Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ श्रावण ३० गते शुक्रबार

आजको राशिफल: २०८२ श्रावण ३० गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन ऊर्जा र आत्मविश्वासले भरिपूर्ण हुनेछ। नयाँ योजना बनाउन सक्नुहुन्छ। जोखिम लिन मन लाग्नेछ तर सोचविचार गरेर अघि बढ्नु लाभदायक हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धेरै जिम्मेवारी आइपर्न सक्छ। संयमित भएर काम गर्नुहोस्। आर्थिक पक्षमा बचतको योजना बनाउने समय छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न सकिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग समय बिताउन सकिनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। मनमा शान्ति रहनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ ज्ञान सिक्ने अवसर आउनेछ। अध्या...
दक्षिण कोरियामा बाढी–पहिरोको प्रकोप, ३ जनाको मृत्यु

दक्षिण कोरियामा बाढी–पहिरोको प्रकोप, ३ जनाको मृत्यु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्। यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्। हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ। कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।...
राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सेप्टेम्बर ७ मा

राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सेप्टेम्बर ७ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा रहेका राप्तीवासीहरुको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन आगामी सेप्टेम्बर ७, आइतबार बिहान ११:०० बजे सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा आयोजना गर्ने भएको छ। अधिवेशन नयाँ कार्यसमिति चयन गर्ने तथा आपसी सहयोग, सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। “हामी जहाँ भएपनी हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको राप्ती समाज दक्षिण कोरियाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचारा अभिवृद्धि गर्दै आएको छ। हालको छैटौं कार्यसमितिको कार्यकाल पूरा भएपछि, अब आगामी दुई वर्षका लागि नयाँ सातौं कार्यसमिति चयन गर्नुपर्ने भएकाले अधिवेशन आयोजना गरिएको संस्थाका अध्यक्ष अमृत के...
कर्णाली प्रदेश समाजद्वारा दक्षिण कोरियामा हरितालिका तीज विशेष कार्यक्रम हुने 

कर्णाली प्रदेश समाजद्वारा दक्षिण कोरियामा हरितालिका तीज विशेष कार्यक्रम हुने 

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – कर्णाली प्रदेश समाज, दक्षिण कोरियाले नेपाली नारीहरुको महान चाड “हरितालिका तीज विशेष कार्यक्रम–२०२५” भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२५ अगष्ट २४ तारिक (आइतबार) का दिन बिहान ठीक ११:०० बजे सुवनमा हुने आयोजकले जनाएको छ।  सुवनस्थित 베트카트 레스토랑 (भेटघाट रेस्टुरेन्ट, सभाहल) मा हुने यस कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। आयोजक समितिका अनुसार, कार्यक्रममा तीजको सांस्कृतिक नृत्य, गीत–संगीत तथा नेपाली स्वादका परिकारहरूको विशेष व्यवस्था हुनेछ। कोरियामा रहेका नेपाली समुदायबीच आपसी भेटघाट, एकता र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउन यो कार्यक्रमले विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ। 📅 मिति: २०२५ अगष्ट २४ (आइतबार) 🕚 समय: बिहान ११:०० बजे 📍 स्थान: 경기도 수원시...
सउलमा सुपा देउराली तीज विशेष कार्यक्रम हुने

सउलमा सुपा देउराली तीज विशेष कार्यक्रम हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको आयोजनामा भव्य सुपा देउराली तीज विशेष कार्यक्रम–२०२५ आउँदो २०२५ अगस्ट २४ गते (आइतबार) सउलमा हुने भएको छ। नेपाली नारीहरूको महान चाड हरितालिका तीज लाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा सांस्कृतिक, मनोरञ्जनात्मक तथा सामाजिक एकताको वातावरण सृजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम 서울시 중구 퇴계로 417 (सिन्दाङयक ४ नं. गेटबाट १०० मिटर अगाडि) मा बिहान ११:०० बजे देखि साँझ ७:०० बजे सम्म सञ्चालन हुनेछ।आयोजकका अनुसार, कार्यक्रममा प्रख्यात लोकगायक–गायिकाहरूको तीज प्रस्तुति, स्थानीय कलाकारहरूको नृत्य तथा गीत, रचनात्मकता र सांस्कृतिक प्रस्तुति, साथै स्वादिष्ट दर परिकारको विशेष व्यवस्था गरिनेछ। यस अवसरमा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।...
आजको राशिफल: २०८२ श्रावण २९ गते बिहीबार

आजको राशिफल: २०८२ श्रावण २९ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको भावना तीव्र र संवेदनशील हुनेछ। परिवारसँग समय बिताउँदा मन रमाउनेछ। केही पुराना कुराहरू सम्झेर भावुक हुन सक्नुहुन्छ। काममा नयाँ तरिकाले सोच्न मन लाग्नेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धनको व्यवस्थापनमा सावधानी अपनाउनु पर्नेछ। अनावश्यक खर्चले समस्या निम्त्याउन सक्छ। साथीभाइबाट सहयोग र सुझाव प्राप्त हुनेछ। मनमा शान्ति खोज्न ध्यान वा प्रकृतिमा समय बिताउनु लाभदायक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कामको चाप बढ्न सक्छ। तर साँझमा विश्रामले मनको थकान कम गर्नेछ। नयाँ सिर्जनात्मक कार्यमा मन लाग्नेछ। यात्रा वा नयाँ ज्ञान हासिल गर्ने अवसर आउनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्य र मित्रता विस्तार हुने दिन हो। पुराना सम्बन्धहरूमा सुधार आउनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। सिंह (मा, म...
सेप्टेम्बर २१ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’,अग्रिम अनलाइन बुकिङ खुला

