Advertisement
Advertisement

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागि SONSIK को सदस्यता फारम खुल्ला

Advertisement
Advertisement

कोरियामा उच्च शिक्षाका लागि आएका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै Society of Nepalese Students in Korea (SONSIK) ले २०२५ का लागि आफ्नो वार्षिक सदस्यता दर्ता खुला गरेको छ। यस संस्थाले कोरियामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई एकीकृत गर्दै उनीहरूको शैक्षिक, सामाजिक, र सांस्कृतिक जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ। SONSIK का अनुसार, यस वर्ष पनि सदस्य बनेका विद्यार्थीहरूले विभिन्न विशेष सेवा र सुविधाहरू प्राप्त गर्नेछन्।

SONSIK को स्थापना सन् २००४ मा कोरियामा अध्ययनरत केही अग्रगामी नेपाली विद्यार्थीहरूको पहलमा भएको हो। स्थापना कालदेखि नै यस संस्थाले नेपाली विद्यार्थीहरूको हित र हक अधिकारका पक्षमा आवाज उठाउँदै आएको छ। पछिल्लो दुई दशकमा SONSIK को गतिविधिहरू विस्तार हुँदै गएका छन्, र यो संस्था अहिले दर्जनौं कोरियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा प्रतिनिधिमूलक निकायको रूपमा स्थापित भएको छ।

सदस्यता लिएपछि विद्यार्थीहरूले SONSIK को आयोजनामा हुने विविध कार्यक्रमहरूमा प्राथमिक पहुँच पाउनेछन्। तीमध्ये शैक्षिक गोष्ठी, छात्रवृत्ति मार्गदर्शन, सांस्कृतिक कार्यक्रम, नेपाली राष्ट्रिय दिवसहरूमा सहभागिता, नेतृत्व विकास तालिम, मानसिक स्वास्थ्यसम्बन्धी सेमिनार, करियर गाइडलाइन जस्ता उपयोगी र छात्रमैत्री कार्यक्रमहरू उल्लेखनीय छन्। साथै, सदस्यहरूले SONSIK द्वारा सञ्चालन गरिने कार्यक्रमहरूमा विशेष छुट र सहजीकरण पनि पाउनेछन्।

यस वर्ष सदस्यता प्रक्रिया म्यादभित्रै पूरा गर्ने विद्यार्थीहरूका लागि SONSIK को लोगो अंकित आकर्षक टम्बलर र अन्य उपहारहरू प्रदान गरिने संस्थाले जनाएको छ। टम्बलर तथा अन्य उपहारहरू SONSIK को २२औं वार्षिक महासभा (AGM – 2025) का अवसरमा वितरण गरिनेछ।

SONSIK को सचिवालयले जनाएको अनुसार, सदस्यता दर्ताको अन्तिम म्याद २०२५ जुलाई २५ सम्म तोकिएको छ। इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत सजिलै दर्ता गर्न सक्नेछन्। दर्ता गर्नका लागि https://forms.gle/Jd7PyMmUENb9htFz6 लिंकमा क्लिक गरी आवश्यक विवरण भरी सदस्यता प्रक्रिया सम्पन्न गर्न सकिन्छ।

SONSIK का अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीहरूले सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई यो संस्थासँग आबद्ध भई सहकार्यको सञ्जाल विस्तार गर्न आग्रह गरेका छन्। “SONSIK तपाईंको शैक्षिक यात्रामा मात्र होइन, व्यक्तिगत तथा व्यावसायिक विकासमा पनि साथ दिने संस्था हो,” SONSIK कार्यसमितिको भनाइ छ।

हालसम्म सयौं विद्यार्थीहरू यस संस्थासँग आवद्ध भइसकेका छन् र हरेक वर्ष नयाँ विद्यार्थीहरूको सहभागिता बढिरहेको छ। कोरियामा पढाइको साथसाथै नेपाली समुदायभित्र एकता, सहयोग र पहिचानको भावना बढाउने उद्देश्यले SONSIK निरन्तर सक्रिय रहँदै आएको छ।

विद्यार्थीको आवाज, सहयोगी वातावरण र समुन्नत भविष्य निर्माणतर्फ प्रतिबद्ध रहँदै आएको SONSIK को सदस्य बन्न चाहने सबै नेपाली विद्यार्थीहरूलाई यो सुनौलो अवसर गुमाउन नदिने सन्देश पनि कार्यसमितिले दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×