Advertisement
Advertisement

अन्तराष्ट्रिय

आत्महत्या गर्न वाध्य बनाइएका तुल्सि पुन मगरको मुद्दामा न्याय : बङ्गुर फर्म मालिक र टोली प्रमुख जेल सजाय

आत्महत्या गर्न वाध्य बनाइएका तुल्सि पुन मगरको मुद्दामा न्याय : बङ्गुर फर्म मालिक र टोली प्रमुख जेल सजाय

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका नेपाली श्रमिक तुल्सि पुन मगरलाई निरन्तर कुटपिट र अपमानका कारण गत फेब्रुअरी महिनामा आत्महत्या गर्न बनाइएको पीडादायी घटना अझै पनि प्रवासी समुदायको मनमा ताजा छ। यो घटनापछि श्रमिक अधिकारका लागि लामो समयदेखि संघर्षरत migrant Workers’ Union (एमटियु)ले पीडितका पक्षमा मुद्दा दायर गरेको थियो, जसको परिणाम स्वरूप अन्ततः न्यायालयले दोषीहरूलाई सजाय सुनाएको छ। अगस्ट २० मा मोक्पो अदालतले निर्णय गर्दै बङ्गुर फर्म मालिकलाई दुई वर्षको जेल सजाय र दश लाख वोन जरिवाना तोकेको छ भने, तुल्सिलाई प्रत्यक्ष सताउने टोली प्रमुखलाई आठ महिनाको कैद सजाय सुनाएको छ। यो फैसला सहजै आएको होइन, लामो समयसम्म प्रवासी श्रमिक र अधिकारकर्मीहरूले देखाएको दबाब र निरन्तर आन्दोलनकै कारण आज कानुनले आवाजविहीन श्रमिकको पक्षमा निर्णय लिएको हो।  तर प्रवासी श्रमिकको वास्तविकता अझै प...
दक्षिण कोरियामा बाढी–पहिरोको प्रकोप, ३ जनाको मृत्यु

दक्षिण कोरियामा बाढी–पहिरोको प्रकोप, ३ जनाको मृत्यु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्। यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्। हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ। कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।...
१५ अगस्ट शुक्रबार नेपाली दूतावास सौल बन्द रहने ,बिहीबार नै e-पासपोर्ट फारम खुल्ने

१५ अगस्ट शुक्रबार नेपाली दूतावास सौल बन्द रहने ,बिहीबार नै e-पासपोर्ट फारम खुल्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।   सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।   यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...
अब कोरियामा अनुहार देखाएरै पैसा तिर्न मिल्ने!

अब कोरियामा अनुहार देखाएरै पैसा तिर्न मिल्ने!

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, समाचार
अब दक्षिण कोरियामा सामान किन्दा नगद वा कार्ड नचलिए पनि हुन्छ। केवल अनुहार देखाएरै पैसा तिर्न मिल्ने सुविधा फैलिँदैछ। यो प्रविधिलाई “Pay by Face” भनिन्छ। यसमा तपाईंले कार्ड, मोबाइल, वा QR को आवश्यकता पर्दैन — क्यामेराले तपाईंको अनुहार चिन्न्छ र भुक्तानी सकिन्छ। सुरुमा Shinhan Card ले सन् २०१९ मा आफ्नै अफिसको क्यान्टिन र केही क्याफेहरूमा यो सेवा सुरू गरेको थियो। पछि यो विश्वविद्यालय र सुपरमार्केट हरूमा पनि विस्तार गरिएको थियो। तर, पहिले अनुहार दर्ता गर्न बैंक जानुपर्ने झण्झट र गोपनीयता (प्राइभेसी) को डरले धेरैले यो प्रयोग गरेनन्। तर अहिले भने Naver Pay र Toss जस्ता ठूला मोबाइल एपहरूले यो सेवा दिन थालेका छन्। अब एपमै अनुहार दर्ता गर्न मिल्ने भएकोले प्रयोग गर्न सजिलो भएको छ। यो सेवा अहिले जसले प्रविधि मन पराउँछन्, खासगरी युवाहरू माझ लोकप्रिय बन्दैछ। अब कोरियामा बस्ने हामी नेपाली...
नेपाली ‘पेम्बा शेर्पा’ बनेर कोरियाली ह्याकरले अमेरिकी कम्पनी लुटे 

नेपाली ‘पेम्बा शेर्पा’ बनेर कोरियाली ह्याकरले अमेरिकी कम्पनी लुटे 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
एक उत्तर कोरियाली नागरिकले आफूलाई नेपाली “पेम्बा शेर्पा” भनेर चिनाउँदै ठूलो रकम हत्याएका छन। अमेरिकी ब्लकचेन कम्पनी Starter Labs मा CTO को पदमा पुगेर करिब २८ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको ठ, गी गरेको पाइएको हो।  उनले २० महिनासम्म झूटो परिचयमा काम गरेर कम्पनीको डिजिटल वालेट नियन्त्रणमा लिएर रकम निकालेका थिए।  एफबीआईले उनलाई उत्तर कोरियाली साइबर समूहसँग सम्बन्धित मानेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, समाचार
दक्षिण कोरियाका केही भागमा बिहीबार मुसलधारे वर्षा भएको छ । मुलुकको मौसम एजेन्सीका अनुसार त्यहाँ एक क्षेत्रमा सन् १९०४ मा पूर्ण रेकर्ड सुरु भएयता प्रतिघण्टा सबैभन्दा धेरै वर्षा भएको छ । विगत २ दिनदेखी जारी भिषण वर्षाका कारण जनजिवन प्रभावित भएको छ ।  कोरियाको धेरैजसो समथर भूभागहरु डुबानमा परेका छन् भने बाढीले सडक, विद्युत, भवन लगायत भौतिक संरचनामा ठुलो क्षती गरेको छ । हालसम्म २ जनाको मृत्यु भैसकेको छ ।  आगामी दिनहरुमा समेत वर्षा निरन्तर रहने भएकाले उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरुमा सूचना जारी गरेको छ ।...
सउलमा रहेका करिब ८० हजार विदेशीले नगद १,५०,००० वन पाउने 

