दक्षिण कोरियामा आगामी वर्षदेखि स्वास्थ्य बीमा शुल्क बढ्ने भएको छ। सरकारले बीमा प्रिमियम दरलाई हालको ७.०९ प्रतिशतबाट बढाएर ७.१९ प्रतिशत पुर्याउने निर्णय गरेको हो।
दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले अगस्ट २८ मा बसेको १५औं स्वास्थ्य बीमा नीतिसमिति बैठकमार्फत उक्त निर्णय गरेको हो। यो वृद्धि ३ वर्षपछि पहिलोपटक गरिएको हो।
कति बढ्छ?
नयाँ निर्णयअनुसार रोजगारीमा रहेका कर्मचारीले तिर्नुपर्ने मासिक औसत व्यक्तिगत बीमा शुल्क १,५८,४६४ वोनबाट बढेर १,६०,६९९ वोन पुग्नेछ। यसरी प्रत्येक महिनामा करिब २,२३५ वोन थपिने भएको छ।
कर्मचारीहरूको बीमा शुल्क भने पहिलेझैँ मजदुर र रोजगारदाताले समान रूपमा आधा–आधा तिर्नुपर्ने व्यवस्था यथावत रहनेछ।
विगतका दर
• २०२१ मा : २.८९% वृद्धि
• २०२२ मा : १.८९% वृद्धि
• २०२३ मा : १.४९% वृद्धि
• २०२३ र २०२४ मा स्थिर (७.०९%)
• २०२५ मा : ...
१२ भाद्र २०८२, बिहीबार ०८:३७१२ भाद्र २०८२, बिहीबार ०८:३७१२ भाद्र २०८२, बिहीबार ०८:३७ by एलिनाNo Comments
तनहुँ समाज, दक्षिण कोरियाले कोरियनहरूको महान् चाड छुसकको अवसरमा भव्य सांगीतिक कार्यक्रम ‘सेतीमादी सांगीतिक सौगात–भाग २’ आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी अक्टोबर ४, शनिबार, सउलको 종로구 대학로 3길29 (종로5가역 नजिकै) मा हुनेछ। नेपालबाट चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने कार्यक्रमको विस्तृत जानकारी तथा कलाकारहरूको विवरण आयोजकले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
तनहुँ समाजले गण्डकी प्रदेश समाजको समन्वय र गैरआवासीय नेपाली संघ (NCC) को सहजीकरणमा तनहुँ घर तथा कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गर्न लागेको हो।
आयोजक समितिले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई आपसी सहयोग, सद्भाव र एकताको भावनासहित कार्यक्रममा उपस्थित भई सांगीतिक सौगातलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।...
१२ भाद्र २०८२, बिहीबार ०६:२८१२ भाद्र २०८२, बिहीबार ०६:२८१२ भाद्र २०८२, बिहीबार ०६:२८ by एलिनाNo Comments
दक्षिण कोरियाको मोक्पोमा खेलकुद र मनोरञ्जनलाई लक्षित गर्दै दोस्रो MCC कप 2025 आयोजना हुने भएको छ। मोक्पो सान्हो साझा चौतारी र Mokpo Cricket Club (MCC) को संयुक्त आयोजनामा हुने प्रतियोगिता सेप्टेम्बर 14 (आइतबार) बिहान ७:०० बजे देखि सुरु हुनेछ। खेल 전라남도 영암군 삼호읍 소등공원2길 4 (영암 소방서 옆쪽) मा हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा Mokpo CC Red, Mokpo CC Blue, JN CC, Deabul United CC, Himalayan Tiger, Samho Nepali CC, Deagu Thunders र Jeonju United गरी ८ टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले २५ लाख वोन सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० लाख वोन सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १ लाख वोन र ट्रफि तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफि प्रदान गरिनेछ।
सर्वाधिक १० ओभरमा खेलाइने खेलहरू हार्ड टेनिस बल प्रयोग गरेर सम्...
