफलबाट उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन कार्यक्रम अवधिभर कार्यकारी हुने गरी दुई वटा विभाग गठन गरिएको राप्ती समाजले जनाएको छ।
आर्थिक विभाग अन्तर्गत
१) चन्द्रप्रकाश घर्ती
२) नरेश घर्ती
३) श्रीधर ढकाल
४) गिरबहादुर बुढा
५) गोपाल बुढा
त्यसैगरी प्रचारप्रसार विभाग मा
१) डिबी मगर
२) वर्षा भण्डारी
३) ओमप्रकाश पुन
४) युवराज घर्ती
५) सरद पाण्डे
६) प्रदिप बुढा मगर
लाई जिम्मेवारी तोकिएको छ।
समाजले कार्यक्रममा सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्दै प्रचारप्रसार तथा स...
१५ पुष २०८२, मंगलवार ०२:४७१५ पुष २०८२, मंगलवार ०२:४७१५ पुष २०८२, मंगलवार ०२:४७ by एलिनाNo Comments
GEN-Z United परिवर्तन दक्षिण कोरिया ले नयाँ वर्ष २०२६ को अवसर पारेर कोरियावासी नेपाली युवाहरू लक्षित गर्दै खुला अनलाइन कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। “Gen-Z आन्दोलनको भावना” शीर्षकमा आयोजना हुने उक्त कविता प्रतियोगिता अनलाइन माध्यमबाट सञ्चालन हुने आयोजकले जनाएको छ।
संस्थाले इच्छुक कविहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै कविता भिडियोमार्फत वाचन गरेर पठाउनुपर्ने जनाएको छ। प्रतियोगितामा गद्य तथा पद्य दुवै विधाका कविता सहभागी गराउन सकिनेछ भने कविता यसअघि प्रकाशित, प्रसारित वा अन्य प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने सर्त राखिएको छ।
आयोजकका अनुसार कविता २ देखि ५ मिनेट अवधिको भिडियोमा वाचन गरिएको हुनुपर्नेछ।
सहभागीहरूले आफ्नो कविता सन् २०२६ जनवरी १ देखि १० सम्म तोकिएको ठेगानामा पठाउनुपर्नेछ। प्राप्त कविताहरू GEN-Z United परिवर्तन दक्षिण कोरियाको आधिकारिक पेजमा ...