Advertisement
Advertisement

नेतृत्व कब्जा, विधान उल्लङ्घन र विवादित अधिवेशनले संगठनको विश्वसनीयतामाथि प्रश्न ,जनसम्पर्क समिति दक्षिण कोरिया उप–सभापति महताको गम्भीर आरोप

Advertisement
Advertisement

नेपाली काङ्रेस प्रवास संगठनका रूपमा स्थापित नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया पछिल्लो समय गम्भीर नेतृत्व संकट, विधान उल्लङ्घन र आन्तरिक अलोकतान्त्रिक अभ्यासको चपेटामा परेको उप–सभापति जितेन्द्र महताको आरोप छ। संगठनभित्र देखिएको नेतृत्व शैली, निर्णय प्रक्रिया र आचरणले यसको गरिमा, विश्वसनीयता र आन्तरिक लोकतन्त्र नै संकटमा परेको महताले सामाजिक सन्जाल मार्फत जनाएका छन।
वर्तमान सभापतिले विभिन्न बहाना प्रस्तुत गर्दै निरन्तर रूपमा कार्यकाल लम्ब्याउने प्रयास गर्नु, अघिल्लो अधिवेशनमा पूर्व सभापतिहरूबीच भएको आलोपालो नेतृत्व गर्ने भद्र सहमति उल्लङ्घन गर्नु, तथा विधानले तोकेको समयसीमाभन्दा ४–५ वर्ष बढी नेतृत्व सम्हालिसकेपछि पनि संगठन कब्जा गर्ने हत्कण्डा अपनाउनु लोकतान्त्रिक अभ्यासको खुला अपमान भएको भन्दै महताले गम्भीर आरोप लगाएका हुन ।

नेतृत्व पद जिम्मेवारी र सेवाका लागि हुने हो, व्यक्तिगत स्वार्थ र कब्जाका लागि होइन भन्ने मान्यतालाई नेतृत्व स्वयंले आत्मसात् गर्न नसक्दा संगठन आज गम्भीर मोडमा पुगेको यद्यपि, यस्ता अलोकतान्त्रिक प्रयासका बाबजुद पनि दक्षिण कोरियाका विभिन्न क्षेत्रका कार्यकर्ता र प्रतिनिधिहरू नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट, संगठित र मजबुत रूपमा उभिनु संगठनभित्र अझै पनि लोकतान्त्रिक मूल्य र विधिप्रतिको आशा जीवित रहेको उनको पोस्टमा बुझ्न् सकिन्छ ।

यो आवाज कुनै व्यक्ति वा समूहविरुद्ध नभई संगठनलाई सही
संगठनभित्र नियमित बैठक नबसी, कार्यसमितिमा छलफल नगरी आफूखुसी एकल निर्णय लिने अभ्यास संस्थागत प्रक्रियाको घोर उल्लङ्घन भएको आरोप छ। यस्तो प्रवृत्तिले सामूहिक नेतृत्व, उत्तरदायित्व र आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँदै लगेको बताइन्छ।

यती मात्रै नभै कृयाशील सदस्यता वितरण प्रक्रिया पूर्ण रूपमा अपारदर्शी रहनु, नेतृत्व स्वयं नै कृयाशील संयोजक भएर पुनः नेतृत्वमा दाबी गर्नु, सीमित व्यक्तिमा मात्र सूचना सीमित रहनु तथा कार्यसमिति नै बेखबर रहनुले संगठनलाई झनै कमजोर बनाएको उनको टिमले निष्कर्ष निकालिएको छ।

उप–सभापति जीतेन्द्र सिंह महता द्वारा जारी गम्भीर ध्यानाकर्षण पत्रमार्फत निम्न मागहरू सार्वजनिक रूपमा अघि सारिएका छन्–
• विधानअनुसार समयमै अधिवेशन सुनिश्चित गरियोस्
• कार्यकाल लम्ब्याउने कुनै पनि अलोकतान्त्रिक अभ्यास तत्काल रोकियोस्
• सबै निर्णय औपचारिक बैठकमार्फत मात्र गरियोस्
• कृयाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी, न्यायोचित र सार्वजनिक बनाइयोस्
• नेतृत्व परिवर्तनको स्वाभाविक र लोकतान्त्रिक मागलाई सम्मान गरियोस्

महताले समयमै अधिवेशन गर्न, सबै निर्णय औपचारिक बैठकमार्फत लिन र पारदर्शी तथा विधिसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्न माग गरेका छन्। साथै थेगु क्षेत्रीय अधिवेशनसम्बन्धी विवादलाई समाधान नगरी गरिएका निर्णयहरू स्थगित गर्नुपर्ने उनको जोड छ।

उनले नेपाली जनसम्पर्क समिति कुनै व्यक्ति विशेषको नभई प्रवासी नेपालीहरूको साझा संस्था भएको उल्लेख गर्दै संगठन जोगाउन आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×