प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।
मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।
यस्तो छ ओली क्याबिनेट
प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री
रमेश लेखक: गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. आरजु देउवा : परराष्ट्रमन्त्री
प्रदीप यादव: खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधा...
३२ असार २०८१, सोमबार ०६:२४३२ असार २०८१, सोमबार ०६:२४३२ असार २०८१, सोमबार ०६:२४ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पहिलो पटक मन्त्री बनेकी छन् ।
उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् ।
उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ ।
आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।
३२ असार २०८१, सोमबार ०५:३३३२ असार २०८१, सोमबार ०५:३३३२ असार २०८१, सोमबार ०५:३३ by विशाल श्रेष्ठNo Comments
नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुंग्याएको हो । पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् ।...
३१ असार २०८१, आईतवार १४:५१३१ असार २०८१, आईतवार १४:५१३१ असार २०८१, आईतवार १४:५१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: इलामेली समाज दक्षिण कोरियाको दोङ्देमुनमा रहेको पूर्वाञ्चल समाजको सभाहलमा सम्पन्न पाँचौ अधिवेशन बाट सुबास चेम्जोङको नेतृत्वमा १९ जना कार्यसमिति चयन भएको छ।
“सूर्योदय र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रवर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाको ऐतिहासिक पाँचौ अधिवेशन दोङ्देमुनमा रहेको पूर्वाञ्चल सामाजको सभा हलमा सम्पन्न भएको थियो। नेपाली राजदुतावास सौलका कार्यवाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता तथा छाता संस्था पूर्वाञ्चल सरोकार समाज, एनआरएनए दक्षिण कोरिया, एनसिसी दक्षिण कोरिया लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका इलामका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।
केदा...
३१ असार २०८१, आईतवार १४:२१३१ असार २०८१, आईतवार १४:२१३१ असार २०८१, आईतवार १४:२१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा यही आउँदो जुलाई २१ तारिखको दिन चर्चित नेपाली कथानक चलचित्र “गाउँ आएको बाटो” सुवनमा प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउल र मुगुकमा सफलताका साथ प्रदर्शन भएको बहुप्रतिक्षित चलचित्र गाउँ आएको बाटो सुवन स्थित 경기도 수원시 팔달구 행궁로 88 मा प्रदर्शन हुने भएको हो। “भोजपुरको शिक्षा स्वास्थ्य र खेलकुदमा सहयोगार्थ” जुलाई २१ तारिख आइतबारको दिन १२: ०० बजेदेखि प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक नवीन सुब्बा हुन्।
दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा बनेको फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो।फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । य...
३१ असार २०८१, आईतवार १२:३०३१ असार २०८१, आईतवार १२:३०३१ असार २०८१, आईतवार १२:३० by विशाल श्रेष्ठNo Comments
पछिलो समय दछिण कोरियामा कोरिया सरकारले तोकेको 국민 건강보험 बाहेक व्यक्तिगत रुपमा बिमा गर्ने बिदेशिको सङ्ख्या बड्दो छ । यसै क्रममा कोरियाको 경기도 प्रान्ताको एक कम्पनिमा कार्यरत १ जना नेपालिले पनि २०२३ डिसेम्बर महिनामा कोरियाको सामसङ बिमा कम्पनिमा सामसङ बिमा अभिकर्ता ज्ञानु तामाङ मार्फत 삼성실비보험 र 삼성 New 원더풀종합보장보험 गरी २ ओटा बिमा मासिक ४ मान वोन तिर्ने गरी गरेको बिमितले बताए
।उनी यही जुलाई ९ तारिखको दिन सदाझै डे ड्युटिमा गै 점심 시간( लन्च टाईममा )खाना खाई पुन:ड्युट्टी जाने क्रममा भर्याङ्बाट चिप्ली कान्छी औंला तिर चोट लाग्न पुगेको र हत्तार हत्तार अस्पातल गै चेक जांच गर्दा औंलाको हड्डिमा चोट लागेकोले भर्ना भै अपरेशन गर्नुपर्छ भनेपछी ३ दिन सम्म भर्ना भै ११ तारिखमा डिस्-चार्ज भएको थियो र बिमा भुक्तानिको लागी आबश्यक कागजात त्यही दिन बिमा अभिकर्ता ज्ञानु तामाङ्कै सहयोगमा कोठामै बसी सामसङ् बिमा कम्पनिको आधिक...
२७ असार २०८१, बुधबार १२:०७२७ असार २०८१, बुधबार १२:०७२७ असार २०८१, बुधबार १२:०७ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ/ बिशाल आवाज:कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसर पारेर आयोजना गरिएको “स्याङ्जा बुसान सांगीतिक धमाका” को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
आयोजक स्याङ्जा परिवार किम्हे बुसान शाखा सम्बद्ध कार्यसमिति, सल्लाहकारहरु, विभिन्न विभागीय प्रमुखहरुको भेलाद्धारा कार्यक्रमको समीक्षा बैठक बसी संस्थाले करिब पौने तीन करोड वोन अर्थात् २ करोड ६१ लाख ३७ हजार ५ सय ५७ कोरियन वोन वचत भएको जानकारी दिँदै आयव्यय सार्वजनिक गरेको हो ।
"परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा सभ्य र भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा विभिन्न शिर्षकमा भएको कूल आम्दानी ५ करोड ३० लाख २२ हजार ४ सय १७ कोरियन वोन र खर्च २ करोड ६८ ल...
