सिओल । आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको छ । तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन् ।
देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ । त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ ।
दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ । आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाक...
१६ फाल्गुन २०८०, बुधबार १३:३८१६ फाल्गुन २०८०, बुधबार १३:३८१६ फाल्गुन २०८०, बुधबार १३:३८ by विशाल श्रेष्ठNo Comments
१६ फागुन, काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए । यसअघि महतो साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।...
१४ फाल्गुन २०८०, सोमबार ०९:५२१४ फाल्गुन २०८०, सोमबार ०९:५२१४ फाल्गुन २०८०, सोमबार ०९:५२ by विशाल श्रेष्ठNo Comments
सोल । दक्षिण कोरियामा यति बेला सुनी र सात राजकुमारी 𝐒𝐔𝐍𝐈 𝐀𝐍𝐃 𝐓𝐇𝐄 𝐒𝐄𝐕𝐄𝐍 𝐏𝐑𝐈𝐍𝐂𝐄𝐒𝐒𝐄𝐒 नाम गरेको एउटा र्याप समूह निकै चर्चित बनेको छ । रमाइलो कुरा चाहिँ के भने यो समूहका सबै सदस्य ७० र ८० वर्ष उमेर समूहका हजुरआमा हुन् । यो र्याप समूहले त्यहाँको मनोरञ्जन उद्योगमा तहल्का मच्चाइरहेको छ । यो समूहका सदस्यहरू दक्षिण कोरियाको उत्तरी प्रान्त ग्येओङसाङको ग्रामीण चिलगोक काउन्टीका हुन् । यो समूहले गएको वर्ष अगस्टमा मात्रै डेब्यू गरेको थियो ।
तर ६/७ महिनामै समूहको चर्चाले आकाश छोएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि यो समूह बारम्बार छाइरहेका छन् । नक्कली कपाल लगाएर गलामा लामा सिक्री झुन्ड्याएर ग्रामीण जीवनशैलीबारे र्याप हान्दै हिँड्ने वयोवृद्धाहरु विरलै देख्न पाइन्छ । त्यसैले पनि यो समूह यति चर्चित बनेको हो । यो समूहमा ८ जना छन् । सबै सदस्यले किशोर हुँदा देखि नै एक अर्कालाई चिनेका छन् ।
...
१३ फाल्गुन २०८०, आईतवार ११:५६१३ फाल्गुन २०८०, आईतवार ११:५६१३ फाल्गुन २०८०, आईतवार ११:५६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु,दक्षिण कोरियाको बालाजी रेष्टुरेन्टको सभा हल ,बानोल्दाङ्ग थेगुमा आइतबार सम्पन भएको पाचौ अधिवेशन वाट प्रदिप रोकायाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा ज्युको प्रमुख आतिथ्यमा तथा प्रवासि नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सदस्य डा सन्जु पौडेल , प्रवासि नेपाली मञ्च द कोरिया अध्यक्ष सिर्जना नेपाली , एनआरएनए कोरियाको पुर्व वरिष्ठ उपाध्यक्ष एवंम प्रवासि नेपाली मञ्च द कोरिया सल्लाहकार सन्जिब राई बिशेष अतिथि साथै बिभिन्न थेगुमा रहेको संघ सस्थाको अध्यक्ष एबम प्रतिनिधिहरुको आतिथ्यतामा थेगु शाखा कमिटिको पाचौं अधिबेशन भब्य रुपमा सम्पन्न भएको हो।
प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु शाखाकि पाचौं अधिबेशन बाट प्रदिप रोकायाको नेतृत्वमा उपाध्यक्षमा पासाङ शेर्पा,सचिवमा छोनम लामा...
१२ फाल्गुन २०८०, शनिबार ०५:३११२ फाल्गुन २०८०, शनिबार ०५:३११२ फाल्गुन २०८०, शनिबार ०५:३१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: आपतकालीन राहतकोष स्थापनार्थ दक्षिण कोरियाको किम्हेमा मार्च १७ तारिखका दिन कोरियाव्यापि प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने भएको छ।
साङ्दोङ् फुटबल क्लब दक्षिण कोरिया द्वारा किम्हेमा रहेको 경상남도 김해시 김해대로 1798 청은 풋살 파크) मा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहकार्यमा यहि आउदो मार्च १७ तारिखका दिन फुटसल टुर्नामेन्ट हुन लागेको आयोजक क्लबका सचिव दामोदर उप्रेतीले विशाल आवाजलाई बताए।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ।
प्रतियोगिताका व्यबस्थापक का अनुसार टीम दर्ता गर्न IBK को खाता नम्बर 22139348702011 मा ADHIKARI NARA...