सउलमा रहेका करिब ८० हजार विदेशीले नगद १,५०,००० वन पाउने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियाको राजधानी सउलमा रहेका करिब ८०,००० विदेशी बासिन्दाले सरकारले दिने १,५०,००० वोन बराबरको भौचर सहायता पाउनेछन्।  यो सहायता कोरियाली नागरिकसँग सम्बन्ध भएका वा स्थायी बासिन्दा, विवाह गरि आएका आप्रवासी, वा शरणार्थी भिसा भएका र स्वास्थ्य बीमा वा मेडिकल सहायता लिएका विदेशीहरूलाई दिइनेछ। आवेदन जुलाई २२ देखि Seoul Pay+ एप, क्रेडिट कार्ड वेबसाइट, सेवा केन्द्र वा बैंकमार्फत दिन सकिनेछ।  पहिलो हप्ता (जुलाई २१–२५) दर्ता नम्बरको अन्तिम अंक अनुसार पालो मिलाइनेछ। सहायता नोभेम्बरसम्म प्रयोग गर्न सकिन्छ, र भाषा सहयोगका लागि सहरले सहायता केन्द्र पनि स्थापना गरेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागि SONSIK को सदस्यता फारम खुल्ला

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागि SONSIK को सदस्यता फारम खुल्ला

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियामा उच्च शिक्षाका लागि आएका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै Society of Nepalese Students in Korea (SONSIK) ले २०२५ का लागि आफ्नो वार्षिक सदस्यता दर्ता खुला गरेको छ। यस संस्थाले कोरियामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई एकीकृत गर्दै उनीहरूको शैक्षिक, सामाजिक, र सांस्कृतिक जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ। SONSIK का अनुसार, यस वर्ष पनि सदस्य बनेका विद्यार्थीहरूले विभिन्न विशेष सेवा र सुविधाहरू प्राप्त गर्नेछन्। SONSIK को स्थापना सन् २००४ मा कोरियामा अध्ययनरत केही अग्रगामी नेपाली विद्यार्थीहरूको पहलमा भएको हो। स्थापना कालदेखि नै यस संस्थाले नेपाली विद्यार्थीहरूको हित र हक अधिकारका पक्षमा आवाज उठाउँदै आएको छ। पछिल्लो दुई दशकमा SONSIK को गतिविधिहरू विस्तार हुँदै गएका छन्, र यो संस्था अहिले दर्जनौं कोरियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा प...
कोरियामा लगातार रोजगार बृध्दि हुँदै 

कोरियामा लगातार रोजगार बृध्दि हुँदै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
गएको महिना कोरियामा रोजगारीमा रहेका व्यक्तिहरूको संख्या १ लाख ८३ हजारले बढ्दै, लगातार चार महिनायता झन्डै २ लाखको आसपास वृद्धि भएको छ। कोरियाली तथ्यांक कार्यालयका अनुसार, जुन महिनामा १५ वर्षभन्दा माथिका रोजगार संख्या २ करोड ९० लाख ९१ हजार पुगेको छ। तर, उत्पादन (म्यानुफ्याक्चरिङ) र निर्माण क्षेत्रमा भने रोजगारको स्थिति अझै कमजोर छ। जनवरीदेखि लगातार १ लाखभन्दा बढीको दरमा वृद्धि हुँदै, मे महिनामा २ लाख ४५ हजार पुगेको थियो। यसरी ४ महिनायता लगातार २ लाखको आसपास वृद्धिदर कायम छ। 𝐞𝐩𝐬 𝐧𝐞𝐩𝐚𝐥 𝐟𝐚𝐦𝐢𝐥𝐲...
एनआरएनए कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र पूर्व विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङबीच भेटघाट 

एनआरएनए कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र पूर्व विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङबीच भेटघाट 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
गैर-आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङबीच आज काठमाडौंस्थित Hotel Tibet International मा भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटका क्रममा नेपालको ऊर्जा क्षेत्र, विशेषतः जलविद्युत् तथा हाइड्रोपावरको वर्तमान अवस्था, लगानी सम्भावना र गैरआवासीय नेपालीहरूको भूमिकाबारे गम्भीर छलफल गरिएको बताइएको छ। घिसिङले विद्युत प्राधिकरणमा कार्यरत रहँदा देशलाई लोडसेडिङमुक्त बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै, अध्यक्ष गुरुङले भविष्यमा पनि उहाँजस्ता सक्षम नेतृत्वको देशलाई आवश्यकता रहेको धारणा व्यक्त गर्दै गैरआवासीय नेपालीहरू नेपालको जलविद्युत् तथा हाइड्रोपावर क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी समेत गराए। त्यसका लागि आवश्यक नीतिगत सहजीकरण, अवसर र सम्भावनाका बारेमा गम्भीर छलफल भएको बताएका छन्। पू...