नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २१ मा हुने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २१ मा हुने
बोम्जन गुरुङ विशाल आवाज संवाददाता १२ मे २०२३, कोरिया :कोरिया स्थित नेपाल तामाङ घेदुङको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २१ आईतबार हुने भएको छ । संस्थाले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको निक नेपाल ट्राभल्सको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् २००३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संस्थाका केन्द्रीय अध्यक्ष रबि योञ्जन तामाङले बताए । कोरियाको ख्यङ्साङ र जेजुदो ...