१० फाल्गुन २०८०, बिहीबार ०९:४८१० फाल्गुन २०८०, बिहीबार ०९:४८१० फाल्गुन २०८०, बिहीबार ०९:४८ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (एनएसी) ले काठमाडौँ–सिओल उडानको अनुमति मागेको ६ वर्ष भयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल–दक्षिण कोरिया उडान गर्दै आएको कोरियन एयरलाइन्सको एकाधिकार नतोडियोस् भनेर नेपाल एयरलाइन्सलाई अनुमति नदिने खेल खेलिरहेको पाइएको छ ।
नेपाल एयरलाइन्सको सिओल उडान अनुमतिका लागि २०७४ सालदेखि नै प्रक्रिया अगाडि बढेको हो । कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय अन्तर्गत रहेको फ्लाइट स्ट्याण्डर्ड डिभिजन र (क्यान) का फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिभिजनका प्रमुख राजु श्रेष्ठबिच भएको पटकपटकको पत्राचारले एनएसीले अझै अनुमति पाएको छैन । श्रेष्ठले अवकाश लिइसक्दा पनि उनको योजना बमोजिम नै अनुमति रोकिएको छ ।
कोरियाले पनि निगमको जहाज सिओल उडानका लागि सेफ्टी अडिटको सर्त तेर्स्याइरहेको छ । साइट निरीक्षण गरेर अडिट गरेपछि उडान अनुमति दिने प्रस्ताव अगाडि...
९ फाल्गुन २०८०, बुधबार १४:०९९ फाल्गुन २०८०, बुधबार १४:०९९ फाल्गुन २०८०, बुधबार १४:०९ by विशाल श्रेष्ठNo Comments
काठमाडौः दक्षिण कोरिया सरकारले मेडिकल साइन्स पढ्ने विद्यार्थीहरु बढाउने योजना ल्याएपछि त्यहाँका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलित भएका छन् ।
जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार दक्षिण कोरियामा दक्ष फिजिसियनको अभाव हुन थालेपछि सरकारले मेडिकल पढ्ने विद्यार्थीको संख्या बढाउने निर्णय गरेको थियो । यो निर्णयबाट बिच्किएका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले सरकारको निर्णय चुनाव लक्षित भएको भन्दै आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा ८ हजार ८०० डाक्टरले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा ७१ प्रतिशत प्रशिक्षार्थी डाक्टर छन् ।
दक्षिण कोरियाली स्वास्थ्य उपमन्त्री पार्क मिन सोले राजीनामा स्वीकृत नभए पनि ७ हजार ८१० डाक्टरले काम छोडेर हिँडेको बताएका छन् ।
बुधबार आन्दोलनरत डाक्टरलाई काममा फर्किन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आन्दोलनमा...
८ फाल्गुन २०८०, मंगलवार ११:५५८ फाल्गुन २०८०, मंगलवार ११:५५८ फाल्गुन २०८०, मंगलवार ११:५५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको खाङ्वन प्रान्तका गभर्नर किम जिन-ताईले चार दिनको कार्य सप्ताह लागू गर्ने सम्भावित फाइदाहरूमा जोड दिँदै यसले कामदारहरूलाई थप मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न हुन अनुमति दिएर उनीहरूको उत्पादकता बढाउन सक्ने बताएका छन l
फेब्रुअरी १४ तारिकमा खाङ्वन राज्य परिषदको ३२५ औँ असाधारण सत्रमा, किमले चार दिने कार्यसप्ता सुरु गरेर प्रान्तलाई राष्ट्रिय स्तरमा उभ्याउनका लागि विस्तृत रूपमा अध्ययन गर्ने र नीति विकल्पहरू तयार गर्ने योजना बनाएको बताए ।
गत वर्ष देखि विशेष स्वशासित प्रान्त बनेको खाङ्वन राज्यमा सामसुङ इलेक्ट्रोनिक्स, पोस्को, एसके ग्रुप र अनलाइन उद्योगजस्ता ठूला कम्पनीले हप्तामा चार दिनको काम पाइलट गर्दै आएको उनले बताए ।
"उदाहरणका लागि, पोस्कोले गत महिनादेखि प्रत्येक दुई हप्तामा शुक्रबार बिदा लिन हप्तामा कम्तिमा ४० घण्टा काम गर्ने अपेक्षा गरिएका गैर-शिफ्ट कर्मचारी...
८ फाल्गुन २०८०, मंगलवार १०:३६८ फाल्गुन २०८०, मंगलवार १०:३६८ फाल्गुन २०८०, मंगलवार १०:३६ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ प्रचार प्रसारमा जुटिसकेको छ । आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको फिल्मले मंगलबार टिजर ल्याएको हो ।
https://youtu.be/IaJN-pV7cHg?si=Hq6nvSXUBFR2K_8X
फिल्मको टिजरमा कथा प्रष्ट्याउने कोसिस गरिएको छ । टिजर हेर्दा यो फिल्म पनि ‘जात्रा’ झैँ पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको बुझ्न सकिन्छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् ।
फिल्ममा फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।
फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बनेको बताए । ‘मुन्ना’ ...
८ फाल्गुन २०८०, मंगलवार ०५:३६८ फाल्गुन २०८०, मंगलवार ०५:३६८ फाल्गुन २०८०, मंगलवार ०५:३६ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ कोटिजर रिलिज भएको छ । आज सार्वजनिक टिजरमा मुख्य पात्र दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ ।
टिजरमा दया आँचलसँग गीतमा देखिन्छन् । अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेको दृश्यसमेत देखाइएको छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटेको छ । ३ मिनेट जतिको टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रूपमा दाबी गरेका छन् ।
सिनेमा केही वर्ष अगाडि देखाइएको ‘डिग्री माइला’ नाटकमा आधारित छ । विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय यस फिल्ममा छ ।
कोरियामा भने नम...