११ भाद्र २०८२, बुधबार १०:५८११ भाद्र २०८२, बुधबार १०:५८११ भाद्र २०८२, बुधबार १०:५८ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले MRR TEAM KOREA द्वारा भजन–कीर्तन कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी सेप्टेम्बर ६ (शनिबार) साँझ ७:३० बजेदेखि १० बजेसम्म सुवनस्थित उरि हिमालय सभाहल (Suwon Station Exit 7 and 11, 경기도 수원시 팔달구 매산로1가 16-10) मा सम्पन्न हुनेछ।
यस अवसरमा सहभागीहरूले कृष्ण भक्ति र शिव आराधना सहितको भजन–कीर्तनमा सहभागी भएर अध्यात्मिक आनन्द, मानसिक शान्ति र सामूहिक एकताको अनुभव गर्ने अवसर पाउनेछन्। भजनलाई नेपाली समाजमा मनलाई शुद्ध गर्ने, नकारात्मकता हटाउने र भक्तिभाव जगाउने साधनका रूपमा मानिन्छ। विदेशजस्तो व्यस्त जीवनमा यसले तनाव कम गर्ने, आपसी भाईचाराको भावना बढाउने र संस्कृतिसँग जोड्ने महत्त्वपूर्ण काम गर्ने विश्वास लिइएको छ।
आयोजकका अनुसार, भजन–कीर्तन केवल धार्मिक साधना मात्र नभई सांस्कृतिक जगेर्ना र नयाँ पुस्...
११ भाद्र २०८२, बुधबार ०८:१४११ भाद्र २०८२, बुधबार ०८:१४११ भाद्र २०८२, बुधबार ०८:१४ by एलिनाNo Comments
दक्षिण कोरियाको छल्लानाम्दो प्रान्तमा यस वर्ष विदेशी मौसमी श्रमिकहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। प्रान्तीय प्रशासनका तथ्यांकअनुसार २०२५ मा कुल २०,७१८ जना श्रमिक यहाँ परिचालित भएका छन्। गत वर्ष १०,४०३ मात्र रहेकाले यसपटक १०,३१५ जनाको वृद्धि भएको हो।
मौसमी श्रमिक कार्यक्रम ग्रामीण तथा माछापालन क्षेत्रमा श्रमिक अभाव पूरा गर्न बनाइएको आठ महिनाको रोजगार योजना हो। यसअन्तर्गत स्थानीय प्रशासनले विदेशी सरकारहरूसँग सम्झौता गर्ने वा विवाह आप्रवासीका आफन्त तथा विदेशी नागरिकता भएका कोरियालीहरूलाई आमन्त्रण गर्ने प्रावधान राखिएको छ।
यो वर्ष छल्लानाम्दोका २७ सहर/जिल्लामा श्रमिक परिचालन गरिएको छ। तीमध्ये १५,०५ जनाले कृषिक्षेत्रमा पसिना बगाइरहेका छन् भने ५,७१३ जना माछापालनमा सक्रिय छन्।
स्थानीय सरकारका अधिकारीहरूका अनुसार ग्रामीण क्षेत्रमा कामदारको तीव्र कमीका कारण यस वर्ष श्रमिक संख्यामा उल्...
१० भाद्र २०८२, मंगलवार १२:२८१० भाद्र २०८२, मंगलवार १२:२८१० भाद्र २०८२, मंगलवार १२:२८ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका काभ्रेली समुदायलाई एक्यवद्ध गर्ने उद्देश्यले स्थापना भएको काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो आठौँ अधिवेशन आगामी अक्टोबर ४, शनिबार भव्य रूपमा आयोजना गर्ने भएको छ।
अधिवेशन कार्यक्रम सउलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा बिहान ११ बजे हुने तय भएको छ।
२०११ सालमा स्थापना भएदेखि निरन्तर रूपमा कोरियामा सामाजिक गतिविधिमा सक्रिय यस संस्थाले काभ्रेली मात्र नभई अन्य नेपाली समुदायलाई पनि आवश्यक परेमा सहयोग गर्दै आएको छ। प्रवासी भूमिमा आइपर्ने समस्या समाधानका लागि हातेमालो गर्दै अघि बढ्ने यस समितिको यो अधिवेशनमा नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालको कार्यदिशा तय गरिनेछ।
समितिका अध्यक्ष सुमन चौलागाईंले अधिवेशनमा उपस्थित भई अमूल्य सल्लाह सुझाव दिएर कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण काभ्रेली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अनुरोध गर्नुभएको छ।
अधिवेशनमा ...