२७ असार २०८१, बुधबार ११:४०२७ असार २०८१, बुधबार ११:४०२७ असार २०८१, बुधबार ११:४० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न सिलसिलामा कोरिया आई गैरकानुनी रुपमा बसोबास गर्दै आएको विदेशी हरूमाथि कोरियन प्रहरी र अध्यागमन विभागको धरकपड बढिरहेको छ।
यसै अन्तर्गत जुन ३० तारिखको दिन थेगुमा रहेका नेपाली संघसंस्थाहरूको छाता संगठन थेगु नेपाली मञ्चको आयोजनामा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने क्रममा कोरियन अध्यागमन विभाग र प्रहरी प्रशासनका कर्मचारीहरूले चलिरहेको बैठक हलमा धरकपड गरी तीनजना पक्राउ गरेको थियो। नेपाली कै उजुरीमा सुनियोजित ढङ्गले अबैधानिक नेपालीहरुलाई निसाना बनाई कोरियन प्रहरी साथै अध्यागमनबाट मान्छे पठाई ती व्यक्तिहरू पक्राउ गर्न लगाइएको थेगु नेपाली मन्च लगायत मन्च सँग आबद्ध नेपाली संघसंस्थाहरूले आशंका गरी यसको विरुद्ध घोर भत्सना गर्दै विज्ञप्ति निकालेको छ।
नेपालको अस्थिर राजनैतिक अवस्था चरम बेरोजगारी समस्या र परिस्थितिले आफू र आफ्नो परिवारक...
२६ असार २०८१, मंगलवार ०९:२०२६ असार २०८१, मंगलवार ०९:२०२६ असार २०८१, मंगलवार ०९:२० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको न्याय मन्त्रालय अन्तरगत थेगु अध्यागमन र विदेशी कार्यालयले ९ तारिख ११५ जना नेपालीलाई अवैध रोजगारीको प्रबन्ध गरेको आरोपमा गैरकानुनी नेपाली नागरिकलाइ लाई पक्राउ गरेको छ ।
‘भिसा बिना पनि कोरियामा काम गर्न पाउने’ भन्दै गैरकानुनी रोजगारीको व्यवस्था गर्ने एक नेपाली ब्रोकर लाई गैरकानुनी रुपमा रोजगारी मिलाई नाफा कमाएको आरोपमा पक्राउ गरेको हो ।
उनी माथि सन् २०२२ को अगस्टदेखि हालसम्म ख्योङसाङ-सि, ख्योङसाङ्बुक-दोमा रहेको कम्पनीमा नेपालीलाई काममा लगाइ कम्पनीका प्रतिनिधिबाट हरेक महिना लाखौं वोन लिइरहेको आरोप छ।
उनले गैरकानूनी नेपाली हरू, मौसमी कामदारहरू (कृषि र माछा मार्ने उद्योगमा ८ महिनासम्म काम गर्न पाउने विदेशीहरू), अन्तर्राष्ट्रिय विद्यार्थीहरू र शरणार्थी आवेदकहरूका लागि गैरकानुनी रोजगारीको व्यवस्था गरेको पाइएको छ । कोरियामा १६ वर्षसम्म बसेका उनी कोरियन भाषा राम्रो बोल्न सक...
२५ असार २०८१, सोमबार १३:१९२५ असार २०८१, सोमबार १३:१९२५ असार २०८१, सोमबार १३:१९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा आएर आ आफ्नै साथीहरु बीच झगडा हुने गरेको हामीले समाचारहरु तथा सामाजिक संजालमा देख्दै सुन्दै आईरहेका थियौं। गत शनिबार राति यस्तै किसिमको एउटा दुखद घटना भयो।
कोरियाको सौलबाट नजिकै पर्ने खिम्पोको मासोंग स्थित आफ्नै देशका साथीहरु बीच झगडा पर्दा एक जना श्रीलंकाका युवाले ज्यान गुमाएको खिम्पो प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार करिब रातको १२ बजे बीच सडकमा ४ जना युवाहरु झगडा परेको थियो।
झगडा परेर भागेका उनका साथीले साथि पछिपछि आएको अनुमान गर्दै भागेका थिए तर साथीलाई धेरै बेर कुरेपछि पनि आफ्नो साथि नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले झगडा गरेको ठाउँको सिसिटिभी फुटेजकाआधारमा उनको साथीलाई सडकको कुनामा फलामको माथी लडेको अबस्थामा भेट्टाएको थियो तर त्यो बेलासम्म उनको मृत्यु भैसकेको थियो।मृत्यु हुने २० बर्षका श्रीलंकाली युवा रहेको बुझिएको छ। उनि E-9 भिषामा रहेका थिए।
प्...