सेप्टेम्बर २१ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’,अग्रिम अनलाइन बुकिङ खुला

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ‘जारी’ को सिक्वेल ‘जारी २’ यही सेप्टेम्बर २१ (आइतबार) मा दक्षिण कोरियाको सुवनस्थित अत्याधुनिक सुविधा सम्पन्न MEGABOX हलमा प्रदर्शन हुने भएको छ। Manggena Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो विशेष ‘Suwon Show’ का लागि अग्रिम अनलाइन बुकिङ खुला गरिएको आयोजकले जनाएको छ। दशैंको छेको पारेर असोज ३ गतेदेखि संसारभर रिलिज हुन लागेको ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। निर्देशक उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्...
पार्वती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच स्वास्थ्य सहयोग सम्झौता अब निःशुल्क उपचार सेवा

पार्वती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच स्वास्थ्य सहयोग सम्झौता अब निःशुल्क उपचार सेवा

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि ठूलो राहतको खबर आएको छ। पार्वती मोक्तान नेतृत्वको गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया र कोरियाली चिकित्सक समाजबीच नेपाली श्रमिक, विद्यार्थी तथा कागजात नवीकरण नभएकाहरूलाई समेत स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने सम्झौता भएको हो। बुधबार एयस डकाष्टको कार्यालयमा विशेष कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता पत्रमा NRNA दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तान र कोरियाली चिकित्सक समाजका अध्यक्ष इम सक योङले हस्ताक्षर गरे। सम्झौता अनुसार, आउँदो सेप्टेम्बर २० देखि कोरियामा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्। हरेक दुई महिनामा एकपटक स्वास्थ्य शिविर सञ्चालन हुनेछ, जसमा बिरामी जाँचदेखि आवश्यक औषधि उपलब्ध गराइनेछ। चिकित्सक समाजले औषधि, जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउनेछ भने NRNA दक्षिण कोरियाले प्रचार–प्रसार, बिरामी...
दक्षिण कोरियामा नेपाल गोरखा परिवारको १३औं अधिवेशन—१७ अगस्टका लागि सम्पूर्ण तयारी पूरा 

दक्षिण कोरियामा नेपाल गोरखा परिवारको १३औं अधिवेशन—१७ अगस्टका लागि सम्पूर्ण तयारी पूरा 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आगामी १७ अगस्ट २०२५ (आइतबार) का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा संस्थले १३औं अधिवेशन गर्दैछ।  संस्थाले आफ्नो स्थापना कालदेखि नै कोरिया साथै नेपालमा पनि विभिन्न सामाजिक कार्य र सहयोगका कार्यक्रम गर्दै आएको छ। समुदायमा एकता र आपसी सहयोग प्रवर्द्धन गर्न निरन्तर सक्रिय यस संस्थाले अधिवेशनलाई विगतका गतिविधिहरूको समीक्षा र भावी योजना निर्माणको अवसरका रूपमा लिने जनाएको छ। “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित स्थापित संस्थाको यस अधिवेशनमा कोरियाबासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक, विभिन्न संघसंस्था तथा तिनका प्रतिनिधिहरूको गरिमामय उपस्थितिका लागि संस्थाले हार्दिक निमन्त्रणा गरेको ...
दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको इतिहासमा पहिलोपटक एकै समयमा पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुबैजना जेलमा पुगेका छन्। पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन-हीलाई सेयर मूल्य हेरफेर र अन्य भ्रष्टाचार आरोपमा पक्राऊ गरिएको हो। सेउल सेन्ट्रल जिल्ला अदालतले बुधबार किमको पक्राऊ वारन्ट जारी गरेपछि उनी सेउल नाम्बु डिटेन्सन सेन्टरमा हिरासतमा परेकी छन्। अदालतले किममाथि प्रमाण नष्ट गर्ने सम्भावना, बयानमा असंगति, र पूर्व सहयोगीसँग मिलेर बयान मिलाउने जोखिम रहेको ठहर गर्दै वारन्ट जारी गरेको हो। किममाथि लगाइएका मुख्य आरोपहरूमा—  • सेयर मूल् हेरफेर  • २०२२ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप  • विभिन्न कम्पनी र युनिफिकेशन चर्चबाट व्यवसायिक सुविधा दिने सर्तमा घुस लिने यसअघि नै पूर्व राष्ट्रपति युन सुक-योल बिद्रोह, सम्बन्धी मुद्दामा प्रि-ट्रायल हिरासतमा रहेका छन्। ...