९ भाद्र २०८२, सोमबार १२:२५९ भाद्र २०८२, सोमबार १२:२५९ भाद्र २०८२, सोमबार १२:२५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा बस्ने नेपाली युवाहरूका लागि यसपालि छुसक पर्व विशेष हुने भएको छ। चर्चित कलाकार नवाज अन्सारी आफ्नो लाइभ प्रस्तुतिसहित सिओलमा हुने Nepkor Night 2025 Vol–II मा स्टेज तताउन आउँदैछन्।
नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा अक्टोबर ५ (आइतबार) का दिन आयोजना हुने सो कार्यक्रममा अन्सारीले आफ्ना चर्चित गीत–संगीतका साथ कोरियाको माहोललाई झन् ताताउने अपेक्षा गरिएको छ। कार्यक्रमको घोषणासँगै युवामाझ उत्साह थपिएको छ भने आयोजकहरूले यसलाई यस वर्षको सबैभन्दा ठूलो मनोरञ्जनात्मक जमघट हुने दाबी गरेका छन्।
गत संस्करणको सफलतापछि यसपालीको Nepkor Night लाई अझ भव्य बनाउन तयारी भइरहेको आयोजकहरूले बताएका छन्। सौलको मुख्य स्थानमा हुने कार्यक्रमले नेपाली मात्र नभई विविध देशका संगीतप्रेमीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कलाकार अन्सारी आउने यो छुसक विशेष कार्यक्रममा ऊर्जा, संगी...
९ भाद्र २०८२, सोमबार ११:२८९ भाद्र २०८२, सोमबार ११:२८९ भाद्र २०८२, सोमबार ११:२८ by एलिनाNo Comments
विशाल आवाज:गजेदोस्थित हान्वा ओसन नेपाली एकता समाजले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित यस संस्थाले हिजो आइतबार का दिन ग्योङनाम, गजेदोस्थित 거제시노동복지회관मा आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा नेपालीहरू सहभागी भएका थिए।
हान्वा ओसन क्षेत्रमा मात्रै आठ सयभन्दा बढी नेपाली कार्यरत रहेका कारण यसपटकको तीज कार्यक्रमलाई विशेष उत्साहका साथ मनाइएको थियो। कार्यक्रममा समाजका अध्यक्ष नारायण शाही ठकुरीले सबैलाई स्वागत गर्दै साझा संस्थाको महत्वमा जोड दिनुभयो र यस किसिमको सांस्कृतिक गतिविधिले प्रवासी नेपालीबीच एकता, सद्भाव र आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम दर खाने मात्र नभई गीत–...
८ भाद्र २०८२, आईतवार १४:१२८ भाद्र २०८२, आईतवार १४:१२८ भाद्र २०८२, आईतवार १४:१२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: गोलोव गाईज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा छुसकमा आयोजना गर्न लागेको ‘TASHIDELEK NIGHT Dance Party 2025’ को आधिकारिक पोस्टर आइतबार (२०२५ अगस्ट २४) सार्वजनिक गरिएको छ।
राजधानी सिओलको दोङदेमुनस्थित निक नेपाल ट्राभलको सभा हलमा संखुवासभा सम्पर्क परिवारको सहजकर्तामा, पुर्वी नेपाल समाज दक्षिण कोरियामा आवद्ध दुई वटा जातीय संस्था र १४ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिमा पोस्टर सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पुर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष श्री केदार निरौला रहेका थिए भने सभाध्यक्षमा संस्थाका वरिष्ठ सल्लाहकार श्री निमा थिकेपा र सञ्चालन संस्थाका सचिव पेक्मा थिकेपा ले गर्नुभएको थियो।
सो अवसरमा संस्थाका अध्यक्ष मिक्मा रिदार लामा ले संस्थाको स्थापना काल (२०१५) देखि हालसम्मका गतिविधिहरूको समीक्षा गर्दै सामाजिक क्षेत्रमा संस्थाले गरेको योगदानबा...
८ भाद्र २०८२, आईतवार १३:३४८ भाद्र २०८२, आईतवार १३:३४८ भाद्र २०८२, आईतवार १३:३४ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका गुरुङ (तमू) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाले आफ्नो एघारौं केन्द्रीय महाधिवेशन सउल दोङ्देमुनस्थित सेमाउल बैंकको सभा हलमा भव्यतापूर्वक सम्पन्न गरेको छ। अगस्ट २४ तारिख सम्पन्न महाधिवेशनबाट तेज गुरुङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
कार्यक्रमको पहिलो चरण संस्थाका तत्कालीन अध्यक्ष रुपा गुरुङको सभाध्यक्षतामा र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा महासचिव वाईबि गुरुङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्र गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि विशन राईले परदेशमा जातीय अस्तित्व संरक्षण गर्दै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै तमू धींको प्रशंसा गरेका थिए।
समारोहमा कोरिया NRNA, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, श...